अपडेट
गैरीधारामा इसुजुको नयाँ सोरुम सञ्चालनमा
राजधानीको गैरीधारामा जापानी गाडी इसुजुको नयाँ सोरुम खुलेको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिब इन्टरप्राइजेज प्रालिले सञ्चालनमा ल्याएको उक्त सोरुमको उद्घाटन नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शुक्रबार गरेका हुन ।
यो नेपालमा इसुजुको ११औं सोरुम हो । उद्घाटन समारोहमा इसुजु इन्डियाका डेपुटी म्यानेजिब डाइरेक्टर केन ताकासिमाको पनि उपस्थिति थियो । सोरुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै कन्टिनेन्टलका अध्यक्ष सुहृदराज घिमिरेले उक्त कम्पनीले इसुजुका चार मोडलका गाडी नेपाल भित्र्याएको जानकारी गराएका थिए ।
इसुजुका ग्राहकलाई गाडी बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन कम्पनीले देशभरीमा १५ वटा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको पनि घिमिरेले बताएका हुन ।
वितरण र सर्भिस नेटवर्क अझै विस्तार गर्दै जाने कम्पनीको योजना छ । इसुजुका गाडीहरु निकै बलिया मानिन्छन् । सन् २०१७ यता कम्पनीले नेपालमा हजारभन्दा बढी गाडी बेचिसकेको र ग्राहकहरु निकै सन्तुष्ट रहेको पाइएको छ । कन्टिनेन्टलले नेपालमा इसुजुका दुई हजार गाडीबेच्ने लक्ष्य राखेको छ ।
त्यसका लागि देशभर सर्भिस सेन्टर खोल्ने र नयाँ मोडलका गाडीहरु ल्याउने कम्पनीको योजना छ । हाल नेपालमा उपलब्ध इसुजुका गाडीमा सुरुआती मूल्य २४ लाख ९० हजार तोकिएको सिंगल क्याब, ४४ लाख ९० हजार पर्ने एस क्याब , ६८ लाख ९० हजार पर्ने भी–क्रस २.५ र जिप भेरिएन्टको एसयुभी मक्स गाडी छन् । मक्सको मूल्य एक करोड ४४ लाख ९० हजार तोकिएको छ ।
इसुजु नेपालमा सबैभन्दा बढी वारेन्टी दिने ब्रान्डमा पर्छ । इसुजुका सबै मोडलमा तीन वर्ष वा एक लाख किलोमिटरको वारेन्टी छ । डिजेल इन्जिनमा इसुजु विश्वविख्यात कम्पनी हो । यसका डिजल इन्जिनहरु असाध्यै बलिया मानिन्छन् । ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकता दिएर कारोबार गर्ने कम्पनीको प्रतिबद्धता छ ।
इसुजुको भारत र थाइल्यान्ड प्लान्टमा एसेम्बिब भएका गाडी कन्टिनेन्टलले नेपालमा बिक्री–वितरण गर्छ । कन्टिनेन्टल ट्रेडिब इन्टरप्राइजेजले यो वर्षभित्रै सर्भिस नेटवर्क १९ बनाउने र अर्को वर्षसम्ममा प्रत्येक ५० देखि १०० किलोमिटरको दुरीमा एउटा सर्भिस प्वाइन्ट खोल्ने व्यवस्था मिलाइरहेको छ ।
इसुजु बारे इसुजु मोटर्स लिमिटेड जापानी कमर्सियल भेइकल र डिजेल इन्जिन निर्माता कम्पनी हो । यसको प्रधान कार्यालय जापानको राजधानी टोक्योमा छ । एक सय तीन वर्ष पुरानो यो कम्पनीले इसुजु ब्रान्डमा कमर्सियल भेइकल र डिजेल इन्जिन उत्पादन र मार्केटिब गर्छ ।
यसका भेइकल उत्पादन प्लान्ट विश्वका विभिन्न २८ देशमा देशमा छन् । एक शताब्दीको अवधिमा इसुजुले दुई करोड ८० लाख थान डिजेल इन्जिन उत्पादन गरिसकेको छ । कम्पनीले झण्डै आठ दशक डिजेल इन्जिनको अध्ययन, अनुसन्धान र उत्पादनमा बिताएको छ ।
जसले गर्दा यसलाई डिजेल इन्जिनको प्राविधिक नविनतामा विश्वकै अग्रणी कम्पनी मानिन्छ । कन्टिनेन्टल ट्रेडिब इन्टरप्राइजेज प्रालिबारे न्टिनेन्टल ट्रेडिब इन्टरप्राइजेज प्रालि दुई दशकभन्दा बढी समयदेखि नेपालमा विश्वविख्यात ब्रान्डका गाडी र हेभी उपकरणको कारोबारमा संलग्न छ ।
यसले कोमास्तु ब्रान्डको निर्माण र माइनिब उपकरण, कियाको प्यासेन्जर भेइकल, ओटिस ब्रान्डको इलेभेटर, फुरुकावा ब्रान्डको ड्रिलिब उपकरण, इसुजु ब्रान्डका गाडी लगायतको कारोबार गर्छ ।
विभिन्न उत्पादन कम्पनीहरुमा समेत लगानी गरेको कन्टिनेन्टल ग्रुपअन्तर्गत वित्त र हाउजिब कम्पनी पनि छ । गुणस्तरीय वस्तु र सेवा प्रदान गर्ने लक्ष्य लिएको कन्टिनेन्टल ग्रुप अहिले नेपालको सुप्रसिद्ध व्यापारिक घरानामध्येको एक बनिसकेको छ ।
अपडेट
युरोपको हवाई कम्पनी एयरबसमाथि साइबर आक्रमण
कुमारी बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबिच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको छ ।
शाओमीको दशैं विथ एमआईमा आकर्षक अफर, स्मार्टफोनको खरिदमा रु २००० सम्मको छुट
काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफ…
आफ्नै धुन रेकर्ड गरेर पिआरबिटी राख्ने सकिने
आज बाट चाडपर्वलाई लक्षित गरी अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । अग्रीम टिकट बुकिङ्ग गर्न नयाँ बसपार्क लगायत अन्य ठाउ…
जेनेस सोलुसन र यूकेएड बिच सहकार्य, रोजगारी उपलब्ध गराउने विशेष परियोजना सञ्चालन गर्ने
काठमाडौं ।
क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब सफ्टवेयर विकास सम्बन्धि विशिष्टीकृत कम्…