अपडेट
सगुनले आज मोबाइल एप सार्बजनिक गर्दै
वलिउडक स्टार श्रद्धा कपूरले सगुनको बहुप्रतिक्षित एप सार्वजनिक गर्ने निश्चित भएको ट्वीट मार्फत खुलासा गरेकी छिन । सगुनले पनि यस भन्दा अघि नै जनवरीको दोस्रो साता बहुप्रतिक्षित एनड्रोइट भर्सनमा एप सार्वजनिक गर्ने बताएको थियो ।
सगुनले आधिकारिक रुपमा केही नबताए पनि सुपरस्टार कपुरले ट्वीटमा जनाएअनुसार जनवरी ९ तारिक भारतको राजधानी नयाँ दिल्लीमा सगुनको एप सार्वजनिक हुदैछ ।
उनले सगुनको एपको ग्रान्ड लन्चिङ भन्दै सगुनका फाउन्डर तथा कोफाउन्डर गोबिन्द गिरी तथा स्वाती दयाललाई समेत मेन्सन गरेकी छन ।
सामाजिक सञ्जालमा पछिल्लो समय उदाउदै गरेको सगुन एक नेपालीले प्रर्वधन गरेको कम्पनी हो । डेक्सटप भर्सनमा मात्र उपलब्ध यो सामाजिक सञ्जालले एन्ड्रोड भर्सनमा एप सार्वजनिक गर्न लागेको हो ।
सगुनको एपको बिशेषताहरु
सगुन प्रेमीलाई मोवाइलमै एप , गोप्य कुरा धक फुकाएर गर्नुस् । तपाईं प्रेमि-प्रेमिका , आफन्त वा साथीसँग गरेको गोप्य कुरा अरुले थाहा नपाउन् भन्ने चाहनुहुन्छ रु च्याटमा भनेका गोप्य कुरा सम्बन्धमा चिसोपन आएपछि सामाजिक संजालमा छरपस्ट नहोउन् भन्ने चाहनुहुन्छ ? यसको लागि सगुनको एप आएको छ ।
अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले स्मार्ट फोनका पारिखीहरुले लामो समयदेखि प्रतीक्षा गरेको मोवाइल एप ट्रायल भर्सन प्ले स्टोरमा सार्बजनिक गरेको छ ।
आफूले राखेका लक्ष्यहरु एकपछि दोस्रो पुरा गर्दै लगानीकर्ता तथा सगुनका प्रयोगकर्ताहरुको मन जित्दै आएको सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप डेभलप गरेको हो ।
एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध यस एपले प्रयोगकर्ताको गोपनियतालाई निकै ध्यान दिएको छ । एपबाट पठाइने फोटो , टेक्स्ट , भिडियोलगायतका प्राप्त गर्नेले हेरिसकेपछि आफैं डिलिट हुने फरक खालको विशेषता यसमा रहेको छ ।
खासमा सगुनको मोवाइल एप वेव भर्सनको अर्को रुप हो । मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप हाते डिभाइस चलाउनेहरुबीच निकै लोकप्रिय हुने विश्वास छ। यसको अर्को विशेषता आफ्नो दैनिकीलाई सेड्युलमा राखेर साथीभाइ आफन्त लगायतलाई शेयर गर्न सकिन्छ ।
सेयर गरेका आफन्तहरुले यो समयमा आफ्नो साथि कहाँ के गरिरहेको छ भन्ने कुरा एपमा भएको सेड्युलिङ हेरेर नै थाहा पाउन सक्छन् । अर्थात ब्यस्त जीवनमा अहिलेको समयमा आज कुन कार्यक्रममा हुनुहुन्छ भन्ने कुरा जानकारी दिनेछ । जसले गर्दा फोन गरिरहनु पर्ने अवस्था रहदैन्।
यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ , जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ ।
यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ ।
अल इन वन एप जस्तै हो सगुन । ‘ कनेक्ट , सेयर , अर्न ’ नारा दिएर आएको सगुनले एकअर्कासँग जोड्ने , आफ्ना भावनाहरु सेयर गर्ने र एप चलाउँदा कमाइ गर्ने अबसर दिने भएको छ । यसमा माइ डे , सेक्रेट , मुड टकजस्ता फिचर एकै ठाउँ समेटिएको छ ।
सुरुमा चलाउन केही अप्ठ्यारो लागे पनि विस्तारै बानी परेपछि यो एप सबैको प्रिय बन्ने छ । सामाजिक संजालमा गोपनियता जोगाउन गाह्रो परिरहेका बेला सगुनले सबैलाई राहत दिने पक्का छ । सगुनको सो एप जनवरीको ९ तारिक नयाँ दिल्लीमा आधिकारिक रुपमा सार्वजनिक हुनुपूर्व नै उक्त एपको एक संस्करण गुगल प्लेमा उपलब्ध भएको छ ।
एप उपलब्ध भएपछि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले त्यसलाई डाउनलोड गरिरहेका छन् तर हाल सीमित व्यक्तिहरुले मात्रै एप डाउनलोड गर्न सकेका छन् ।
एप उपलब्ध भएको बारेमा सगुनको आधिकारिक धारणा भने अझै सार्वजनिक भएको छैन । सगुनले करिब दश महिनादेखि एपको विकास गरिरहेको थियो । यो एपलाई धेरैले चासोको रुपमा हेरेका छन् ।
अपडेट
काठमाडौँमा नेपाल स्कुल अन इन्टरनेट गभर्ननेन्स \'एनपीएसआइजी\' आयोजना हुँदै
नेपाल इन्टरनेट गभर्ननेन्स फोरमको पहिलो संस्करणको सफलता पुर्वक संचालन पछि इन्टरनेट सोसाइटि नेपालले बिभिन्न संस्थाहरुसँगको सहकार्यमा ' न…
बुटवलमा फागुन २ गतेदेखि सातौ संस्करणको इन्फोटेक आयोजना हुने
क्यान महासंघ रुपन्देही शाखाले यस वर्ष आगामी मिती २०७४ फाल्गुण २ गते देखि ६ गते (तदनुसार सन् २०१८ फेब्रुअरी १४ देखि १८) सम्म बुटवल स्थित प्रदर्शनी स्थल…
सामसङ्गका ग्राहकहरुका लागि कुकिङ क्लास र सामसङ्गका उत्पादन बारे तालिम
सामसङ्गको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.द्वारा नेपाली ग्राहकहरुका लागि–माइक्रोवेभ ओभन कुकिङ क्लास आयोजना गरियो । साथै उक्त दिन नै सा…
जावलाखेलमा वल्र्डलिंकसंगै अंग्रेजी नया वर्ष २०१८ को भव्य स्वागत
काठमाडौं– ‘छिटो भनेकै वल्र्डलिंक’ लाखौं इन्टरनेट पारखीहरुले द्रुत गतिको इन्टरनेटको र्पयाय बनेको वल्र्डलिंकको आयोजनामा शनिबार अंगे्रजी नया…
आइफोन बन्यो २०१७ को सर्बाधिक विक्री भएको टेक प्रोडक्ट
यूएसए टुडेले सार्वजनिक गरेको रिपोर्ट अनुसार आइफोनले यस बर्ष पनि आफूलाई २०१७ को सर्वाधिक विक्रि भएको टेक प्रोडक्टका रुपम…
नेपाल टेलिकमले ल्यायो डाटामा बोनस सहितको आकर्षक “विन्टर अफर”
नेपाल टेलिकमले विशेष जाडो महिनामा सम्पूर्ण जीएसएम र सिडीएमए प्रयोगकर्ताहरुको लागि बिभिन्न डाटा प्याकको अफर ल्याएको छ । टेलिकमको विन्टर अफ…
सुविसुले नोकियासँगको सहकार्यमा देशभर नेटवर्क विस्तार गर्ने
सुविसु केवलनेट प्रा.लिले अन्तराष्ट्रिय कम्पनी नोकिया सोलुसन्स एण्ड नेटवर्कसँगको सहकार्यमा फाइबर नेटवर्क विस्तार गर्ने भएको छ । बुधवार होटल अन्नपुर्णमा आयोजित …
स्मार्ट टेलिकमले कुमारी पार्टीमा खोल्यो स्मार्ट सेन्टर
दुर संचार सेवा प्रदायक कम्पनि स्मार्ट टेलिकमले ललितपुरको कुमारीपार्टी स्थित लब बिल्डिंङमा स्मार्ट सेन्टर संचालनमा ल्याएको छ ।कम्पनिले उपभोक्तालाइ उत्कृष्ट …
२०१७को अन्त्यसँगै विन्डोज फोन ८.० तथा ब्ल्याकबेरी ओएसमा व्हाट्स एप बन्द हुँदै
यहि २०१७ को अन्त्य देखि व्हाट्स एप कम्पनिले धेरै स्मार्टफोनहरुमा आफ्नो सपोर्ट बन्द गर्दैछ । कम्पनिले आफ्नो अफिसियल ब्लग पोस्टद्वारा विन्डोज फोन ८.०,ब्ल्याकबेरी १० …
हेमन्त चौरासियाको अध्यक्षतामा क्यान महासंघमा नयाँ कार्यसमिति
हेमन्त चौरासियाको अध्यक्षतामा कम्प्युटर एशोसिएन महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार काठमाडौंमा भएको क्यानको २४औं साधारणसभा…
हराएका चेली खोज्नेछ अब ‘खोजि’ मोवाइल एपले
अमेरिकामा बस्ने नेपालीले दिए १० करोडको प्रविधि
काठमाडौं–नेपालबाट बर्षेनी ११ हजारभन्दा बढी चेलीबेटी भारतमा बेचिन पु…
’कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’ विषयक गोष्टी सम्पन्न
काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) र एसीसीएको संयुक्त आयोजनामा ’कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’ विष…