कीवर्डहरू -

अपडेट

ट्याक्सी मार्फत दशैमा घरजानेहरुका लागि बुकिङ खुला, यसरी गर्नुहोस् बुकिङ  

इजी ट्याक्सी नेपालले ट्याक्सी मार्फत घरजानेहरुका लागि बुकिङ खुल्ला गरेको छ । ‘चाडवाड अफर, ट्याक्सी चढि दशैंमा गाउँघर’ नारासहित इजी ट्याक्सी नेपाल एपले ट्याक्सीमार्फत घरजाने सुविधा सहितको बुकिङ्ग खुला गरेको हो ।

इजी ट्याक्सी नेपाल एपमार्फत नै यात्रुले आफूले चाहेअनुसार ट्याक्सी रिजर्भ तथा बुक गर्न सक्नेछन् । जसअन्तरगत इजी ट्याक्सी नेपाल एप डाउनलोड गरी काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने भन्ने सुनिश्चित गरी यात्रा अग्रिम बुकिङ्ग गरि दर्ता गर्न सकिनेछ ।

कम्पनीले नेपालमै पहिलो पटक इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी बुकिङ्ग गर्न सकिने सुबिधा ल्याएको इजी ट्याक्सी नेपालका अध्यक्ष संजीत पौडेलले बताए ।

‘कोभिड १९ ले गर्दा मानिसहरु सुरक्षित यात्रा गर्ने माध्यम खोजिरहेका छन् । हामीले ट्याक्सीमार्फत सहज रुपमा सुरक्षित र स्वस्थ्यरुपमा दशैँमा मानिसहरु घर जान सकुन भनेर यो नयाँ सेवा शुरु गरेका हौं,’ उनले भने, ‘यसले भरपर्दो र सुरक्षित यात्रा गराउन हामी कटिबद्ध छौं ।’

यसको लागि इजी ट्याक्सी नेपाल एपमा गएर यात्रुले आफ्नो सम्पूर्ण यात्राको बिवरण भरेर दर्ता गर्नुपर्नेछ भने सो दर्ताको आधारमा यात्रुको मोबाइल नम्बरमा म्यासेज प्राप्त हुनेछ । उक्त म्यासेज प्राप्त भएसँगै कम्पनीले यात्रुसँग व्यक्तिगत रुपमा बुकिङ्ग सुनिश्चित गर्नेछ ।

इजी ट्याक्सी नेपाल एपमार्फत यात्राको कति शुल्क लाग्ने र कुन स्थानसम्म जाने भनेर छनौट गर्न सकिनेछ भने यात्रुले ट्याक्सी बुक भए नभएको जानकारी र ट्याक्सी नम्बरको बारेमा समेत ट्रयाक गर्न सकिने सुविधा रहेको छ ।

इजी ट्याक्सी नेपाल एपमा आबद्ध भएका ट्याक्सी चालकहरुलाई कम्पनीले यसअघि नै कोरोना बीमा समेत गरिसकेको छ ।

त्यस्तै कम्पनीले सुरक्षित यात्रा गराउन स्यानिटाइजर, मास्क र पञ्जाको समेत व्यवस्था मिलाएको छ । यसका साथै इजी ट्याक्सी नेपाल एपमार्फत यात्रा गर्ने ट्याक्सीका यात्रुहरुको बीमा समेत गरिएको छ ।

इजी ट्याक्सी नेपाल एपमार्फत यात्रुहरुले सरकारी दररेटमा नै घरसम्म ट्याक्सी बुकिङ्ग गर्न र आरामदायी यात्रा गर्न सक्ने जनाइएको छ ।

इजी ट्याक्सी नेपाल एपमा हाल देशभरका ५ हजार भन्दा बढि ट्याक्सीहरु संचालनमा रहेका छन् । यसका साथसाथै यस सेवालाई डिजिटल प्रविधिमा लानका लागि माछापुच्छ्रे बैंकसँग सेटलमेन्ट बैंक पार्टनरको सम्झौता समेत गरिसकेको छ ।

सेवाग्राहीहरुले हाल आफ्नो मोबाइलमा रहेको पुरानो एप अपडेट गरेर यो सुविधा लिन सक्नेछन । साथै इजी ट्याक्सी नेपालको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसको लागि यहाँ क्लिक गर्नुहोस् ।

अपडेट

धरान उपमहानगरपालिकाका जनताले अब कनेक्ट आईपीएस मार्फत कर भुक्तानी गर्न सक्ने 

धरान उपमहानगरपालिकाका जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आइपीएस मार्फत…

गूगल ड्राइभको ट्रयास फोल्डरमा भएका फाइल अब ३० दिन पछि आफै डिलिट हुने

गूगल ड्राइभले ३० दिन पछि ट्रयास फोल्डरमा रहेको फाइलहरु आफै डिलिट गरिदिने फिचर ल्य…

गूगल मिटमा अब पछाडिको ब्याकग्राउन्ड ब्लर गर्न सकिने

गूगल मिटमा पछाडिको ब्याकग्राउन्ड धमिलो (ब्लर) बनाउन मिल्ने फिचर उपलब्ध भएको छ । हरे…

इन्फोडेभलपर्स र डेटम सिस्टम्स बीच सहकार्य, ट्रस्टएमल सिस्टम सहकारी संस्थालाई पनि उपलब्ध हुने  

डेटम सिस्टम्स प्राइभेट लिमिटेडले विकास गरेको ग्राहकलाई सम्पत्ति शुद्धिकरण तथा आतंकका…

नास्टले बनायो पीपीई परीक्षण गर्न सकिने डिभाइस

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले पीपीई परीक्षण गर्न सकिने डिभाइ…

ओप्पो एफ १७ प्रो नेपालमा चाँडै सार्वजनिक हुने

चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ १७ प्रो स्म…

गूगल प्ले स्टोरमा पुनः उपलब्ध भयो पेटिएम

भुक्तानी र वित्तिय सेवा प्रदान गर्ने पेटिएम एप अब फेरि गूगल प्ले स्टोरमा उपलब्ध भएको…

फोरजी विस्तारको गति निकै ‘सुस्त’

विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधिका रूपमा रहेको फोरजी नेपालमा…

निजी विद्यालय विद्यार्थी अलमल्याउँदै, शुल्क असुल्दै

निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा पढाउँछन्। अनलाइन माध्यमबाट भने दैन…

विज्ञान प्रविधिमा विकास एजेन्सीको भूमिका बारे डिजिटल संवाद हुदै

डिजिटल संवादको १८ औं श्रृंखलामा विज्ञान प्रविधि र इन्नोभेसन मार्फत प्रमाण आधारित नि…

बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु

जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण …

एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती मार्फत दिन सकिने

एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राह…

क्यान महासंघ पर्साले आयोजना गरेको दुई दिने लर्निङ म्यानेजमेन्ट सिस्टम सम्बधि वेबिनार सम्पन्न

क्यान महासंघ पर्सा शाखाको आयोजनामा दुई दिने लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) सम्ब…

टिकटकको जस्तै फिचर भएको युट्युब सर्टस      

सामाजिक सञ्जाल माध्यमा टिकटक एक अत्यन्तै चर्चित सामाजिक सञ्जाल हो । धेरै देशहरुमा य…

 सफ्टवेरिका कलेजले दश विद्यार्थीलाई बेलायतमा अवलोकन भ्रमण गराउने

बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रमको अध्यापन गराइरहेको काठमाडौको सफ्…