कीवर्डहरू -

अपडेट

कियाले वारेन्टी सुविधा लिने अवधि थप्यो

कोरियाली अटो निर्माता कियाले कोभिड–१९ का कारण वारेन्टी सुविधा अन्तर्गत गाडी मर्मत गराउन नपाएका ग्राहकलाई लक्षित गरी किया प्रोमिस नामको योजना ल्याएको छ ।

यस योजना अन्तर्गत कम्पनीले सन् २०२० को फेब्रुअरीदेखि अप्रिलसम्ममा वारेन्टी अवधि सकिएका ग्राहकलाई वारेन्टी अन्तर्गत नै गाडी मर्मत गर्ने सुविधा दिन लागेको नेपालका लागि कियाको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिब इन्टरप्राइजेजले जानकारी दिएको छ ।

कोभिड–१९ रोग निम्त्याउने नोवेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु गरिएसँगै संसारका अधिकांश मुलुकका व्यावसायिक प्रतिष्ठानहरु बन्द छन् ।

लकडाउन र अत्यावश्यकबाहेकको आवागमनमा प्रतिबन्धका कारण कियाका सोरुम र सर्भिस सेन्टरहरु पनि बन्द छन् । सोरुमहरु खुला रहेको ठाउँमा पनि ग्राहकहरु सोरुमसम्म पुग्न नसक्दा वारेन्टी सुविधा अन्तर्गत गाडी मर्मत गराउनबाट वञ्चित छन् ।

तिनै ग्राहकलाई वारेन्टी सुविधा दिन कम्पनीले किया प्रोमिस कार्यक्रम सार्वजनिक गरेको हो । यसले ग्राहकलाई आगामी जुनसम्ममा वारेन्टी अन्तर्गत गाडी मर्मत गराउने सुविधा दिने कम्पनीले जनाएको छ ।

उल्लेखित अवधिमा किया सोरुम र सर्भिस सेन्टर पुग्न नपाएका अथवा सर्भिस सेन्टर बन्द भएका कारण सुविधा लिन नपाएका ग्राहकहरुमा मात्र यो अफर लागू हुने कम्पनीको भनाई छ । यस्ता ग्राहकले आगामी जुनभित्र किया डिलरमा गएर मर्मतका लागि आग्रह गरिसक्नुपर्ने कम्पनीले बताएको छ ।

अपडेट

डिजिटल शिक्षालाई अगाडि बढाउने तयारीमा सरकार, पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा बन्यो समिति

लकडाउनले गर्दा हजारौ विद्यार्थिहरु घरमै बस्न बाध्य छन् । यसैलाई ध्यानमा राख्दै सरकारल…

मर्कन्टाइल कम्युनिकेसनले तत्काललाई रोक्यो डट एनपी डोमेनको नयाँ दर्ता 

मर्कन्टाइल कम्युनिकेसनले डट एनपी डोमेनको नयाँ दर्ता तत्कालको लागि रोकेको छ । मर्कन्ट…

एन आइसी एशियाका ग्राहकले विभिन्न अनलाइनबाट खाद्यान्न खरिद गर्दा १० प्रतिशत छुट पाउने

एन आईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्य…

टेलिकमका प्रयोगकर्ताले ई-पास लिन मिल्ने वेबसाइट प्रयोग गर्दा डाटा शुल्क नलाग्ने

नेपाल टेलिकमले कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले नेपाल सरकारको ई–पास सम्बन्धी

\'जूम\'का ५ लाख बढी डाटा बिक्रिमा  

लोकप्रिय भिडियो कन्फेरेन्सिङ सफ्टवेयर जूमक…

कोरोनाको बिरामीलाई खाना पुर्‍याउन सक्ने रोबोटको सफल परीक्षण

रोबोटिक्स एशोसिएसन नेपालले खाना बोक्ने रोबोटको सफल परीक्षण गरेको छ ।

घरै बसेर बालबालिकाहरुलाई कसरी सिकाउने?

लकडाउन लम्बिएर आज हामी तेस्त्रो हफ्ता सम्म आइपुगेका छौँ। यस्तै रही राख्ने हो भनि अझ एक दुइ हफ्ता घरमै बस्नु पर्ने इस्तिथि आइपर्न सक्ने कुरा त ह…

अति आवश्यक सवारी साधनको पास अब अनलाइनबाटै, कसरी लिने ई-पास ?

सरकारले अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था गरेको छ । <…

एनसेलको नयाँ वर्षमा अफरः अन्तर्राष्ट्रिय कलमा छुट सहित डिजिटल सेवाहरु निःशूल्क 

नयाँ वर्षको अवसरमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ अफर ल्याएको छ । जस अ…

आविस्कार केन्द्रले विकास गर्‍यो एरोसोल बक्स,  बिरामीले फेरेको सास सिधै डाक्टरसम्म पुग्न नसक्ने

राष्ट्रिय आविस्कार केन्द्रले एरोसोल बक्सको विकास गरेको छ । एरोसोल बक्सबाट डाक्टरले बि…

आविस्कार केन्द्रले तयार गर्‍यो इमरजेन्सी भेन्टीलेटर

राष्ट्रिय आविस्कार केन्द्रले इमरजेन्सी भेन्टीलेटरको नमुना तयार गरेको छ । आविस्कार केन्…

कोरोना कोषमा दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको तर्फबाट ४ लाख ५६ हजार जम्मा

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारहरुको तर्फबाट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा…

स्मार्ट पालिकाले भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्‍यो कोभिड १९ व्यवस्थापन, क्वारेन्टाइन नियमन तथा ट्रयाकिङ प्रणाली

स्मार्ट पालिका, सेल एप तथा रक्षाद्वारा निर्मित कोभिड - १९ व्यवस्थापन, क्वारेन्टाइन निय…

सरकारलाई एनसेलले बुझायो बाँकी सबै पुँजीगत लाभकर

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई आइतबार १४ अर्ब ३३ करोड रुपैयाँ पूँ…