कीवर्डहरू -

इभो स्टोर र नयाँ पुरानोबीच सहकार्य, पुराना फोन नयाँ आइफोनसँग साट्ने अवसर

इभो स्टोर र नयाँ पुरानोबीच सहकार्य, पुराना फोन नयाँ आइफोनसँग साट्ने अवसर

आफ्ना पुराना स्मार्टफोनहरू विक्री गर्नका लागि सजिलो एप नयाँपुरानो मोबाइल एपले एप्पलका इलेक्ट्रोनिक्स सामानहरूको प्रख्यात बिक्रेता इभो स्टोरसँग नवीनतम साझेदारी गर्दै पुराना स्मार्टफोनको सट्टा नयाँ आइफोन किन्न सकिने व्यवस्था गरेको छ । 

यही असोज २३ गतेदेखि तिहारसम्म लागू गरिएको यो एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले नयाँपुरानो एक्सचेन्ज मोबाइल एपमार्फत् आफ्ना पुराना फोनहरू नयाँ आइफोनहरूसँग साट्ने अवसर पाउनेछन् । यो एक्सचेन्ज क्याम्पबाट ग्राहकहरूले आफ्नो पुरानो फोनमा थप ३ हजार रूपैयाँसम्मको अधिक मूल्याङ्कन पनि प्राप्त गर्ने प्रावधान नयाँ पुरानो मोबाइल एपका संस्थापक अभिशेक अग्रवालले बताए । 

नयाँ पुरानो मोबाइल एप विगत २ वर्षदेखिदेखि स्मार्टफोन ग्राहकहरूको व्यापारका लागि भरपर्दो र सहज प्लेटफर्मको रूपमा परिचित छ। आइफोनको रिटेल उद्योगमा भरपर्दो नाम इभो स्टोरसँगको यो साझेदारीले सीमित-समयसम्म चल्ने यो योजनालाई अझ आकर्षक बनाएको पनि छ । 

'इभो स्टोरसँगको यो सहकार्य नयाँपुरानो मोबाइल एपका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गालाई बनेको छ। हामी हाम्रा प्रयोगकर्ताहरूलाई सजिलो र सुविधामुलक योजनाहरू प्रदान गर्नमा विश्वास गर्छौं, र यो योजनामा पनि हामीले त्यही सहजता र नवीनता ल्याउने प्रयास गरेका छौं – थप मूल्याङ्कन गरेर । पुराना स्मार्टफोनलाई आइफोनमा नै एक्सचेन्ज गर्ने सुविधाले हामीले ग्राहकलाई प्रविधिसँग पनि नजिक राख्‍न सक्छौ',  अग्रवालले भने ।