कीवर्डहरू -

अपडेट

गुगल जिमेलमा ल्यायो ‘म्यानेज सब्स्क्रिप्सन’ फिचर, अनावश्यक इमेलबाट छुटकारा पाउने सजिलो उपाय

गुगलले निःशुल्क खाता सँगै १५ जीबी स्टोरेज निःशुल्क दिन्छ । आजको डेटा युगमा यो १५ जीबी कहाँ सकिन्छ भन्ने थाहा नै हुँदैन् । यस्तो अवस्थामा मानिसहरूले गुगललाई पैसा तिरेर अतिरिक्त स्टोरेज प्लान किन्ने गर्दछन ्। ध्यान दिनुपर्ने कुरा के हो भने, गुगलले दिने यो १५ जीबी स्टोरेजको ठूलो हिस्सा तपाईंको इमेलहरूले नै प्रयोग गर्छन् । र यहाँ महत्वपूर्ण कुरा के छ भने, यो स्टोरेजको अधिकांश भाग यस्ता इमेलहरूले खपत गर्छन्, जुन तपाईंका लागि बिल्कुलै कामका हुँदैनन् ।

यिनै कुराहरूलाई ध्यानमा राख्दै, गुगलले तपाईंका लागि जिमेल एपमा एक धेरै उपयोगी फिचर ल्याएको छ । यसको मद्दतले तपाईं त्यस्ता इमेलहरूलाई एक क्लिकमा हटाउन सक्नुहुन्छ जुन यतिकै तपाईंको जिमेल स्टोरेज खपत गरिरहेका छन् । यसका साथै सम्भवतः तपाईं आफ्नो गुगल खाता स्टोरेजमा यति धेरै ठाउँ खाली गर्न सक्नुहुनेछ कि तपाईंलाई अतिरिक्त स्टोरेजका लागि पैसा तिर्नै नपर्ला ।

गुगलले आफ्नो जिमेल एपमा एक अत्यन्त उपयोगी फिचर ल्याएको छ । यस फिचरको सहयोगले तपाईं दैनिक हजारौं संख्यामा इनबक्स भरिरहने अनावश्यक इमेलहरूबाट छुटकारा पाउन सक्नुहुन्छ । प्रायः हामी कुनै वेबसाइट भ्रमण गर्दा वा त्यसको सेवा प्रयोग गर्दा, अनजानेमा हामी त्यसको न्यूजलेटर वा अपडेट इमेलहरूको लागि पनि साइनअप गर्छौं । केही वेबसाइटहरूले त जानाजान यस्तो सब्स्क्रिप्सन गराउँछन्।

यी इमेलहरूबाट छुटकारा दिलाउनकै लागि गुगलले जिमेल एपमा म्यानेज सब्स्क्रिप्सन नामको फिचर थपेको हो। यसको प्रयोग गरेर तपाईं सबै बेकामका इमेलहरू अनसब्स्क्राइब गर्न सक्नुहुन्छ र आफ्नो गुगल स्टोरेज अनावश्यक कुरामा खर्च हुनबाट जोगाउन सक्नुहुन्छ ।

यो फिचर प्रयोग गर्नका लागि सबैभन्दा पहिला आफ्नो जिमेल एप अपडेट गर्नुहोस् ।  त्यसपछि जिमेल एप खोल्दा माथिल्लो बायाँ कुनामा रहेको ह्यामबर्गर मेनु (≡) मा जानुहोस् । त्यसमा तल स्क्रोल गरेपछि तपाईंलाई म्यानेज सब्स्क्रिप्सन भन्ने विकल्प देखिनेछ । त्यसमा ट्याप गरेपछि तपाईंलाई ती सबै साइटहरूको सूची देखाइनेछ जहाँबाट तपाईंलाई दैनिकरूपमा इमेलहरू पठाइन्छन् । ती प्रत्येक नामको अगाडि अनसब्स्क्राइब गर्ने आइकन देखिनेछ । त्यसमा क्लिक गरेर तपाईं सजिलै यस्ता इमेलहरूबाट छुटकारा पाउन सक्नुहुन्छ । यसले तपाईंको गुगल स्टोरेजको ठूलो हिस्सा बचाउन मद्दत गर्नेछ ।

गुगलले यो फिचर बिस्तारै रोलआउट गरिरहेको छ ।  यदि तपाईंको मोबाइलमा यो फिचर अहिले आएको छैन भने, आफ्नो जिमेल वा गुगल एपलाई अपडेट गरिराख्नुहोस् र बेला बेलामा जाँच गरिरहनुहोस् ।

 

अपडेट

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट

जेठ २ गते अर्थात आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । अब नतिजा आउन करिब ३ महिना लाग्छ । 

एनसेल फ्ल्याश सेल्समा अब आकर्षक डेटा प्याकसँगै सामाजिक सञ्जालहरूमा निःशुल्क पहुँच

एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घ…

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज

अमेरिकी चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)ले आफ्नो सदस्य संस्था सिडरगेट नेपालमा मेम्बर लर्निङ सिरिज सम्पन्न गरेको छ । एमच्यामका सदस्य संस्थाका प्रतिनिधिलगायतको …

जुनसुकै आईपी एड्रेसबाट सञ्चालन हुन्छ वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली, डेटा सुरक्षामा प्रश्न

वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कार्यालयका कर्मचारीहरूले जुनसुकै आईपी एड्रेसबा…

एलन मस्कको ‘अप्टिमस’ रोबोटले मानवजस्तै नाचेर मच्चायो तहल्का, भिडियोले सबै चकित

एलन मस्क र उनका कम्पनीहरूका कामहरू सधैं चर्चामा रहने गर्छन् । सबैलाई थाहा भएकै कुरा हो कि मस्कको एक कम्पनीले ‘ह्युमनोइड&r…

टेरामक्स प्रकरणमा पूर्वमन्त्रीसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ३ अर्ब २१ करोड बिगो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा अनियमितता भएको आरोपसहित १६ जना र २ कम्पनी गरी १८ विरुद्ध विशेष अदालतमा म…

डिपफेकमार्फत जर्ज क्लूनी र ब्राड पिटको नक्कली अवतार बनाएर करोडौँ ठगी

अनलाइन ठगीका घटना कति खतरनाक बन्दै गइरहेका छन् भन्ने कुरा हालैको एक घटनाबाट बुझ्न सकिन्छ । अर्जेन्टिनाकी एक महिलासँग एक अचम्मको…

१० औं वार्षिकोत्सव मनाउँदै टेक्नोरियो

आईटी कम्पनी टेक्नोरियो १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । एक दशकअघि देशमै केही गर्ने हुटहुटीसहित टेक्नोरियोको स्…

ड्राइभिङ लाइसेन्स: २५ लाख ७१ हजार स्मार्ट कार्ड माग, ८ लाख मात्रै मौज्दातमा

महालेखा परीक्षकको कार्यालयले स्मार्ट सवारीचालक अनुमतिपत्र २५ लाख ७१ हजार माग भएकोमा ८ लाख कार्ड मात्रै मौज्दातमा रहेको बताएको छ…

महालेखाले भन्यो: सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था प्रभावकारी भएन

महालेखा परीक्षकको कार्यालयले सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने व्यवस्था प्रभावकारी नभएको बताएको छ ।&…

विद्युतीय रेलमार्ग: १६ वर्षमा ६५ किलोमिटरमा ट्रयाकबेड र १६ पुल निर्माण, ३३ अर्ब खर्च

१६ वर्षमा पूर्व पश्चिम विद्युतीय रेलमार्गको ६५ किलोमिटरमा ट्रयाकबेड तथा १६ पुल निर्माण भएको छ । 

कस्तो छ सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो र पावरफुल स्मार्टफोन ?

सामसङले आफ्नो अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टफोन ग्यालेक्सी एस२५ एज सार्वजनिक गरेको छ । कम्पनीको दावी अनुसार यो फोन अत्यन्तै स्ल…

ब्लुटुथ ६.१ स्ट्यान्डर्ड सार्वजनिक: प्रयोगकर्ता गोपनीयता र ब्याट्री लाइफमा उल्लेखनीय सुधार

ब्लुटुथ स्पेशल इन्टरेस्ट ग्रुप (एसआईजी) ले हालै ब्लुटुथ ६.१ स्ट्यान्डर्डको घोषणा गरेको छ । यो वायरलेस कनेक्टिविटी प्रोटोकल समर्थन गर्…

कियाले ल्यायो ह्वीलचेयरसहितको विद्युतीय भ्यान

कियाले ह्वीलचेयर भएको आफ्नो पहिलो विद्युतीय भ्यान सार्वजनिक गरेको छ । PV5 WAV नामको यो भ्यानमा साइड-एन्ट्री प्रणाली छ, जसले गर्दा…

टिकटकले ‘एआई अलाइभ’ फिचर, फोटोलाई भिडियोमा रूपान्तरण गर्न सकिने

टिकटकले ‘एआई अलाइभ’ नामक नयाँ एआई फिचर सार्वजनिक गरेको छ । यस फिचरबाट टिकटक स्टोरिजमा नै स्थिर तस्वीरलाई चलायमा…