कीवर्डहरू -

अपडेट

रेनबो रोबोटिक्सको सबैभन्दा ठूलो सेयरधनी बन्यो सामसङ, थप २४ अर्ब लगानी

सामसङ इलेक्ट्रोनिक्सले मंगलबार दक्षिण कोरियास्थित रोबोटिक्स कम्पनी रेनबो रोबोटिक्सको सबैभन्दा ठूलो सेयरधनी बनेको घोषणा गरेको छ । कम्पनीले आफ्नो सेयर १४.७ प्रतिशतबाट ३५ प्रतिशत पुर्‍याउँदै २६७ अर्ब कोरियन वान (२४ अर्ब ८५ करोड बढी रूपैयाँ) मा हिस्सेदारी खरिद गरेको हो ।

इलेक्ट्रोनिक्स दिग्गज सामसङले सन् २०२३ मा १४.७ प्रतिशत हिस्सेदारीको लागि ८६.८ अर्ब कोरियन वान तिरेको थियो । यो नयाँ हिस्सेदारी खरिदले सामसङलाई आफ्नो रोबोटिक्स विभागलाई मजबुत बनाउन र ह्युम्यानोइड रोबोटहरूको विकासलाई तीव्र गर्न मद्दत गर्नेछ । 

अब रेनबो रोबोटिक्सलाई सामसङको सहायक कम्पनीको रूपमा समायोजन गरिनेछ र यो सम्झौता २०२५ को फेब्रुअरीमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

सामसङले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई प्रत्यक्ष रिपोर्ट गर्ने फ्युचर रोबोटिक्स अफिस स्थापना गर्ने योजना पनि बनाएको छ । यस सम्झौताले सामसङको पहुँचको प्रयोग गरी रेनबो रोबोटिक्सलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न पनि सहयोग पुर्‍याउनेछ ।

रेनबो रोबोटिक्स सन् २०११ मा कोरिया एडभान्स्ड इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजी (KAIST) केन्द्रका अनुसन्धानकर्ताहरूले स्थापना गरेका थिए। यसले म्यानुफ्याक्चरिङ र ढुवानी क्षेत्रमा प्रयोगका लागि डुअल-आर्म मोबाइल म्यान्युपुलेटर र स्वचालित मोबाइल रोबोटहरू विकास गरेको छ । रेनबोमा हाल ८६ कर्मचारी कार्यरत छन्।

रेनबोका संस्थापक सदस्य डा. जुन-हो ओह, जो यस सम्झौताको अघि कम्पनीका सबैभन्दा ठूलो सेयरधनी थिए र KAIST का मानार्थ प्राध्यापक पनि हुन् । अब नयाँ फ्युचर रोबोटिक्स अफिस नेतृत्व गर्न सामसङमा रहनेछन् र सल्लाहकारको रूपमा भूमिका निर्वाह गर्नेछन् ।

सामसङ यो दौडमा सामेल भएको पछिल्लो कम्पनी हो, जसले स्वायत्त रूपमा काम गर्न सक्षम ह्युम्यानोइड रोबोटहरूको विकास गर्ने योजना बनाएको छ । माइक्रोसफ्ट र ओपनएआईले आफ्नो प्रविधि प्रयोग गरेर ह्युम्यानोइड रोबोट विकास गर्ने योजना बनाइरहेका छन्, भने टेस्लाले यसै वर्ष आफ्नो रोबोट अप्टिमस सार्वजनिक गरिसकेको छ। एनभिडियाले पनि जेटसन थोर नामक ह्युम्यानोइड रोबोटहरूको लागि नयाँ कम्प्याक्ट कम्प्युटरहरूको लाइन अर्को वर्ष सार्वजनिक गर्ने योजना बनाएको छ।

सन् २०२२ मा सामसङले रोबोटिक्स, एआई, ५जी, र अटोमोटिभ इलेक्ट्रोनिक्सलाई भविष्यका प्रमुख पहलको रूपमा चिनाएको थियो । यसले यी क्षेत्रहरूमा सम्भावित अधिग्रहणहरू आउनसक्ने संकेत पनि गरेको छ।
 

अपडेट

क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति, को को आए पदाधिकारीमा ?

कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पुस १३ गते शनिबार सम्पन्न महासंघको १५औ…

सेवानिवृत्त प्राध्यापकलाई ‘डिजिटल गिरफ्तार’ गरी भारतमा लाखौं ठगी गर्दै साइबर अपराधि

भारतको नवादा जिल्लामा साइबर ठगहरूले एक सेवानिवृत्त प्राध्यापकलाई डिजिटल गिरफ्तार गर्दै १४.३३ लाख भारतीय रुपैयाँ (२२.९५ लाख ने…

जनमत पार्टीका पदाधिकारीले हरेक दिन सामाजिक सञ्जालमा पार्टी सम्बन्धि सकारात्मक पोस्ट गर्नुपर्ने

जनमत पार्टीले पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई हरेक दिन एक पोस्ट पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जाल (फेसब…

नमस्ते पेमार्फत प्रत्येक उडान टिकट खरिदमा १५० रूपैयाँ क्यासब्याक

आउँदै गरेको नयाँ वर्ष २०२५ लाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकट खरिदमा आफ्ना प्रयोगकर्ताहरूका लागि आकर्षक क्यासब्याकको नयाँ …

प्ले समथिङ बटन परीक्षण गर्दै युट्युब, भ्रामक टाइटल र थम्बनेलविरुद्ध कडा कदम चाल्ने तयारी

युट्युब विश्वभरको एक उत्कृष्ट भिडियो स्ट्रिमिङ प्लेटफर्म हो । तर, कहिलेकाहीं तपाईंलाई सही भिडियो खोज्न समस्या हुन सक्छ । यस्तै समस्य…

वर्ष २०२४: चमत्कारिक आविष्कारदेखि ऐतिहासिक शटडाउनसम्म

सन् २०२४ मा प्रविधिले नयाँ उचाइ हासिल गर्‍यो । यस वर्ष धेरै यस्ता आविष्कारहरू भए, जुन कल्पनाभन्दा बाहिर छन् ।

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका गरेका कार्यहरु

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरेको छ । 

टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को शपथअघि टिकटकलाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्…

सन् २०२५ मा गूगलको सबैभन्दा ठूलो फोकस एआई मोडल जेमिनाईमा हुने सीईओ पिचाईको भनाइ

गुगलका सीईओ सुन्दर पिचाईले सन् २०२५ मा कम्पनीको ‘सबैभन्दा ठूलो फोकस’ एआई मोडल जेमिनाईमा हुने बताएका छन् ।

ब्लूस्काईमा अब ट्रेन्डिङ टपिक्स देखिने

ब्लूस्काईले आफ्नो प्लेटफर्ममा नयाँ सुविधाको रूपमा ट्रेन्डिङ टपिक्स सुविधाको बेटा संस्करण सुरु गरेको छ । यो नयाँ सुविधा प्रयोगकर्ता…

साओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

साओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षा सम्बन्धी भिडियोमार्फत सचेतना अभियान सञ्चालन गरेको छ । यस अभियानले फेरि पन…

डिजिटल सीप विकासमा जोड दिदै सामसङ नेपाल, ३० जना विद्यार्थीलाई एआई प्रमाणपत्र वितरण

आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पसमार्फत सामसङ नेपालले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्य…

लेनोभोको योगा स्लिम ७ आई औरा एडिसन ल्यापटप नेपालमा

लेनोभोले नेपालमा योगा स्लिम ७ आई औरा एडिसन सार्वजनिक गरेको छ । नागमणी इन्टरनेशनलसँगको सहकार्यमा सार्वजनिक गरिएको यो प्रि…

ब्लकचेन क्षेत्रमा जनशक्ति तयार गर्दै क्लक बी बिजेनस टेक्नोलोजी, ट्रेनिसीपमा २० जना छनौट

क्लक बी बिजनेस टेक्नोलोजीले ब्लकचेन क्षेत्रमा जनशक्ति तयार गर्ने उद्देश्यसहित ब्लकचेन ट्रेनिसिप प्रोग्राम सुरू गरेको छ । युवाहरूलाई …

अनलाइन अन्तरङ्ग सम्बन्धबाट जन्मिने हिंसाको जोखिममा किशोरकिशोरी र युवाहरु

अनलाइनमा बालबालिका र युवालाई सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले ‘रोमान्सदेखि जोखिमसम्म : किशोर किशोरी र युवा व्…