कीवर्डहरू -

अपडेट

स्कुल ईआरपी सफ्टवेयरमा ५० प्रतिशत छुट, अनलाइन कक्षा पनि सञ्चालन गर्न सकिने

स्किम इन्टरनेशल टेक्नोलोजी प्रालि ले निर्माण गरेको स्कुल ईआरपी सफ्टवेयरमा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले स्थानीय, प्रदेश र संघीय सरकारलाई सहयोग पुर्‍याउने उदेश्यले सामुदायीक विद्यालयहरुमा सरकारी–निजी साझेदारी योजना अन्तर्गत ५० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

उक्त सफ्टवेयरबाट विद्यालय व्यस्थापन तथा अनलाइन शिक्षा सहज रुपमा सञ्चालन गर्न सकिने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार विद्यालयको हरेक क्रियाकलापहरु चुस्त–दुरुष्त राख्न, विद्यार्थीहरुको सम्पुर्ण सुचना लामो समयसम्मका लागि सुरक्षित राख्न, नियामक निकायहरुलाई नियमन गर्न सहज बनाउन,तथा विद्यालय–विद्यार्थी–अविभावकको बीच सहज रुपमा सुचना आदान प्रदान गर्न यो सफ्टवेयर निकै उपयोगी हुन्छ ।

अहिले विद्यालय बन्द रहेको अवस्थामा घरमै बसेर पढ्नु पढाउनु पर्ने र नेपाल सरकारको समेत अनलाइन शिक्षा सञ्चालन सम्बन्धी स्पष्ट निती आइसकेको अवस्थामा निजी तथा सामुदायीक विद्यालयहरुमा यो स्कुल म्यानेजमेन्ट सफ्टवेयर प्रयोग गर्न सकिने छ ।

स्कुल म्यानेजमेन्ट सफ्टवेयरमा स्किम इन्टरनेश्नल टेक्नोलोजी प्रालिले निजी विद्यालयहरुलाई पनि सिमित अवधिका लागि विशेष छुट दिएको जानकारी दिएको छ ।

यस सफ्टवेयरमा भएका सुविधा

• स्कुल म्यानेजमेन्ट सिस्टम

सम्पुर्ण सुचना व्यवस्थापन, विद्यार्थी, अविभावक तथा शिक्षकको लागि, छुट्टै लग–इन, अनलाइन परिक्षा, विद्यार्थी तथा शिक्षक हाजिरी, होमवर्क व्यवस्थापन, आइ डी कार्ड, एडमिट कार्ड तथा नतिजा कार्ड सिस्टमबाटै हेर्न तथा प्रिन्ट गर्न सकिने, अधिकार प्रत्यायोजन, एसएमएस तथा इमेल सुविधा, म्यासेजिङ सिस्टम, छुट्टी लगायत अन्य जानकारी सिस्टममै दिन सकिनेछ ।

त्यस्तै विद्यार्थी शुल्क, तलब लगायत अन्य हिसाब पनि यसमा राख्न सकिने, नियमन गर्न सजिलो, ४० भन्दा धेरै प्रकारका रिपोर्ट निकाल्न सकिने, स्कुलको वेबसाइट बनाउन सकिने, आगन्तुकहरुको फोटो सहितको विवरण राख्न सकिने, सिस्टमको व्याकअप राख्नमिल्ने तथा २५० भन्दा  अन्य सुविधाहरु यस सफ्टवेयरमा रहेको कम्पनीले जनाएको छ ।

• अनलाइन कक्षा

यस सफ्टवेयरबाट घरमै बसेर कक्षा लिन मिल्ने, परिक्षा लिन मिल्ने, विद्यार्थी तथा शिक्षकको हाजिरी लिन मिल्ने, पाठ्यक्रम तयार पार्न मिल्ने, विद्यार्थी तथा शिक्षकको मुल्याङ्कन गर्न सकिने, भिडियो तथा अडियो सन्देशहरु पठाउन मिल्ने, सयभन्दा धेरै एप डन्टिग्रेट गरी चलाउन सकिने, पटक पटक नविकरण तथा पैसा तिर्नु नपर्ने तथा चलाउन पनि एकदमै सजिलो रहेको छ ।

अपडेट

किताब यात्राको प्रमुख कार्यकारी अधिकृतमा विकेश भट्टराई नियुक्त

किताब यात्रा प्राईभेट लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विकेश भट्टराईलाई नियुक्त गरेको छ । भट्टराईलाई किताब यात्रा प्राईभेट लिमिटेडको सञ्चालक समि…

गूगलले आगामी पाँचदेखि सातवर्षमा भारतमा १० अर्ब डलर लगानी गर्ने

गूगलले आगामी पाँचदेखि सातवर्षमा भारतमा १० अर्ब डलर लगानी गर्ने भएको छ । यसको लाग…

चीप मेकर क्वालकमले पनि भारतीय टेलिकम कम्पनी जियोमा लगानी गर्ने

अमेरिकाको चीप मेकर कम्पनी क्वालकमले पनि भारतीय टेलिकम कम्पनी जियोमा ७३० करोड भार…

वालेटबाट सहकारी संस्थाको खातामा रकम ट्रान्सफर गर्न सकिने

इन्फोडेभल्पर्स प्रालिले नेपालमै पहिलो पटक वालेटबाट सहकारी संस्थाको खातामा रकम ट्रान्…

टेलिकमले अब हरेक वडामा वाईफाई पुर्‍याउने

नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चर…

कञ्चन गाउँपालिकाले आयोजना गरेको वित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

रुपनदेहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको वित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण का…

इजी ट्याक्सी नेपालको एप प्रयोग गर्दा ट्याक्सी चालकको कोरोना बीमा निशूल्क

इजी ट्याक्सी नेपालले ट्याक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखि कोरोना बीमा गरिदिने…

प्रविधिमैत्री बन्दै नबिल बैंक, आफ्नो ३६ औं वार्षिकोत्सवमा स्थापना गर्‍यो नबिल डिजी बैंक

नबिल बैंकले डिजिटल बैंकको अवधारणामा ‘डिजी बैंक’ स्थापनाको घोषणा गरेको छ । बैंक…

फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने २ जनालाई डिसहोमको प्रतिव्यक्ति एक/एक लाख रुपैयाँ नगद 

डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २…

नास्टले २० वटा प्रस्तावलाई कोभिड १९ प्रविधि विकास तथा अनुसन्धान अनुदान उपलब्ध गराउने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले २० वटा प्रस्तावलाई कोभिड १९ प्र…

सस्तो भेन्टिलेटर बनाउन आविस्कार केन्द्र र स्ट्यान्डफोर्डको कोभिड रेस्पोन्स टिमबीच सहकार्य

नेपालको राष्ट्रिय आविस्कार केन्द्र र अमेरिकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयको कोभिड रेस्प…

लाइभ स्ट्रिमिङ गरी आत्महत्या गर्न लागेको थाहा पाए प्रहरीलाई खबर गर्न साइबर ब्यूरोको अनुरोध

प्रहरीले सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गरी आत्महत्या गर्न लागेको वा गर्दै गरेको घटन…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र हेबई अर्थशास्त्र तथा विजनेश विश्वविद्यालय बीच सम्झौता

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत, नेपाल र हेबई अर्थशास्त्र तथा विजनेश विश्वविद्याल…