कीवर्डहरू -

अपडेट

अनलाइन शिक्षाको लागि डिजिटल इन्फास्ट्रक्चर र लोकल कन्टेन्टको विकासमा ध्यान दिनु आवश्यक

शनिवार सूचना प्रविधि दिवसको अवसरमा भएको एक अनलाइन अन्र्तकृयामा डिजिटल एजुकेशन तथा अनलाइन लर्निङ प्रवद्धन गर्ने सुनौलो अवसर आएको सहभागीहरुले बताए । नेपालमा केहि विश्वविद्यालय , कलेज तथा विद्यालयहरुले अनलाइन शिक्षा सुरु गरिसकेको भएपनि यसलाई दुरदराजसम्म पुर्याउन र निम्न स्तरका विद्यार्थीहरुले पनि लाभ लिनसक्ने वातावरण बनाउन डिजिटल इन्फास्ट्रक्चर र लोकल कन्टेन्टको विकासमा विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

\"\"

डिजिटल शिक्षा रुपान्तरणमा यो सुनौलो अवसर भएको भन्दै काठमांडौ विश्वविद्यालका प्रा.डा मनिष पोखरेलले नेपालमा ३ हजारको हाराहारीमा सामुदायिक तथा सरकारी विद्यालयहरु भएपनि त्यसमध्ये केहि प्रतिशतमा मात्र इन्टरनेट र ल्याबको व्यवस्था रहेको बताए । सरकारले मास्टरप्लान र अन्य योजनाहरु बनाएपनि प्रभावकारी नभएको कारण शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । प्याब्सनका अध्यक्ष टिकाराम पुरीले सरकारले कनेक्टिभिटी तथा डिजिटल इन्फास्ट्रक्चरमा ध्यान दिएमा प्याब्सन डिजिटल एजुकेशनलाई अघि बढाउन तयार रहेको बताए । अहिलेपनि विभिन्न प्याब्सन , कारखाना , जिइजिसँग सहकार्य गरि अनलाइन ट्रेनिङसँगै धेरै विद्यालयहरुमा अनलाइन कक्षाहरु सुरु गरेको बताए । शिक्षालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको पुरीको भनाई थियो ।

पुर्वमन्त्री गणेश शाहको संयोजकत्वमा सञ्चालन भएको डिजिटल संवादमा विभिनन देश र विदेशबाट १ सय ६० जनाबढिको अनलाइन सहभागिता रहेको थियो ।

पुर्वमन्त्री गणेश शाहको संयोजकत्वमा सञ्चालन भएको डिजिटल संवादमा विभिनन देश र विदेशबाट १ सय ६० जनाबढिको अनलाइन सहभागिता रहेको थियो । त्रिभुभव विश्वविद्यालयका एमसिएसआइटीका विभागिय प्रमुख नवराज पौडेलले कनेक्टिभिटी , लोकल कन्टेन्ट र शिक्षा कस्ट इफेक्टिभ बनाउनुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालयका टेक क्षेत्रीले अहिलेको अवस्थामा नै हामि पुर्णरुपमा अनलाइन शिक्षा दिन नसकिने बताउदै सरकारको विशेष योजना आउनुपर्ने बताए । पुर्वाञ्चल विश्वविद्यालय , मध्य पश्चिमाञ्चल विश्वविद्यालयका प्रतिनिधीहरुले पनि विभिन्न रिसोर्स र प्रविधिको व्यवस्थापन गर्दै अनलाइन कक्षामा प्रयास गरिरहेको बताए ।

डिजिटल लर्निङमा एकदशकबढि काम गरिसकेको मिदासले विभिन्न प्लाटफर्महरु विकास गरेपनि डिजिटल इन्फास्ट्रक्चर र दक्ष शिक्षकको अभावमा प्रभावकारी हुन नसकेको बताउदै यो समय अब प्रभावकारी ढंगले अघि बढाउन सबैपक्ष लाग्नुपर्ने बताए । टिच फर नेपालका शिशिर खनालले डिजिटल शिक्षामा कम आयभएका तथा कम्युनिटी विद्यालयलाई जोड्नुपर्ने बताए । बालवालिका तथा परिवारमा इन्टरनेट र स्मार्ट डिभाइसहरु नै नहुने र शिक्षकसँग अनुभवको कमि भएकोले अहिले नै अनलाइन शिक्षा प्रभावकारी नहुने तर यसको लागि निरन्तर काम गर्दै आगामी दिनमा व्यवस्थित गर्न सकिने धारणा राखे ।

\"\"

फ्युजमेशिनले नेपालमा पहिलोपटक एआईमा आधारित फ्युज क्लासरुप ल्याएको बताउदै पराग श्रेष्ठले यस मार्फत डिजिटल शिक्षामा रुपान्तरण गर्न सकिने बताए ।

फ्युजमेशिनले नेपालमा पहिलोपटक एआईमा आधारित फ्युज क्लासरुप ल्याएको बताउदै पराग श्रेष्ठले यस मार्फत डिजिटल शिक्षामा रुपान्तरण गर्न सकिने बताए । अहिले एक दर्जन शढि विद्यालयहरु यसमा आवद्ध भइसकेको बताउदै अब हामिले लकडाउनको लागि मात्र नभएर भोलीको लागि पनि सोच्नुपर्ने कुरामा जोड दिए ।

अब सरकारले योजनावद्ध कार्यक्रमहरु ल्याएर लकडाउन तथा कोरोना प्रकोपसम्म कसरी जाने र त्यसपछि निरन्तर कसरी प्रभावकारी रुपमा अघि बढाउने भन्नेबारेमा ध्यान दिनुपर्ने विद्यार्थी निकेतनकि सर्जनी जोशीले बताइन । कम्युनिटी विद्यालयमा अहिले अनलाइन कक्षा सञ्चालन गर्न सजिलो नभएको अनुभव जोशीको छ । समृद्धी एजुकेशन फाउण्डेसनका सिइयो नरेश प्रसाद श्रेष्ठले शिक्षालाई प्रविधिमैत्री बनाउन जोड दिनुपर्ने र आफुहरुले विभिन्न प्रविधि र टुल्सहरुको प्रयोग गरि कक्षा सञ्चालनमा ल्याइसकेको धारणा व्यक्त गरे ।

कम्युनिटी विद्यालयमा अहिले अनलाइन कक्षा सञ्चालन गर्न सजिलो नभएको अनुभव

कार्यक्रममा टेक्नोरियोका निदेश मास्केले नेपालमा उपलब्ध विभिन्न टुल्सहरुको बारेमा जानकारी दिए । कुन टुल्स र प्रविधि प्रयोग गर्ने विषयमा ध्यान दिनुपर्ने उनले बताए । विभिन्न रिसोर्स र प्रविधिको व्यवस्थापन गर्र्नुपर्ने बताउदै उनले मास्केले ओपन सोर्स टुल्सहरु अहिले उपयुक्त हुने सुझाव दिए । कार्यक्रममा प्रा. डा. रमेश मास्केले हामीसँग भएको रिसोर्स र टुल्सको सहि ब्यबस्थापन र कम्युनिटीमा इन्टरनेट सेवा बाढेर भएपनि अहिले ढिलो नगरी अनलाइन लर्निंगलाइ अघि बढाउनुपर्ने बताए ।

पुर्वमन्त्री तथा शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गठित विशेष समितिका संयोजक गणेश शाहले अब सरकारले शिक्षालाई प्रविधिमैत्री बनाउदै सबैलाई यसको पहुचमा ल्याउन ध्यानदिनुपर्ने बताए । शिक्षा मन्त्रालयले विभिन्न योजनाहरु बनाइरहेको सन्दर्भमा भएको छलफलले सरकारलाई सुझाव दिन सहयोग गरेको शाहले बताए । हेमपाल श्रेष्ठ र राजन लम्सालले सञ्चालन गरेको कार्यक्रममा अष्ट्रेलिया , हंगेरी , सिंगापुर लगायतका देशहरुबाट विज्ञहरुले त्यहाको अनुभव बताउदै कसरी अघि बढ्ने भन्ने विषयमा धारणा राखेका थिए । डिजिटल संवाद हरेक शनिवार एक बजे प्रविधि क्षेत्रका विभिन्न विषयमा विज्ञहरु छलफल तथा अन्तकृया हुदै आएको छ ।

अपडेट

लकडाउन खुलेपछि राइड शेयरिङको सेवा दिदै ‘लुजुम’, यस्ता छन् बिशेष सुविधा 

लकडाउन खुलेपछि टुटल पठाओ जस्तै ‘लुजुम’ नामक नयाँ कम्पनीले नेपाली बजारमा राइड शे…

डिजिटल लर्निंग नै अबको विकल्प भएको र यो अवसरलाइ सदुपयोग गर्न बिज्ञहरुको जोड

मेगा बैंक नेपालका ग्राहकहरुले लकडाउनको समयमा अर्डर गरेको २४ घण्टामा अत्यावश्यक घरा…

बैशाख ३१ सम्म ई-सेवाबाट बैंकमा निःशूल्क रकम ट्रान्सफर गर्न सकिने

ई-सेवा खाताबाट  कुनै पनि बैंक खातामा आगामी बैशाख ३१ गतेसम्म निशूल्क रकम ट्रान्सफर…

मध्य-पश्चिमान्चल विश्वविद्यालय र एनरेन बिच सम्झौता

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) विच अनलाईन शिक्षण प्रविधि (कर्परेट जुम लाइसेन्स) उ…

अनलाइन कक्षाको लागि टेलिकमको ई-शिक्षा प्याकेज, यसरी गर्नुहोस प्रयोग

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय…

डिजिटल शिक्षा र इ लर्निङको विषयमा \'डिजिटल संवाद\'को आयोजना हुदै

पछिल्लो समय लकडाउनले करोडौ विद्यार्थीहरु विद्यालय र स्कुलको नियमित कक्षा र अध्ययनबाट टाढा भइरहेका छन । तर प्रविधिले हाम्रोे जिवनशैली नै सहज बनाइरहेको अवस्…

नेपाल टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज, ५०० रुपैयामा १५ जीबी डेटा

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्य…

कक्षा ४ देखि १० कक्षा सम्मको पढाई अब डिसहोममै

डिसहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि ‘डिशहोम घरमै क्लास’ कार्यक्रम सु…

फेसबुकबाटै एनएमबी बैंकको खाता खोल्न सकिने

फेसबुकबाटै एनएमबी बैंकको खाता खोल्ने सकिने भएको छ । नेपालमै पहिलोपटक ५ मिनेटमै…

अब फेसबुकबाट गूगल फोटोजमा फोटो तथा भिडियो पठाउन सकिने

अब अमेरिका र क्यान्डाका फेसबुक प्रयोगकर्ताले फोटो तथा भिडियोलाई प्रतिलिपीका रुपमा …

एप्पल न्युजका मासिक प्रयोगकर्ता १२५ मिलियन

एप्पल न्यूजका मासिक सक्रिय प्रयोगकर्ता १२५ मिलियन पुगेका छन् । एप्पलका सिईओ टिम कुकल…

रिलायन्स जिओले पनि सार्वजनिक गर्‍यो भिडियो कन्फेरेन्सिङ एप 

कोरोना भाइरसले गर्दा विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग बढिरहेको बेला रिलायन्स जि…

अनलाइन कक्षा सञ्चालन नगर्न विद्यालयहरुलाई पोखरा महानगरपालिकाको निर्देशन

पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन नगर्न निर्दे…