अपडेट
भारतको सर्वोच्च अदालतको आदेशः इन्टरनेटमाथि कुनैपनि प्रतिबन्ध लगाउन पाइदैन
भारतको सर्वोच्च अदालत ले इन्टरनेटमाथि कुनैपनि प्रतिबन्ध लगाउन नपाइने फैसला सुनाएको छ ।
मोदी सरकारले कश्मीरमा इटरनेटमाथि प्रतिबन्ध लगाउने निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । लामो समय देखि बहस हुदै आएको मुद्दामा अदालतले इन्टरनेटमा प्रतिबन्ध लगाउन नपाइने फैसला सुनाएको हो ।
भारतको केन्द्रीय सरकारले जम्मू कश्मीरलाई विभाजित गर्दै केन्द्र शासित प्रदेश बनाएपछी त्यहाँ इटरनेट माथि प्रतिबन्ध लगाएको छ ।
इन्टरनेट नागरिकहरुको अभिव्यक्तिको अधिकार अन्तर्गत पर्छ, यसरी लामो समय सम्म इन्टरनेटमाथि प्रतिबन्ध लगाउन नसकिने र प्रतिबन्ध लगाउन परेमा कुनै बलियो आधार चाहिने आदेशमा भनिएको छ ।
भारतको सर्वोच्च अदालत को यो फैसला सँगै मोदी सरकार जम्मू कश्मीरमा इन्टरनेटमाथि लगाएको प्रतिबन्ध हटाउन बाध्य हुने छ ।
अपडेट
बजारमा नयाँ एन्टिभाइरस ‘वार्डविज’
गोदावरी नगरपालिका–३ टौखेलमा अवस्थित किटिनी माध्यमिक विद्यालयमा पहिलो पटक बृहत् विज्ञान प्रदर्शनी गरिएको छ । विद्यालयमा अध्…
इटहरीमा माघ १ देखि प्रदेश स्तरिय \'क्यान इन्फोटेक\' आयोजना हुदै
कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना, क्यानमहासंघ प्रदेश नं. १ को सम्योजनमा सुचना, प्रबिधि र सञ्चारको ब्यापकतालाई समेट्ने गरी इटहरीमा ५ दिने स…