कीवर्डहरू -

अपडेट

सरकारले समस्या समाधानको पहल गरेपछि सिफ्यानको आन्दोलन स्थगित

सरकारले समस्या समाधानको पहल गरेपछि सिफ्यानको आन्दोलन स्थगित भएको छ । नेपाल सरकारले शैक्षिक सत्र २०७७ देखि लागु गर्ने तयारी गरेको पाठ्य संरचनामा बिध्यार्थीहरुले ऐच्छिक बिषयको रुपमा समेत कम्प्युटर बिज्ञान बिषय रोज्न नपाउने अबस्था सिर्जना गरिएको भन्दै आन्दोलित कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) तथा अन्य संघ संगठनहरुले सरकारको आश्वासन पश्चात आन्दोलन तत्कालको लागि स्थगन गरिएको जनाएको छ

यसै सन्दर्भमा सिफ्यानको आज साँझ बसेको केन्द्रिय समितिको बैठकले सिफ्यानले उठाएका केहि माग सम्बोधन भएको बाँकी समस्या कार्यदल मार्फत समाधान हुने विश्वास ब्यक्त गर्दै कार्यदल गठनको स्वागत गरेकोछ

सिफ्यानले उठाएका मुद्धाहरुलाई के कसरि सम्बोधन गर्न सकिन्छ भन्ने बारेमा सम्बन्धित सबैसंग छलफल गरि राय सुझाब सहित प्रतिबेदन पेश गर्न प्रा . डा . सुबर्ण शाक्यको संयोजकत्वमा सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलका अन्य सदस्यहरुमा रमाकान्त पाण्डे , प्रकाश खतिवडा , प्रमिला बखती हुनुहुन्छ भने सदस्य सचिबमा खिलानाथ धमला हुनुहुन्छ।

यसै सन्दर्भमा सिफ्यानको आज साँझ बसेको केन्द्रिय समितिको बैठकले सिफ्यानले उठाएका केहि माग सम्बोधन भएको बाँकी समस्या कार्यदल मार्फत समाधान हुने विश्वास ब्यक्त गर्दै कार्यदल गठनको स्वागत गरेकोछ

साथै उक्त बैठकले बाह्य परीक्षकको रुपमा नगएर प्रयोगात्मक परीक्षा संचालनमा गर्दै आइरहेको असहयोगको आन्दोलन पनि हाललाई स्थगित गर्दै आन्दोलनमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको सिफ्यानका महासचिब रमेश रिमालले बताउनु भयो।

\"\"

अपडेट

चीनले नेपाललाई कोरोनाको औषधी, सूचना र आवश्यक प्रविधि दिन तयार

चीनले नेपाललाई कोरोना भाइरसको औषधी, भाइरस संग लड्न प्रविधि र आबश्यक सुचना दिन तयार रहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भ…

नयाँ तरिकाले विज्ञान र प्रविधि सिकाउँदै ‘कारखाना’

बालबालिकालाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिका देखाउँदै र बनाउँदै आधुनिक शैलीमा पढ्न सिकाउन शैक्षिक संस्था ‘क…

नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले दिए राजीनामा


नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्। २५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत सुब्बाले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई राजिना…

अब रगत चाहिएमा \'रगतदान डट कम\'

इपिएल २०२० को टाइटल प्रायोजकमा टिभिएस ‍

नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस …