अपडेट
भर्चुअल कक्षामा सहभागी हुन विद्यार्थीलाई त्रिविको अनुरोध
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले कोरोना भाइरसका कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ आफ्नो अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेका हुन् ।
उनले आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी भएमा सम्पूर्ण अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शिक्षाविद् तथा अन्य सबै सरोकारवालालाई समेत पठनपाठनमा विद्यार्थी सहभागी गराउन अनुरोध गरेका छन् ।
‘त्रिविले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्ष्यलाई आँकलन गरी गत चैत्रको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको इमेलको ठेगाना बनाई अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘तर हालसम्म पनि कतिपय विद्यार्थीहरू आफु अध्ययनरत विभाग तथा क्याम्पसको सम्पर्कमा नआएको जानकारी प्राप्त हुन आएको हुँदा पठनपाठन तथा स्थगन गरिएको परीक्षा व्यवस्थापन गर्न समस्या भएको छ । त्यसैले चाँडोभन्दा चाँडो विद्यार्थीलाई पठनपाठनमा सहभागी हुन अनुरोध गरिएको हो ।’
त्रिविका सम्पूर्ण विभाग, स्कूल, क्याम्पस प्रशासन, डीन कार्यालय समेतलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउने कार्यमा तदारुकता साथ लागि पर्न र विद्यार्थीलाई सम्पर्कका लागि सहज वातावरण मिलाउनु समेत अनुरोध गरिएको छ ।
त्रिविले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नेपालमा पनि प्रवेश गरेसँगै यसले जनस्वास्थ्यमा पार्ने असरलाई मध्यनजर राखी गत चैत्र ६ गतेदेखि त्रिविमा सञ्चालन भइरहेका सम्पूर्ण पठनपाठन तथा परीक्षाहरू स्थगन गरिएको छ ।
राससबाट
अपडेट
गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै ईफार्म, होम डेलिभरीको समेत सुविधा
विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको सन्दर्भमा ईफार्मले द…
विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न एन आइसी एशिया बैंकको सुपर सिक्स योजना
एन आईसी एशिया बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वव्य…
सबै विश्वविद्यालय र आंगिक क्याम्पसहरुलाई अब नेपाल टेलिकमको ह्यापी लर्निङ प्याक
कोरोना भाइरसको कारणले सिर्जित महाविपत्तीको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्नेगरी…
ओप्पोलाई फाईन्ड एक्सटू प्रोका लागि ईआईएसए एड्भान्स्ड स्मार्टफोन अवार्ड प्रदान
यूरोपियन ईमेज एण्ड साउन्ड एसोसिएशन (ईआईएसए)ले ओप्पो फाइन्ड एक्सटू प्रोलाई ‘ईआईएसए ए…
सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपी भी सिक्स (IPv6) मा लैजाँदै वर्ल्डलिंक
यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने उद्देश्यका साथ कम्पनी…
डिशहोमको ‘दी स्ट्रिङ्स’ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनौट
डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंग्लिस सांगीतिक प्रतियोगिता दि स्ट्रिङ्सको दोस्रो…
अब १० दिनसम्म डिशहोमको क्रेडिट सेवा लिन सकिने, यसरी लिनुहोस् सेवा
डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिन सम्म पाइने भएको छ । डिसहोमले…
नागरिक लगानी कोषका लाभग्राहीको खातामा एनसीएचएल मार्फत भुक्तानी गर्न सकिने
नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत क…
टेस्लाको स्वचालित एसी नेपाली सम्पदा अङ्कित नयाँ मोडलमा आउँदै
ईलेक्ट्रोनिक्स बजारमा टेस्ला एयर कन्डिसनर (फिलर) ले केही दिन भित्र आफ्नो नयाँ उत्पादन…
किष्ट मेडिकल अस्पताललाई \'सिस्टर रोबोट\' हस्तान्तरण, कोरोना संक्रमितको हेरचाह तथा उपचारमा सघाउने
सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम…
WIIT ले आयोजना गरेको कोभिड १९ विषयमा अडियो तथा भिडियो प्रतियोगीता सम्पन्न
टेक वेबिनार नेपालले फ्लटरको थिममा आफ्नो २० औं श्रृङ्खला आयोजना गरेको छ । यो वेबिन…
सस्तोडिलको अर्को सफलता: भारतीय फेसन ब्रान्ड मिन्त्रसँग सहकार्य
नेपालको ईकमर्स कम्पनी सस्तोडिलडटकम एकै साता भारतका बिख्यात दुई ईकमर्स कम्पनी सँग र…
टिकटकले डोनाल्ड ट्रम्पको प्रशासन विरुद्धमा मुद्दा हाल्ने
टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको विरुद्धमा मुद्दा हाल्ने भएको छ ।…