अपडेट
ओपनएआईका सीईओ स्याम अल्टम्यानको चेतावनी: एआई भ्वाइस क्लोनिङले बैंकिङ् क्षेत्रमा “गम्भीर ठगी सङ्कट” निम्त्याउने
ओपनएआईका सीईओ स्याम अल्टम्यानले बैंकिङ् र वित्तीय क्षेत्रमा चेतावनी दिएका छन् कि एआई उपकरणहरूको मद्दतले मान्छेको आवाज नक्कल गरेर सुरक्षा जाँच पार गर्न र पैसा ट्रान्सफर गर्न अत्यन्त सजिलो भइसकेको छ, जसले एक “गम्भीर ठगी सङ्कट” निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
अल्टमनले यो कुरा मङ्गलबार वाशिंगटनमा आयोजना गरिएको फेडरल रिजर्भ सम्मेलनमा बताए। उनले भने, “एउटा कुरा जसले मलाई डराउँछ, त्यो हो केही वित्तीय संस्थाहरू अझै भ्वाइसप्रिन्टलाई प्रमाणीकरणको रूपमा स्वीकार गरिरहेका छन्। यो पूर्णरूपमा पागलपन हो, किनकि एआईले यसलाई पूर्ण रूपमा पराजित गरिसकेको छ।”
व्वाइसप्रिन्टिङ् लाई दशकअघिको एउटा सुरक्षित पहिचान माध्यमका रूपमा अपनाइएको थियो, जहाँ ग्राहकले फोनमा एउटा निश्चित वाक्य बोलेर आफ्नो पहिचान प्रमाणित गर्नुपर्थ्यो। तर, अल्टमनका अनुसार एआईले सिर्जना गरेको आवाजको नक्कल र आगामी समयमा भिडियो क्लोनिङ् यति वास्तविक भइसकेका छन् कि तिनीहरूलाई वास्तविक आवाजसँग छुट्याउन गाह्रो भएको छ।
उनी थप्छन्, “अब हामीलाई पहिचान पुष्टि गर्न नयाँ तरिकाको आवश्यकता हुनेछ।” यसमा प्रतिक्रिया दिंदै फेडरल रिजर्भकी उपाध्यक्ष र प्रमुख वित्तीय निरीक्षक मिशेल बोमनले भने, “यो त्यस्तो विषय हो जुन हामी साझेदारीमा विचार गर्न सक्छौं।”
यो चेतावनी त्यस्तो बेला आएको हो जब विश्वभरका बैंकहरू डिजिटल सुरक्षा बारे पहिलेदेखि नै सतर्क छन्, तर एआई प्रविधिको तीव्र रूपमा वृद्धि भएको क्षमताले नयाँ चिन्ता खडा गरेको छ।
अपडेट
गुगल प्ले स्टोरमा भोजमाण्डु एप १ लाखभन्दा बढी डाउनलोड
नेपाली फूड डेलिभरी स्टार्टअप भोजमाण्डूले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पुरा गरेको छ। यस उपलब्धिसँगै, कम्पनीले आफूलाई नेपाली बजारमा तेस्रो ठूलो फ…
इटहरीमा युवतीहरूका लागि उदयीमान प्रविधिमा तीनदिने सीप विकास तालिम हुँदै, यसरी हुनुहोस् सहभागी
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयु) र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा महिला सशक्तिकरण र डिजिटल समावेशीकरणको उद्देश्यले…
सुर्खेतमा युवतीहरूका लागि उदयीमान प्रविधिमा तीनदिने सीप विकास तालिम हुँदै, यसरी हुनुहोस् सहभागी
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयु) र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा महिला सशक्तिकरण र डिजिटल समावेशीकरणको उद्देश्यले…
मनसुनका बेला विद्युत र सञ्चार सेवाको समस्या सम्बोधन गर्न आग्रह
मनसुन प्रतिकार्य कमाण्ड पोस्टले मनसुनका बेला विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरण…
नेपाली बजारमा इन्फिनिक्सको नयाँ स्मार्टफोन हट ६० आई सार्वजनिक
इन्फिनिक्स नेपालले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन हट ६० आई सार्वजनिक गरेको छ । हट ६० आईमा रहेको ४५ वाट फास्ट चार्जिङ …
‘लेजीहग’: नयाँ एआई-पावर्ड मालवेयरले विन्डोज कम्प्युटरमा खतरनाक हमला
दुनियाँभरमा विन्डोज कम्प्युटरहरूलाई इन्फेक्ट गर्ने नयाँ खतरनाक मालवेयर ‘लेज़ीहग’ देखा परेको छ, जसले एआई च्याटबोटहरू…
गुगलको नयाँ इनएक्टिभिटी पोलिसी: २ वर्ष निष्क्रियता पश्चात् जीमेल अकाउन्ट डिलिट
जिमेल, गुगलको लोकप्रिय इमेल सेवा हो जुन विश्वभर अर्बौं मानिसले प्रयोग गर्छन्। तर धेरै युजरले सोच्छन् कि यदि उनीहरूले लामो समयसम्…
एक्सएआईले ल्याउँदैछ ‘बेबी ग्रोक’, बच्चामैत्री एआई एप
केही समयदेखि एलन मस्कको एआई च्याटबट ग्रोक निकै चर्चामा छ। एक्समा मानिसहरू ट्वीट गरेर यसलाई निडर भएर प्रश्न सोधिरहेका छन् र यसले …
एआई र रोबोटिक्सले २०४५ सम्म मानव रोजगारी समाप्त गर्ने जोखिम छ: एडम डोरको चेतावनी
रिथिंकएक्सका अनुसन्धान निर्देशक एडम डोरले सन् २०४५ सम्ममा एआई र रोबोटिक्सले अधिकांश मानवद्वारा गरिने कामहरू समाप्त हु…
सुर्खेतका ७० जना स्थानीय युवाहरूलाई जेनेस सोलुसनको १० दिने आईटी तालिम
जेनेस सोलुसनले जुन ३० देखि जुलाई ९ सम्म भेरीगंगा नगरपालिकामा १० दिने आईटी तालिम सम्पन्न गरेको छ। तालिममा ३४ जना…
शार्क ट्यांक नेपालको मनोरञ्जन पार्टनरमा टिकटक
टिकटकले शार्क ट्यांक नेपालसँग साझेदारी गरेको छ । शार्क ट्यांक नेपालको पहिलो सिजनमा टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर भएको छ ।&…
सार्वजनिक निकायमा अब अनलाइनबाटै सूचना माग गर्न सकिने
अब अनलाइनबाटै सार्वजनिक निकायमा सूचना माग गर्न सकिने भएको छ ।
राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा सूचना माग गर्न सकिने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेसन (…
१० औं संस्करणको आइसिटी अवार्डको अनलाइन नोमिनेसन खुला, १५ विधामा आवेदन दिन सकिने
दूरसञ्चार प्राधिकरणद्वारा अनधिकृत अन्तर्राष्ट्रिय एसएमएसमा कारबाही गर्न निर्देशन
दूरसञ्चार ऐन, २०५३ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले देशका सरकारी मान्यता प्राप्त सेवा प्रदायक बाहेकका संस्थाहरूले अन्तर्राष्ट्रिय आगमन एप्लिकेसन टू पर्सन (एटू…
आईएमई पे र खल्तीको एकीकृत कारोबार सुरू, विनय खड्का बने सीईओ
आईएमई पे र खल्तीले एकीकृत कारोबार सुरू गरेका छन् । साउन १ गतेदेखि आईएमई पे र खल्तीले आईएमई खल्ती लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू गरेका हुन् । …