कीवर्डहरू -

अपडेट

हाम्रो पात्रोले प्राप्त गर्‍यो अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स, पहिलो ५ हजार प्रयोगकर्तालाई विशेष अफर

नेपालको लोकप्रिय डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा प्रदान गर्न आवश्यक पर्ने AUSTRAC अन्तर्गतको आधिकारिक लाइसेन्स प्राप्त गरेको छ। यससँगै, अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने प्रक्रिया अझ छिटो, सुरक्षित, पारदर्शी र किफायती बन्न पुगेको छ।

हाम्रो पात्रो रेमिट मार्फत अब अस्ट्रेलियाबाट पठाइएको रकम सिधै नेपालका बैंक खातामा तत्काल पुर्‍याउन सकिन्छ। यसरी पैसा पठाउँदा हाम्रो पात्रो रेमिटले उच्च विनिमय दरमा नै ट्रान्सफर सम्भव बनाउने भएको छ ।

अस्ट्रेलियामा दिनप्रतिदिन बढ्दै गएको नेपाली समुदायलाई लक्षित गर्दै, हाम्रो पात्रोले रेमिट्यान्स सेवा विस्तार गर्दै प्रवासी नेपालीहरूलाई वित्तीय रूपमा आफ्ना परिवारसँग अझ सहज तरिकाले जोड्ने महत्त्वपूर्ण कदम चालेको हो।

अस्ट्रेलियामा रेमिट्यान्स सेवा सुरु गरेको यो शुभ अवसरमा, हाम्रो पात्रोले सीमित अवधिको लागि विशेष अफर ल्याएको छ। यस अफर अन्तर्गत, अष्ट्रेलियाबाट रेमिट्यान्स पठाउने शुरुवाती ५,००० प्रयोगकर्ताहरूले अष्ट्रेलियन डलर १०० सम्मको रकम नेपाल पठाउँदा १ अष्ट्रेलियन डलर बराबर १०० रूपैयाँको विशेष विनिमय दर प्राप्त गर्न सक्नेछन्।

यो दर हालसम्मको अस्ट्रेलिया - नेपाल रेमिट्यान्सको सन्दर्भमा एकदमै लाभदायक दर मानिन्छ, जसले नेपाली प्रवासीहरूलाई थोरै शुल्कमा धेरै मूल्यको सेवा दिन सहयोग पुर्‍याउँछ।

हाम्रो पात्रोको फिनटेक निर्देशक सुदिना गौतमको अनुसार “हाम्रो पात्रोको मुख्य उद्देश्य सधैं विदेशमा रहेका नेपालीहरूलाई आफ्ना परिवार, साथीभाइ र समुदायसँग जोड्ने माध्यम बन्नु हो,अस्ट्रेलियाबाट प्राप्त रेमिट्यान्स लाइसेन्ससँगै अब हामी त्यहाँ बस्ने नेपाली समुदायलाई अझ विश्वासिलो, छिटो र पारदर्शी सेवा दिन सक्षम भएका छौं। यो सेवा विशेष गरी लुकेका शुल्क बिना, उच्च विनिमय दरमा, सुरक्षित माध्यमबाट रकम नेपालमा पठाउने सुनिश्चितता दिन्छ।”

हाम्रो पात्रो रेमिटबाट एकपटक KYC भेरिभाईड भएर आफ्नो बैंकको विवरणहरू भरेपछि केही क्लिक मै पैसा पठाउन सकिन्छ। यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूले हाम्रो पात्रो एप या remit.hamropatro.com/aus मा पनि जान सक्नुहुनेछ । अस्ट्रेलियामा रेमिट सेवाको विस्तारसँगै, हाम्रो पात्रोले विश्वभर रहेका नेपालीहरूलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता फेरि पुष्टि गरेको छ।

अपडेट

‘Girls in ICT Nepal’ expands young women’s access to emerging technologies; three‑day training completed in Surkhet and Itahari

Under the collaboration of the Nepal Telecommunications Authority and the International Telecommunication Union (ITU), …

नेपालका लागि एआई विलासिता होइन,  समानता, रूपान्तरण र न्यायको साधन हो: सञ्चारमन्त्री

चीनको सांघाईमा भइरहेको वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीस…

अब वाईफाईलेनै तपाई कोठा भित्र के गर्दैहुनुहुन्छ भनेर जानकारी दिन सक्ने

कल्पना गरौँ यदि तपाईंलाई थाहा भयो कि वाईफाईको माध्यमबाट तपाईं कोठामा के गर्दै हुनुहुन्छ सबै थाहा हुने गर्दछ । यो कुनै हलिवुड…

रिप्लिट एआई एजेन्टको असफलता : कम्पनीको सबै डेटा मेटायो, सीईओले मागे माफी

आर्टिफिशियल इन्टेलिजेन्स (एआई) आजकल हरेक ठाउँमा प्रयोग हुँदैछ। एआई एजेन्टहरू त झनै अगाडि छन्। एआईले काम जति सजिलो बनाइरहेको छ…

च्याटजीपीटीको प्रभाव: जोखिममा गुगलको एकाधिकार, १० वर्षमा पहिलोपटक सर्च सेयर ९० प्रतिशत भन्दा तल

गुगल पहिलो पटक गम्भीर चुनौती प्राप्त भएको छ। थर्ड ब्रिजका एनालिस्ट स्कट केसलरका अनुसार, गुगलको ग्लोबल सर्च मार्केट सेयर १० वर्षमा …

युवतीहरूका लागि इटहरीमा इमर्जिङ प्रविधि सम्बन्धि तीनदिने कार्यक्रम जारी

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा आइतबार देखि इटहरी–२ स्थित रोयल रिसो…

युवतीहरूका लागि सुर्खेतमा इमर्जिङ प्रविधि सम्बन्धि तीनदिने कार्यक्रम जारी

नेपाल दूरसञ्चार प्राधिकरण र अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयु) को सहकार्यमा आयोजना भएको इमर्जिङ प्रविधि सम्बन्धि तीनदिने कार्…

एनसेलले ल्यायो विद्यार्थी विशिष्ट ‘सधैँ अन रिन्युअल’ प्लान: रु.३९९ मा अनलिमिटेड डेटा, कल र मनोरञ्जन

एनसेलले विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको ‘सधैँ अन रिन्युअल’ प्लानहरू सञ्चालनमा ल्याएको छ । २०८१ को …

एआईको अप्रिय प्रभाव: किशोरहरूको ‘डिजिटल मनोचिकित्सक’ बन्दै प्रविधि, सोच्ने क्षमता घट्दै

हालका वर्षहरूमा विद्यालयहरूमा नक्कल (प्लेजरिज्म) सम्बन्धी छलफल एआईप्रति केन्द्रित थियो, तर अब यो किशोरकिशोरीहरूको जीवनमा अझै गहिरो रूपमा प्रवेश गरिसकेको छ। ए…

फिलिपिन्समा प्रकोप आउनुअघि नै डिजिटल राहत उपलब्ध गराउने नयाँ मोडेलको परीक्षण गर्दै अलोई

डिजिटल वित्तीय सेवा प्रदायक संस्था अलोई र जलवायु प्रविधिमा काम गर्ने फिलिपिन्सको कोमुनिड्याडबीच नयाँ सहकार्य सुरु भएको छ । यो स…

डिशहोमको ‘खुशीको बोनस – ३६५ दिन नै बोनस!’ योजना सार्वजनिक: हरेक हप्ता लक्की ड्रमार्फत १४ विजेतालाई वार्षिक इन्टरनेट निःशुल्क प्रदान

डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक आकर्षक योजना ‘खुशीको बोनस – ३६५ दिन नै बोनस!’ सार्वजनिक गरेको छ। 

यो विशेष…

डिजिटल भुक्तानीमार्फत ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्तालाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

 ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् ।

ईसेवा मनि ट्रान्सफर र यहेई रेमिटबीच सम्झौताः जापानबाट मोबाइलमार्फत सजिलै रेमिट्यान्स पठाउने सुविधा

रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफर र जापानस्थित यहेई रेमिटबिच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । 

बाढी र पहिरो पीडितहरूलाई इनड्राइभले बनाइदिएका घरहरू हस्तान्तरण

इनड्राइभले बाढी र पहिरोबाट विस्थापित परिवारहरूका लागि तयार पारिएका दिगो प्रकृतिका नयाँ घरहरूको साँचो आधिकारिक रूपमा हस्तान्त…

दैनिक २.५ अर्ब प्रम्प्ट्ससहित च्याटजीपीटी तीव्र गतिमा लोकप्रिय: गुगल सर्चलाई चुनौती र नयाँ “च्याटजीपीटी एजेन्ट” फीचर

माइक्रोसफ्ट समर्थित एआई स्टार्टअप ओपनएआईको च्याटजीपीटी विश्वभरि अत्यन्त तीव्र गतिमा लोकप्रिय हुँदै गएको छ। एक नयाँ रिपोर्टअनुसार, च्याटजीपीटीले हरेक दिन विश्वभर…