कीवर्डहरू -

अपडेट

ओपोले सन् २०२० को अप्रिलमा स्मार्ट वाच, स्मार्ट वायरलेस हेडफोन र फाइभजी सीपीइ सार्वजनिक गर्ने

ओपोले सन् २०२० को पहिलो क्वाटर अप्रिलमा स्मार्ट वाचेज्, स्मार्ट वायरलेस हेडफोन्स र फाइभजी सीपीइ सार्वजनिक गर्ने योजना रहेको बताएको छ ।

डिसेम्बर १० मा  भएको ओपो इन्नो डेमा ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले यो कुरा सार्वजनिक गरेका हुन ।

नयाँ फाइभजी यूगमा, अग्रगामी प्रविधि र उपभोक्ताको मूल्य र मान्यताबाट बाट निर्देशित हुँदै ओपो प्राविधिक नवप्रबर्तन २.० (टेक ईन्नोभेसन २.०) तिर अग्रसर हुनेछ ।

प्रविधि र सेवाको अभिसरण अपरिहार्य हुँदै गएरहेको अवस्थामा ओपो अहिले उपकरण, डाटा, गणना, सेवा र परिदृष्य गरी पाँचै क्षेत्र समेटिने एकिकृत प्रविधिक मोडलको निर्माणमा जुटेको छ ।

फाइभजी र एआई प्रमुख पूर्वाधार तथा हाम्रो प्रमुख शक्तिका रुपमा रहेको यस मोडलले सबै प्रविधिहरु एकिकृत गर्दै हरेक परिस्थिती र अवस्थामा  समग्ररुपमा समान प्राविधिक अनुभव प्रदान गर्नेछ ।

ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले आफ्नो किनोट प्रस्तुित मार्फत भने, ‘ओपोले ब्यक्तिगत सिनेरियो, भर्टिकल सिनेरियो र कन्भर्जेन्ट सिनेरियो समेतिएको ‘थ्री सर्कल सिनेरियो’ आत्मसात गर्दै आफ्ना भविष्यमा सार्वजनिक हुने उपकरणहरुका लागि योजना बनाउने छ ।’

अपडेट

माइक्रोसफ्टले टुडु एप वन्डरलिष्ट बन्द गर्दै

माइक्रोसफ्टले टुडु लिस्ट एप वन्डरलिष्ट बन्द गर्ने भएको…

विज्ञान र प्रविधिलाई समृद्धि र विकासमा प्रयोग गर्नुपर्नेमा मन्त्रीकाे जाेड

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई समृद्धि र व…

जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर

अफर अन्र्तगत १७५०० रुपैयाँमा ४० एमबिपीएसका सम्पूर्ण वार्षिक ग्राहकहरुका लागि सिजी ब्राण्डको ब्लोअर हिटरका साथै एक वर्षको नेटटिभी सेवा …

कुलमानलाई ‘नाष्ट प्रविधि पुरस्कार’

डुप्लिकेट फाइल डिलिट गर्ने तरिका