कीवर्डहरू -

प्लस साइज नेपाल डटकमको ‘ज्याकपट सेल’, हरेक दिन ५ जनाले पाँच रूपैयाँमै सामान पाउने

प्लस साइज नेपाल डटकमको ‘ज्याकपट सेल’, हरेक दिन ५ जनाले पाँच रूपैयाँमै सामान पाउने

फेसन ब्राण्ड अनलाइन सपिङ प्लेटफर्म प्लस साइज नेपाल डटकमले दशैंको अवसरमा नयाँ अफर ‘ज्याकपट सेल’ ल्याएको छ । 

ज्याकप सेल अन्तर्गत प्लस साइज नेपालको वेबसाइट र मोबाइल एपबाट सामान खरिद गर्दा ५ जनाले ५ वटा प्रडक्ट ५ रूपैयाँमै पाउन सक्ने छन् । 

ज्याकपट अफर हरेक दिन साँझ ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ । उक्त समयमा सामान अर्डर गर्ने भाग्यशाली ५ जनाले पाँच रूपैयाँमै सामान पाउने छन् । विजेताको सामान पनि निःशुल्क डेलिभर हुनेछ । 

यो अफर आगामी कात्तिक ४ गतेसम्म लागु हुनेछ ।ग्राहकहरूलाई अनलाइन शपिङ गराउन प्रोत्साहन गर्ने उद्देश्यले ज्याकपट सेल ल्याएको प्लस साइज नेपालका सीईओ अनिल बस्नेतले बताए । यसबाट अहिले दैनिक १५० देखि २०० सम्म अर्डर हुने गरेको छ ।