कीवर्डहरू -

ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, डिजिटल दक्षिणा दिदा १० प्रतिशतसम्म क्यासब्याक

ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, डिजिटल दक्षिणा दिदा १० प्रतिशतसम्म क्यासब्याक

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ ।

बैंकको ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले विजया दशमी २०८०को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रूपमा पैसा पठाउँदा १० प्रतिशत (रु. १०० सम्म) बैंकको आफ्ना ग्राहकहरूलाई दक्षिणा स्वरूप तुरुन्तै क्यासब्याक पाउनेछन् । ग्राहकहरूले पैसा पठाउँदा प्रोमोकोड “DAKSHINA” लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ ।

ग्लोबल आइएमइ बैंकको ग्लोबल स्मार्ट एप प्रयोगकर्ता ग्राहकहरूले २०८० कार्तिक ७ गते विजया दशमीको दिन बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बैंकको दक्षिणा पाउनेछन् । आफ्नाको सुविधालाई मध्यनजर गरी समय सापेक्ष रूपमा बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।