कीवर्डहरू -

अपडेट

टेलिकमको नयाँ अफरः नयाँ सिम किन्दा ब्यालेन्ससँगै डाटा, भ्वाइस तथा एसएमएसको सुविधा

नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड सिमकार्ड खरिद गर्नेको लागि नयाँ अफर ल्याएको छ । यो अफर जनवरी १ अर्थात आउँदो बुधबार देखि लागु हुनेछ ।

नयाँ सिमकार्ड खरिद गर्दा १० रुपैयाँ ब्यालेन्स, ४० मिनेट टक टाइम, ६० एमबी डाटा र २० वटा म्यासेजको सुविधा पाइने छ ।  यो भन्दा अगाडी सिम खरिद गर्दा ५० रुपैयाँ ब्यालेन्स मात्र दिइने गरिएको थियो ।

सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ भने ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिना भित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने छ ।

यो भन्दा अगाडी सिम खरिद गरी एक्टिभ नगरेका ग्राहकले पुस १६ गते वा सो भन्दा पछी एक्टिभेट गरी सुविधा लिन सक्ने टेलिकमले बताएको छ । नयाँ सिमकार्डको मूल्य ९० रुपैयाँ नै कायम गरिएको छ ।

अपडेट

स्टार्टअप एन्ड इन्नोभेसन मेला\'मा हाम्रो पात्रोको कम्यूनिटीद्वारा सञ्चालित ’फोटो कन्टेस्ट’को नतिजा सार्वजनिक

'आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला'को क्रममा हाम्रो पात्रोको कम्यूनिटीद्वारा सञ्चालित ’फोटो कन्टेस्ट’को नतिजा सार्वजनिक भएको छ । यस फोटो…

डिशहोम सिनेमाघरमा कबड्डी कबड्डी कबड्डी

यस वर्षको सुपरहिट चलचित्र “कबड्डी कबड्डी कबड्डी” टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमाघर च्यानलनम्बर १०८ मा पौष ११ गते , शुक्रबारदेखि प्रर्दशन हु…

आइसिटी स्टार्टअप  एण्ड इन्नोभेसन मेला सम्पन्न

पुस ४ गते शुक्रबारबाट सुरु भएको आइसिटी स्टार्टअप  एण्ड इन्नोभेसन मेला आज शनिबार समापन गरिएको छ । …