अपडेट
डिजिटल भुक्तानीका लागि प्राईम बैंक र सेलपेबीच सहकार्य
काठमाडौं– प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरूमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको छ। सहकार्य सम्झौतामा बैंकका उपमहाप्रबन्धक भाइराजा तुलाधार र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।
यसअनुसार प्राइम कमर्सियल बैंकका ग्राहकले सेलपेमा आफ्नो खाता आबद्ध गर्नेबित्तिकै १ सय रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) पाउनेछन् भने सेलपेमार्फत् बिल भुक्तानी गर्दा आकर्षक लोयल्टी प्वाइन्ट पनि पाउने छन्।
सेलपे सेलकम प्रालिद्वारा सञ्चालित तथा नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक हो। यसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत् डिजिटल भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ। भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउन विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको सेलपेले जनाएको छ।
प्राइम बैंकका ग्राहकले सेलपेमा आबद्ध गरिसकिएका अन्य बैंकमा वा तिनबाट प्राईम बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत् रकम स्थानान्तरण गर्न सक्नेछन्। ग्राहकले सेलपे भुक्तानी सेवा रहेका स्थानमा सेलपेमार्फत् अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत् मोबाइलको टप–अप, बिजुली, खानेपानी, इन्टरनेट तथा केबलहरुको बिललगायत भुक्तानी गर्न सकिने जनाइएको छ
अपडेट
आखिर ट्विटरका सीईओलाई किन मन पर्दैन गुगल ?
विश्वमा सबैले मन पराएको सर्च इन्जिन हो गुगल । जुनस…
ओपोले सन् २०२० को अप्रिलमा स्मार्ट वाच, स्मार्ट वायरलेस हेडफोन र फाइभजी सीपीइ सार्वजनिक गर्ने
ओपोले सन् २०२० को पहिलो क्वाटर अप्रिलमा …
कुमारी बैंकको मोबाइल बैंकिङ्गमा नयाँ योजनाः १०० टपअप गर्दा १०० क्यास ब्याक
कुमारी बैंक लिमिटेडले नगद रहित कारोबार को अवधार…
वेडफोरसीयर यूनिभर्सिटीसँगको सहकार्यमा पिसीपिएसको दोश्रो दिक्षान्त समारोह सम्पन्न
१० डिसेम्बर २०१९ मा वेडफोरसीयरविश्वविद्यालयसँग सम्बद्घता लिएको PCPSकलेजले होटल सोल्टी क्राउन प्लाजामा आफनो दोश्रोे दि…
माइक्रोसफ्टले टुडु एप वन्डरलिष्ट बन्द गर्दै
माइक्रोसफ्टले टुडु लिस्ट एप वन्डरलिष्ट बन्द गर्ने भएको…