कीवर्डहरू -

अपडेट

कोरोना संकटमा एनसीएचएलको दुई करोड ९१ लाख २० हजारभन्दा बढी सहयोग तथा छुट

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले हालको कोरोना महामारीको स्थितिमा नेपाल सरकार, बैङ्किङ क्षेत्र र सर्वसाधारणलाई दुई करोड ९१ लाख २० हजारभन्दा बढी सहयोग गरेको छ ।

एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरूमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर, आफ्नो प्ल्याटफर्ममार्फत क्राउड फन्डिङ गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पुर्‍याएको हो ।


कोभिड–१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई प्रश्रय दिने उद्देश्यका साथ एनसीएचएलले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएस, एनपीई र कनेक्ट आरटीजीएस सेवाहरू प्रवाह गर्दै आएकोमा लकडाउन सुरू भएदेखि नै यी सम्पूर्ण भुक्तानी सेवामा लाग्ने कारोबार शुल्कहरू मिनाहा गर्दै आइरहेको छ । यसरी कारोबार शुल्क मिनाहाबाट एनसीएचएलले दुई करोड ३४ लाख ९ हजार २४३ रुपैयाँभन्दा बढीको प्रत्यक्ष योगदान गरेको छ ।

कनेक्ट आईपीएस प्रणालीमा ‘डोनेटफर कज’का रुपमा समावेश गरी सोबाट हालसम्म नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण र उपचार कोषका लागि ४० लाख १९ हजार ४४८ रुपैयाँ संकलन गर्न सहयोग गरेको छ । यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारको कारोना उपचार कोषमा १७ लाख रुपैयाँ सहयोग गरेको छ, जसमध्ये १० लाख केन्द्रीय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १/१ लाख सहयोग प्रदान गरेको छ ।

अपडेट

कोरोनासँग लड्न प्रविधि विकास गर्नेलाई नास्टले १० लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोरोना भाइरस र त्यसले ल्याएका …

प्रदेश १ सरकारले कोरोना संक्रमितलाई अनलाइनबाटै भर्ना गर्ने

प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको मोरङको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज स्थि…

बिग डेटाको अनलाइन ट्रेनिङ सुरु, यसरी हुनुहोस सहभागी

माउनटेक सोलुसनले आयोजना गरेको बिग डेटाको अनलाइन ट्रेनिङ आजबाट सुरु भएको छ । जे…

साओमीको रेडमी नोट नाइन प्रो फोन नेपालमा, यस्ता छन् फिचर

साओमीको रेडमी नोट नाइन प्रो स्मार्टफोन नेपालमा उपलब्ध भएको छ । यसमा ६.६७ इन्च डट ड…

क्रिप्टोकरेन्सी खुला गर्ने तर्फ अर्थमन्त्रीको चासो

नेपाल सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले क्रिप्टोकरेन्सी खुला गर्न चासो देखाएका …

नबिल बैंकले ल्यायो ‘नबिल जेन-एन एकाउन्ट’, यस्ता छन् आकर्षक सुविधा 

नबिल बैंकले ‘नबिल जेन-एन एकाउन्ट’ योजना सञ्चालनमा ल्याएको छ । घरमै बसेर खोल्ने सक…

डिभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

अमेरिकाले सन् २०१९ मा भरेको डिभि लोटरिको नतिजा सार्वजनिक गरेको छ । गत वर्ष खोलेक…

प्रदेश १ लाई डिजिटल प्रदेशको रुपमा अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख

उद्योग वाणीज्य तथा उपभोक्ता संरक्षण विभागले दर्ता नभएरै सञ्चालन भएका अनलाइन व्यवसायल…

अनलाइनबाट एनसेलको नम्बरमा रिचार्ज गर्ने तरिकाको भिडियो बनाएर स्मार्टफोन जित्न सकिने 

अनलाइनबाट एनसेलको नम्बरमा रिचार्ज गर्ने तरिकाहरुको भिडियो बनाएर उपहार जित्न सकिने…

एनसेलले आईफ्लिक्स सेवा बन्द गर्दै 

एनसेलले आफ्नो भिडियो सेवा अन्तर्गतको आईफ्लिक्स सेवा बन्द गर्ने भएको छ । एनसेलले जेठ …