अपडेट
फोर्ड एन्डेभर २०२० संस्करण नेपाली बजारमा
फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ। विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ ।
१४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ । एसयुभिमा चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयुभि पारखिहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ ।
उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो । साथै चाहेको दायरामा रहेर गियर लक गने सुविधा पनि यसमा रहेको छ ।
यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ भने आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा छन् ।
२०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिन का कारण इंधन र पर्फरमेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ ।
एन्डेभरको यस संस्करणमा आइपुग्दा १७० पीएस पिक पावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ । फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुप हो, जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाई घटाएको छ ।
उत्कृष्ट प्रदर्शन र टेक्नोलोजीका कारण विभिन्न अवार्डले पुरस्कृत यो कारमा पूर्ण नयाँ डिजाइन, बहु आविस्कारसहितका विशेषताहरू छन् । विशेषगरी चुनौतीपूर्ण ड्राइभिङको समयमा ड्राइवरद्धारा नियन्त्रण गर्न सकिने गरी यस कारलाई निर्माण गरिएकोले सुरक्षाका दृष्टिकोणले यो कार चालकप्रति उत्तरदायी छ।
२०२० मा सार्वजनिक यस एन्डेभर पूर्ण एलईडी हेडल्याम्प राखिएको छ । अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइनमा निर्माण गरिएको यस एलइडी हेडल्याम्पलाई तल र माथि दुबै बिममा कम्तीमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ ।
यस लगायत यो कारमा ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजेस्टेबल ओआरवीएम लगायतका विशेषताहरु राखिएका छन् । आवश्यक ट्रान्सफरर्मर र टर्कका लागि उत्कृष्ट फोर ह्वील ड्राइभ सिस्टम प्रयोग गरिएको छ ।
यस सेग्मेन्टमा पहिलोपटक सामान्य, हिउँ परेको सडक, हिलोयुक्त सडक, घाँसयुक्त सडक र बालुवा र चट्टानयुक्त सडक गरी चारवटा मोडमा टेरेन म्यानजमेन्ट सिस्टम (टीएमएस) को प्रयोग गरिएको छ । जसले जस्तोसुकै अवस्थामा पनि गतिशील र सुविधासम्पन्न यात्राका लागि सहयोग पुर्याउछ ।
सुरक्षाका लागि ड्राइभरको घुँडाछेउको एयरब्यागसहित यस कारमा सातवटा एयरब्यागहरु राखिएका छन् । उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका साथै ८०० मिलिमिटर वाटर वेडिङ क्षमता छ । ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड एप्पल कारप्ले, गुगल अटो कम्प्याटिबल, क्थ्ल्ऋघ लगायतका विशेषताहरु रहेका छन् ।
क्याविनमा आवाजलाई कम गर्ने तथा इन्जिनको ध्वनिलाई घटाउने नोइज क्यान्सिलिङ प्रविधियुक्त यस गाडीलाई बनाइएको छ । ५० प्रतिशत गाडीको छत प्यानोरेमिक सन रुफले कभर गरिएको छ ।
फ्लेग्जिबल सिट र कार्गो व्यवस्थापनको प्रयोग गरिएको छ । दोस्रो रो र तेस्रो रो सिट फोल्ड गरीे २ हजार १० लिटरसम्म कार्गो होल्ड गर्न सक्दछ ।
अर्धस्वचालित समानान्तर पार्क एशिस्ट, पुश स्टार्ट बटन, पछाडिको गेटमा हैंडफ्री पावर लिफ्ट, अगाडि र पछाडि दुबैतर्फ पार्किङ सेन्सर, पछाडिपट्टि पार्किङ क्यामेरा, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वायपर्स, डीआरएल, ड्युल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, ड्राइभर र पेसेन्जर सिट ८ तरिकाले पावर एडजस्टेबल गर्न सकिने जस्ता विशेषता राखिएका छन् ।
३ वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टी दिइएको यसमा डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध यस कारको प्रारम्भिक मूल्य १ करोड ४९ लाख रुपैयाँ राखिएको कम्पनीले बताएको छ ।
अपडेट
फेसबुक, क्यान महासंघ र आईजिआईबीच सहकार्य, नेपालका साना तथा मझौला उद्यमलाई सहयोग गर्ने
फेसबुकले क्यान महासंघ र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट (आईजिआई) को सहकार्यमा नेपालका…
बिग डेटाको अनलाइन ट्रेनिङ आयोजना हुदै
माउनटेक सोलुसनले बिग डेटाको अनलाइन ट्रेनिङ आयोजना गरेको छ । बिग डेटा हडुप अनला…
गूगलले प्ले स्टोरबाट हटायो २५ ओटो मोबाइल एप
गूगलले प्ले स्टोरबाट २५ ओटा मोबाइल एपहरुलाई हटाएको छ । फेसबुक प्रयोगकर्ताको लगइन …
विराटनगर र धरानमा मिसकलकै भरमा किराना र तरकारी घर घरमा पुर्याउँदै गुद्री डटकम
थोरै समयमा धेरै कार्य सम्पन्न गर्नु आजको प्रतिस्पर्धी समाजको आवश्यकता हो । समय अनुसार…
टेक वेबिनार नेपालको १८ औँ श्रृंखलामा माइक्रोसफ्ट फम्सको बारे सिकाइदै
टेक वेबिनार नेपालको १८ औँ श्रृंखलामा अफिस अटोमेट र रिमोट वर्कको लागि माइक्रोफ्ट फ…
ह्वाट्सएपमा अब एनिमेटेड स्टिकरसँगै क्युआर कोडको पनि सुविधा
म्यासेजिङ एप ह्वाट्सएपले आगामी हप्तामा केही नयाँ फिचर रोलआउट गर्ने घोषणा गरेको छ ।…
फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने २ जनालाई डिसहोमको प्रतिव्यक्ति एक/एक लाख रुपैयाँ नगद
डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २…
डिजिटल संवादको १४औं श्रृंखलामा ग्रामिण डिजिटल कनेक्टिभिटीको बारेमा छलफल हुदै
लकडाउनसँगै सुरु भएको अनलाइन राउण्ड टेवल डिस्कसन (डिजिटल संवाद) कार्यक्रमको १४औं श्रृंखला अन्तर्गत आज ग्रामिण डिजिटल कनेक्टिभिटीको बारेमा छलफल हुदैछ ।
सञ्चार माध्यममा आएका भाम्रक समाचारप्रति सगुनको ध्यानाकर्षण
सगुनले नेपालका केही सञ्चार माध्यम तथा समाजिक सञ्जालहरुमा प्रकाशित भ्रामक समाचारप्रत…
बैंक तथा वित्तिय संस्थाहरुले अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकसँग मात्रै सहकार्य गर्न सक्ने
अब बैंक तथा वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्थाहरुलाई मा…
अमेजनका संस्थापक जेफ बेजोसको सम्पति १७१ अर्ब डलर, बने अहिलेसम्मकै धनी
विश्वको लोकप्रिय अनलाइन ईकमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको सम्पति अहिलेसम्मक…
इन्टेलले रिलायन्स जिओमा २५३ मिलियन डलर लगानी गर्ने
अमेरिकी प्रविधि कम्पनी इन्टेलको लगानी शाखा इन्टेल क्यापिटलले भारतको रिलायन्स जिओमा …
रिलायन्स जिओले सार्वजनिक गर्यो भिडियो कन्फेरेन्सिङ टुल जिओ मिट, निःशूल्क प्रयोग गर्न सकिने
भारतीय टेलिकम कम्पनी रिलायन्स जिओले आफ्नो भिडियो कन्फेरेन्सिङ टुल अफिसियल रुपमा …
सचेतनाको कमि र हेलचेक्राईले गर्दा साइबर अपराध बढ्दो
लकडाउनको अवधिमा प्रविधिको प्रयोग बढेसँगै बढेको साइवर अपराध धेरै जसो मानविय त्रुटिको कारण नै हुनेगरेको विज्ञहरुले बताएका छन् । विहिवार नेपाल दुरसञ्चार प्र…
११ दिनमै रकम दोब्बर गर्न सकिने खल्तीको दुई गुणा अफर, यसरी हुनुहोस सहभागी
डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उदेश्यले खल्तीले माबोइल एप र खल्तीको वेबसाइट मार्फ…