कीवर्डहरू -

अपडेट

एकै पटक धेरै जनालाई सन्देश पठाउन उपयोगी बल्क एसएमएस सेवा सुरु


एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि बल्क एसएमएसको प्रयोग गरिन्छ । यो सेवा विशेष गरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्ध सरकारी र गैरसरकारी निकायलगायतका संघ÷संस्थाहरुका लागि बढी उपयोगी छ । व्यक्तिगत प्रयोजनका रुपमा एकैपटक धेरै व्यक्तिहरुलाई एसएमएस (छोटो सन्देश) पठाउनका लागि पनि यो उपयोगी हुन्छ ।


हाल नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि वेबमा आधारित बल्क एसएमएस सुविधा उपलब्ध गराइरहेको छ । संघ÷संस्थाहरुले नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालय, विभिन्न ठाउँमा रहेका निर्देशनालय मार्फत र व्यक्तिगत उपभोक्ताले कम्पनीको अनुमति प्राप्त भ्यालु एडेड सर्भिस ( Value Added Service भास) सेवा प्रदायक संस्थासँग सम्पर्क गरी सेवा प्राप्त गर्न सकिन्छ । यस सम्बन्धी सेवा उपलब्ध गराउन चाहने सेवा प्रदायकले आफ्नो प्रस्ताव र अन्य कागजातका साथ प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा सम्पर्क राख्नु पर्दछ ।


यो सेवा प्रिपेड प्रकृतिको भएको हुनाले एसएमएस संख्याका आधारमा लाग्ने शुल्क भुक्तानी गरिसकेपछि युजर नेम र पासवर्ड उपलब्ध हुनेछ । युजर नेम तथा पासवर्ड प्राप्त गरेपश्चात टेलिकमको वेबसाइट प्रयोग गरी  यो सेवा उपभोग गर्न सकिन्छ ।


ग्राहक स्वयंले आफ्नो समूहभित्र रहेका नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए दुवै किसिमका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा एउटा एसएमएस बराबर अंग्रेजीमा १४० अक्षर तथा युनिकोडमा ७० अक्षर पठाउन सकिन्छ । वेब सुविधा नभएका ग्राहकहरुले आपूmले पठाउन चाहेको सन्देश र पठाउनु पर्ने मोबाइल नम्बरहरु उपलब्ध गराएमा कम्पनी वा सेवाप्रदायकले एसएमएस पठाइदिने सुविधा पनि उपलब्ध छ ।


नेपाल टेलिकमबाट यो सेवा लिन चाहने संघ–संस्थाले मासिक न्यूनतम १ हजार ५ सय एसएमएस पठाउनु पर्ने हुन्छ । सो भन्दा कम एसएमएस पठाउन चाहने संघ÷संस्थाले कम्पनीबाट अनुमति प्राप्त सेवा प्रदायकहरुसँग सम्पर्क गरी लाभ लिन सकिने छ र एसएमएस संख्याको आधारमा शुल्क निर्धारण गरिएको छ ।

अपडेट

TEDx बालकुमारी रोड सम्पन्न 

विश्वस्तरमा सुप्रसिद्द फोरम, टेड कन्फेरेन्सको स्थानिय स्तरमा आयोजना हुने कार्यक्रम टेड एक्स हो, जुन ूसु(परिवर्तनका स्थानिय सम्बाहकू थिममा टेड एक्स बालकुमारीरोड…

ऋण प्रक्रियालाई डिजिटाइज गर्न महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्सबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्न एस…

‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’बीचविद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारी प्रदानगर्ने सम्झौता

‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारीको अवसर …

एनसीएचएर्ल  “सर्टिफिकेट अफ मेरिट” बाट सम्मानित

नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल)लाई ,

शाओमीद्वारा नेपालमा पाँचौं आधिकारिक सर्भिस सेन्टर शुरु

शाओमी ग्लोबल टेक्नोलोजीले नेपालमा अर्को  आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । शाओमीले दुई महिनाको अवधिमा सर्भिस सेन्टरहरु संचालनमा ल्याएको छ र ना…

काठमाडौंमा आर्टिफिसियल इन्टेलिजेन्स सम्वन्धी अन्तराष्ट्रिय सम्मेलनको आयोजना 


ब्रिटिश कलेजले इन्स्टिच्यूट अफइन्जिनियरिङ (आइओइ), पुलचोक क्याम्पस र ईन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियर्सकोे साझेदारीमा काठमाडौंमानोभे…

क्यान महासंघमा बढ्याे चुनावी माहाेल, कस्तो छ, नवराज र सुनैनाको प्यानल ?

काठमाडौं । सन् १९९२ मा केही कम्प्युटर व्यवसायीहरुले स्थापना गरेको कम्प्युटर एशाेसिएसन अफ नेपाल (क्यान) अहिले महासंघको रुप…

डिजिटल नेपाल फ्रेमवर्क मन्त्रिपरिषदबाट स्वीकृत, पारित गर्नै लाग्यो १५ महिना !

सरकारले डिजिटल नेपाल फ्रेमवर्क मन्त्रीपरिषदबाट पारित गरेको छ । कार्तिक ८ गते जारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रेस विज्ञप्तीमा डिजिटल नेपालको फ्रेम…

भरतपुरमा \'वर्डक्याम्प २०१९\' आयोजना हुदै, एक दर्जन बढी कार्यपत्र प्रस्तुत हुने  

चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय आईटी सम्मेलन ुवर्डक्याम्प २०१९ु हुने भएको छ । नोभेम्बर ९ मा आयोजना हुने कार्यक्रममा ३०० जना भन्दा बढीको सहभागितामा हुने जना…

ओपो र एरिक्सनद्वारा संयुक्तरुपमा फाइभजी ल्याब सञ्चालन

ओपोले भरखरै अग्रणी सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायक कम्पनी, एरिक्सनसंग संयुक्त फाइभजी ल्याबोरेटोरी सञ्चालनमा ल्याएको छ । यो सहकार्यले फाइभजी क्षेत्रमा दूई…

एनआईसी एसिया युनियन पे \'भर्चुवल कार्ड\'को सुरुवात

एन आई सी एशिया बैंक लिमिटेडले UnionPay International को  सहकार्यमा NIC ASIA UnionPay Virtual Card  को प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्…

आरबीबी मोबाइल बैंकिङ मेला सम्पन्न 

राष्ट्रिय वाणिज्य बैंकले गरेको आरबीबी मोबाइल बैंकिङ मेलामा विजयी भएका पाँच जनालाई पुरस्कृत गरिएको छ । बैंक र एफवान सफ्टको सहकार्यमा भएको मेलामा ७३ हजार …

रुसमा आयोजित बैज्ञानिक सम्मेलनमा नेपाली युवा वैज्ञानिकले जिते स्वर्णपदक 

रुसमा सम्पन्न ‘आठौँ एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्ररेन्स’मा सहभागी नेपाली युवा वैज्ञानिकले स्वर्णसहित तीन पदक जितेका छन् । कूल २३ राष्ट्रका प्…