कीवर्डहरू -

अपडेट

पेगासस प्रकरण : मेटाले एनएसओ ग्रुपविरुद्ध जित्यो १६७ मिलियन डलरको ऐतिहासिक मुद्दा

मेटाले पेगासस स्पाइवेयर बनाउने कम्पनी एनएसओ ग्रुपविरुद्ध १६७ मिलियन डलरको मुद्दा जितेको छ । मेटाले एक ब्लग पोस्टमार्फत यसबारे जानकारी दिँदै भनेको छ कि ह्वाट्सएपसम्बन्धी यो फैसलाले प्राइभेसी र सुरक्षाको पक्षमा ठूलो कदम अगाडि बढाएको छ, किनकि यो अवैध स्पाइवेयरको विकास र प्रयोगविरुद्धको पहिलो ठूलो सफलता हो । अर्थात्, पेगासस बनाउने कम्पनीले अब मेटालाई १६७ मिलियन डलर तिर्नुपर्नेछ ।

वास्तवमा, सन् २०१९ मा मेटाले एनएसओ ग्रुपविरुद्ध मुद्दा दायर गरेको थियो, जसमा भनिएको थियो कि कम्पनीले पेगासस स्पाइवेयरको प्रयोग गरेर १,४०० वटा ह्वाट्सएप प्रयोगकर्ताका अकाउन्ट ह्याक गरेको छ । फोन कलमार्फत स्मार्टफोनमा स्पाइवेयर इन्फेक्ट गरिएको थियो । प्रयोगकर्ताले यो फोन कल उठाए वा नउठाए, त्यसले फरक पार्दैन् ।

एकपटक फोन इन्फेक्ट भएपछि पेगासस स्पाइवेयरले प्रयोगकर्ताका क्यामेरा र माइक्रोफोनलाई टाढाबाट नियन्त्रणमा लिएको थियो । इन्फेक्टेड फोनबाट कल रेकर्ड, म्यासेज, इमेल तथा प्रयोगकर्ताको लोकेशनसमेत ट्र्याक गरिएको थियो ।

त्यसपछि डिसेम्बर २०२४ मा अमेरिकी अदालतले एनएसओ ग्रुपलाई यो ह्वाट्सएप ह्याकको लागि जिम्मेवार ठहर ग¥यो । मेटाले यो पनि बताएको छ कि एनएसओको पेगाससले मोबाइलमा इन्स्टल गरिएका कुनै पनि एपबाट डाटा चोर्न सक्छ । यसमा वित्तीय विवरणदेखि लोकेशन डाटा, इमेल र टेक्स्ट म्यासेजसम्म सबै कुरा पर्छ ।

यस अट्याकमा विशेषगरी पत्रकारहरू, मानवअधिकारकर्मीहरू र कूटनीतिज्ञहरूलाई निशाना बनाइएको थियो र यो हमला ५० भन्दा बढी देशका प्रयोगकर्ताहरूमा प्रभाव परेको थियो ।
 

अपडेट

डिजिटल प्रविधिमा आधारितरहि सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयअन्तर्गतका डिजिटल प्रविधिलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेव…

स्मार्ट च्वाईस टेक्नोलोजिज र लुम्बिनी विकास बैंक बिच स्मार्ट पे र स्मार्ट क्युआरका लागि सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकको &…

अब इसेवा, खल्ती र कनेक्ट आईपीएसबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने

अब इसेवा, खल्ती र कनेक्ट आईपीएसबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने भएको छ ।

स्वास्थ्य बीमा…

ईसेवा मनि ट्रान्सफरको मेरो डिजिटल देश अभियान अन्तर्गत अन्जुलालाई घर हस्तान्तरण

“मेरो डिजिटल देश” अभियान अन्तर्गत, ईसेवा मनि ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ ।…

ह्वावेजस्तै नियति दोहोरिने डर: अमेरिकी नियन्त्रणबाट बच्न चिनियाँ कम्पनीहरूको गुगलरहित एन्ड्रोइड प्रयास

केही वर्षअघि अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावे माथि कडाइ गरेको थियो।  ट्रम्प सरकारको पहिलो कार्यकालमा हुवावेलाई का…

कफीको रहरले जन्मिएको वेबक्याम: यस्तो छ सुरूवातीको रोचक कहानी

के तपाईंले कहिल्यै गुगलको “गुगली" खेल्नुभएको छ ? यो विभिन्न विषयहरूबारे रोचक कुरा थाहा पाउने रमाइलो तरिका …

विनोद चौधरी र बिल गेट्सबीच भेटघाट

नेपालका एक मात्र डलर अर्बपति तथा सांसद विनोद चौधरी र माइक्रोसफ्टका संस्थापक बिल गेट्सबीच भेटघाट भएको छ । 

‘३४० वटा स्टार्टअप कर्जा माछा, दुध, बाख्रामा दिइएको रहेछ, प्रचार अर्को गूगल जन्मन लागेको जसरी गरियो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले नेपालमा अर्को गूगल, मेटा, च्याटजीपीटी जन्मन लागेको जस्तो…

‘आजको दिनमा एआईमै ७ अर्ब लगानी चाहिएको छ, यहाँ सञ्चार मन्त्रालयको बजेट नै ७ अर्ब छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले आजको दिनमा एआईमै ७ अर्ब लगानी चाहिएको बताएका छन् ।&nbs…

कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप सदाका लागि बन्द

कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप बन्द भएको छ । दुई दशक चलिरहेको अग्रणी अनलाइन भिडियो कल सेवा स्काइप मे ५ द…

नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने

गूगलको रिसर्च टुल नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने भएको छ । नोटबुकएलएम आगामी मे २० मा आधिकारिक मोबाइल एपको रूपमा…

ज्योति विकास बैंक र एनसीएचएलबीच नेपालपे कार्डका लागि सम्झौता

ज्योति विकास बैंक र एनसीएचएलबीच नेशनल पेमेन्ट स्वीच (एनपीएस) - नेशनल कार्ड स्वीच (एनसीएस) को डोमेस्टिक कार्ड स्क…

केई एक्स्चेन्ज कार्निभल आयोजना गर्दै लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्स

नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘केई एक्स्चेन्ज कार्निभल २०८२’ आयोजना…

ट्रम्पले दिए संकेत: टिकटक ब्यानको म्याद फेरि ७५ दिन लम्बिन सक्ने

अमेरिकामा टिकटकको समय लम्बिन सक्ने भएको छ । ट्रम्पले भनेका छन् कि यदि बाइटडान्सले १९ जुनभित्र अमेरिकामा रहेको टिकटकको व्यापार ब…

दराजको बेस्ट डिल अभियान, निःशुल्क होम डेलिभरीसहित ७५ प्रतिशतसम्म छुट

नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशतसम्मको छुट,…