कीवर्डहरू -

अपडेट

२०१७को अन्त्यसँगै विन्डोज फोन ८.० तथा ब्ल्याकबेरी ओएसमा व्हाट्स एप बन्द हुँदै

यहि २०१७ को अन्त्य देखि व्हाट्स एप कम्पनिले धेरै स्मार्टफोनहरुमा आफ्नो सपोर्ट बन्द गर्दैछ । कम्पनिले आफ्नो अफिसियल ब्लग पोस्टद्वारा विन्डोज फोन ८.०,ब्ल्याकबेरी १० तथा ब्ल्याकबेरी ओएसमा यहि डिसेम्बेरको ३१ बाट  व्हाट्स एप नचल्ने कुराको पुष्टि गरेको हो । यसको मतलब यी फोन प्रयोगकर्ताहरुले २०१७ पछि व्हाट्स एपको प्रयोग गर्न पाउने छैनन् ।

२०१६ मा नै पहिलो पटक व्हाट्स एपले यी मोबाइलहरुमा आफ्नो सपोर्ट बन्द गर्ने कुराको घोषणा गरेको थियो ।  त्यसपछि डेडलाइन  ३० जुन २०१७ सम्म रहेको जानकारी  आफ्नो ब्लग मार्फत दिएको थियो । तर फेरी यो मितीलाई पनि अद्यावधिक गरेर ३१ डीसेम्बेर २० \"\" १७ बनाइयो  ।

” यसको  निर्णय लिन हामीलाई  एकदमै कठिन भयो,तर प्रयोगकर्ताहरुलाई आफ्ना साथीभाइ तथा आफन्तहरुसँग कुराकानी गर्न अझ सहज होस् भन्ने उद्देश्यलेनै हामीले यो निर्णय लिएका हौ। यदि तपाई २०१७ पछि पनि व्हाट्स एप प्रयोग गरिरहन चाहनुहुन्छ भने यी पुराना फोन लाइ हटाएर नयाँ एन्ड्रोइड,आइफोन तथा विन्डोज फोनको प्रयोग गर्न सिफारिश गर्दछौ ।” व्हाट्स एपले आफ्नो अधिकारिक ब्लगमा लेखेको छ।

सपोर्ट बन्द गरिसकेसँगै ती प्लेटर्फममा ह्वाट्सएपले भविष्यमा कुनै सेक्युरिटी अपडेट तथा नयाँ फिचर्स दिनेछैन । त्यस्तै प्रयोगकर्ताले नयाँ अकाउन्ट  बनाउन पाउने छैनन् र चलाईरहेको अकाउन्टलाइ रि- भेरीफाई  पनि गर्न सक्नेछैनन् ।

नोकिया सिम्बियन एस ६०मा गत जुनमानै सपोर्ट बन्द गरेको व्हाट्स एपले एन्ड्रोइड २.३.७ भन्दा पुराना भर्जनहरुमा २०२०को फेब्रुवरी देखि सपोर्ट बन्द गर्नेछ  भने, ब्ल्याकबेरी ओएस, ब्ल्याकबेरी १० तथा विन्डोज फोन ८.० र सो भन्दा पुराना फोनहरुमा भने यहि डिसेम्बेर ३१ बाट आफ्नो  सपोर्ट बन्द गर्ने घोसणा गरेको छ ।

अपडेट

१७ अर्बमा बिक्रि भयो युटिएल

युनाइटेड टेलिकम (युटिएल )सँग रहेको सम्पूर्ण सेयर नेपालका ६ वटा ठुला ब्यबसायीक गुपले खरिद गरेका छन् । भारत सरकारको बहुमत सेयर भएको युनाइटेड टेलिकमले ने…

दूर सञ्चार क्षेत्रको नियामकहरुको सार्क स्तरीय बैठक काठमाडौंमा सुरु

दूर सञ्चार क्षेत्रको नियामकहरुको सार्क स्तरीय बैठक काठमाडौंमा सुरु भएको छ। एशिया प्यासिफिक टेलिकम्युनिटीको आयोजना र नेपाल दूर सञ्चार प्राधिकरणको सहआयोजना…

दैनिक जिवनमा उपयोगी टु डु एपहरु

स्मार्टफोन प्रयोगको सबैभन्दा उत्कृष्ट पक्ष त्यसमा आफू अनुकूल प्रयोग गर्न सकिने एपहरु हुन । परम्परागत फोनहरुमा विल्ट इन एप प्रयोग गर्नुपर्ने बाध्यता र…

स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?

ऋशभ न्यौपाने, काठमाडौँ ।

पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य…