अपडेट
पुरुष फुटबलको फाइनल खेल आज, सही अनुमान लगाउनेलाई टेलिकमले ५ हजार दिने
१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलको फाइनल खेल आज हुदै छ । जसमा स्वर्ण पदकको लागि नेपाल र भुटानले प्रतिस्पर्धा गर्दै छन् ।
यो खेल दशरथ रंगशालामा हुने छ । यस खेलमा जसले जित्छ उसले स्वर्ण पदक पाउने छ । भने हार्नेले रजत पदक पाउने छ ।
नेपाल र भुटान बिच हुने फुटबल खेलको सहि अनुमान लगाउनेलाई नेपाल टेलिकमले ५ हजार रुपैयाँ बराबरको रिचार्ज उपलब्ध गराउने भएको छ ।
यसको लागी नेपाल टेलिकमको आधिकारिक फेसबुक पेज र इन्टाग्राममा कमेन्ट गर्नु पर्ने छ । तपाईले टेलिकमको आधिकारिक फेसबुक पेज लाइक र इन्टाग्राम पनि फलो गर्नुपर्ने छ ।
दिउँसो ३ बजे सम्म गरेको कमेन्ट मात्र मान्य हुने नेपाल टेलिकमले जनाएको छ ।
अपडेट
विज्ञान र प्रविधिलाई समृद्धि र विकासमा प्रयोग गर्नुपर्नेमा मन्त्रीकाे जाेड
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई समृद्धि र व…
जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर
अफर अन्र्तगत १७५०० रुपैयाँमा ४० एमबिपीएसका सम्पूर्ण वार्षिक ग्राहकहरुका लागि सिजी ब्राण्डको ब्लोअर हिटरका साथै एक वर्षको नेटटिभी सेवा …
टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न
नेपालका लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्…