अपडेट
असार २६ देखि १३ औं संस्करणको बृहत शैक्षिक मेला
नेपाल शैक्षिक परामर्श संघ ECAN ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका साथ आयोजना गर्ने भएको छ ।
नेपालको सवैभन्दा ठुलो शैक्षिक मेलाको आयोजकको रुपमा स्थापित भई सकेको नेपाल शैक्षिक परामर्श संघ ECAN ले काठमाडौंको भृकुटीमण्डपमा आगामी असार २६ – २९ गते, २०७६ बृहत शैक्षिक मेला २०७६ आयोजना गर्दैछ ।
यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
यस १३ औ ECAN शैक्षिक मेलामा एक लाख भन्दा वढि महानुभावहरुले अवलोकन गर्नु हुने अपेक्षा गरिएको छ । यस मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको छ ।
यस मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुनेछ ।
नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेको जनाइएको छ ।
ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस मेलामा चारैदिन रक्तदान कार्यक्रम आयोजना गरिने छ तथा प्राथमिक उपचार केन्द्र तथा डेन्टल क्याम्पको पनि ब्यवस्था गरिने छ । वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टयान्टस प्रा. लि.को व्यवस्थापनमा यो मेला सम्पन्न हुदैछ भने यस मेलाको प्रजेन्टरको रुपमा व्रिटिस काउन्सिल रहेको छ ।
बृहत शैक्षिक मेलामा वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहन सहन, हावा पानी, बातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपालि विद्यार्थीहरुका लागि चाहिने सवै विषयवस्तुहरुमा यथार्थ जानकारी लिन उचित थलो हुनेमा आयोजकले बिश्वास लिएको छ ।
यस पटकको मेलामा विगतमा भन्दा केहि नयाँ विशेषताहरु हुनेछन् । करिब ४०० सयको स्टल रहने प्रदर्शनी गृह पुर्णतया डस्टफ्रि जोन (धुलो मुक्त क्षेत्र) हुनेछ ।
प्रदर्शन क्षेत्रभरी फ्रि वाईफाई, लाइभ टक सो को व्यवस्था हुनेछ । मेलाको अवलोकनलाई लक्षित बनाएर आउने विद्यार्थीहरुको लागि मात्र उपत्यकाका मुख्य रुटहरुमा निःशुल्क वससेवाको व्यवस्था गरिने बताइएको छ ।
शैक्षिक परामर्शदाता, विदेशी शैक्षिक संस्था, पार्टनर बैंक, एयरलाइन्स, ट्राभल एण्ड टुरिज्म पार्टनर लगायतको पनि सहभागीता हुने यस बृहत शैक्षिक मेलाका अधिकांश स्टलहरु बुक भईसकेको जनाइएको छ । सबै सरोकारवाला महानुभावहरुलाई आफ्नो सहभागीतालाई चाँडै सुनिश्चित गर्नुहुन आयोजकले आग्रह गरेको छ ।
अपडेट
लोकसेवा आयोगले कम्प्युटर अधिकृतको विज्ञापनमा विभेद गरेकोमा एसआइसिटी नेपालको आपत्ति
काठमाडौं । लोकसेवा आयोगद्धारा स्थानीय तहको लागि प्रकाशित गरिएको विज्ञापनप्रति सूचना र सञ्चार प्रविधि समाज नेपाल (एसआइसिट…
रेनोको साथमा नयाँ बेन्चमार्क स्थापित गर्ने ओपोको लक्ष्य
काठमाडौं । नेपाली स्मार्टफोन बजारमा रहेको तिब्र प्रतिस्पर्धालाई दृष्टिगत गर्दै, सदैव नवप्रब…
रोल्याण्ड–गार्रोस टुर्नामेन्ट र जुनियर वाइल्ड कार्ड सिरिजमा ओपो
काठमाडौं । फ्रान्सको पेरिसमा आयोजित प्रतिस्पर्धाको आधा महिना पश्चात, २०१९ रोल्याण्ड गार्रोस…
३ दिने आइ.ओ.टि. प्रदर्शनी काठमाण्डौमा समापन
काठमाडौं। कम्प्यूटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्…
विराटनगरका युवा सार्क शिक्षा सम्मेलनमा सहभागी हुँदै
विराटनगर। सीआइएस एटुके द्वारा आयोजना गरिएको विकिमिडिया सार्क शिक्षा सम्मेलनमा विराटनगर…
असार २ गते देखि नेपालको पहिलो भु उपग्रहले पृथ्वीको परिक्रमा गर्ने
काठमाडौं। नेपाल स्याट-१ नाम दिइएको नेपालको आफ्नो पहिलो भू–उपग्रहले असार २ गते देखि पृ…
सफ्ट्वरिका कलेजले काठमाण्डौमा ३ दिने आइ.ओ.टि. प्रदर्शनी गर्दै
काठमाडौं। शब्द र भावनाहरु सँग जोडिएका प्रतिभाहरुलाई खोज्ने उद्धेश्यले “ओपन स्टेज” कार्यक्र…
दुरसञ्चार प्राधिकरणले प्रदेश ५ लाई बनाईदियाे कर्णाली प्रदेश
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश ५ को रोल्पामा रहेको गंगादेव गाउँपालिका ला…
वान प्लस ७ प्रो अब नेपालमा
परम्परागत प्रविधिलाई चुनौती दिदैँ वान प्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । क्यामेराको अनुभवलाई पुनः परिभाषित गदैँ, वान…
सफ्टवेरिका कलेजमा जेठ २८ देखि आइओटी एक्जिबिसन २०१९ हुने
काठमाडौं । डिल्लिबजारमा रहेको सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई-कमर्सको आयोजनामा काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने १२४ वटा स्थ…