कीवर्डहरू -

गरिमा विकास बैंकको डेबिट र क्रेडिट कार्डमा २० प्रतिशत क्यासब्याक

गरिमा विकास बैंकको डेबिट र क्रेडिट कार्डमा २० प्रतिशत क्यासब्याक

सैँलाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० रूपैयाँ नगद फिर्ता योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहेको छ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूको दसैँ किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ता बन्दीको सुरुवात पनि गरिसकेको छ ।