अपडेट
स्मार्टच्वाइस टेक्नोलोजिजको सीईओमा मनोज घिमिरे नियुक्त
स्मार्टच्वाईस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत घिमिरेले बिहीबार मात्रै कम्पनीका अध्यक्ष रविन कुमार नेपाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
उक्त शपथ ग्रहण कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरूको सहभागिता रहेको थियो । बैंक अफ एसिया (हालको एनआईसी एसिया बैंक)बाट आफ्नो बैङ्किङ करियर सुरुवात गरेका घिमिरे यसभन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिस्को रुपमा कार्यरत थिए ।
बैङ्किङ तथा डिजिटल भुक्तानी (कार्ड ,क्युआर मोबाइल बैङ्किङ) इत्यादि मा १५ वर्षभन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाइमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताए ।
डिजिटल भुक्तानीको क्षेत्र वृद्धि हुने क्रममा रहेको र स्मार्टच्वाइस टेक्नोलोजिजले यो क्षेत्रमा पुर्याउन सक्ने योगदान धेरै रहेकोले आफू स्मार्टच्वाइस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृत भएर काम सुरु गर्न पाएकोमा निकै उत्साहित रहेको नवनियुक्त कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए ।
विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर, मोबाइल बैङ्किङ र अन्तर बैंक भुक्तानीका सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।
अपडेट
फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, कोषका सदस्यहरूलाई डिजिटल भुक्तानीको सुविधा
फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच, एपीआई आधारित होस्ट-टु-होस्ट भुक्तानीको सुविधा प्रदान गर्न साझेदारी भएको छ …
आइएमई पेबाट मात्र १ रूपैयाँमा हवाई टिकट
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आउदै गरेको नेपालीहरुको महा चाडपर्व- दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र १ रूप…
दराज दशैं धमाका क्याम्पेन: खरिदमा ७० प्रतिशतसम्म छुट, फ्री डेलिभरी र प्रिपेमेन्टमा आकर्षक छुट
देशकै अग्रणी अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दैे बहुप्रतिक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ ।…
फोनमा यी दुई एन्ड्रोइड एप छन् भने तुरुन्तै गर्नुहोस् डिलिट
यदि तपाई एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरू हुनुहुन्छ भने तपाईँलाई सतर्क रहन जरुरी छ । गूगल प्ले स्टोरमा रहेका धेरै एपहरू नेक्रो …
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आसपासमा ड्रोन उडाउन रोक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, वेलुन न…
स्काईवर्थ सोरूमबाट सामान खरिद गर्दा अधिकारीले पाए माइक्रोवेभ उपहार
केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा लि ले यस चाडपर्वको अवसरलाई…
हाम्रो बजारबाट अब किस्ताबन्दीमा सामान किन्न पाइने, ६ महिनासम्म कुनै ब्याज नलाग्ने
नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा 'बाइ नाउ, पे लेटर' फिचर सार्वजनिक गरेको …
असोज १९ गते सोल्टी होटलमा आन्टरप्रेनर समिट २०२४ हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता सहभागी हुने
नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको संयुक्त आयोजनामा आन्टरप्रेनर समिट नेपाल २०२४ हुने भएको छ । असोज १९ गते काठमा…
दशैंका लागि बसको अग्रिम टिकट बुकिङ बससेवाबाटै, दैनिक ४२ हजार बढी बुक गर्ने तयारी
मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी प…
एनसेल फाउन्डेसनद्वारा झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ
एनसेल फाउन्डेसनले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिक…
एप्पलका पूर्व डिजाइनरसँग मिलेर एआई डिभाइस बनाउँदै च्याटजीपीटी
एप्पलका पूर्व मुख्य डिजाइन अधिकारी जोनी आइभ अहिले जनरेटिभ आर्टिफिसियल इंटेलिजेन्स (एआई) डिभाइसमा काम गर्दैछन् । एआई कम्पनी ओपन …
साओमी नेपालको चाडपर्व अफर, रेड्मी फोन किन्दा ४ हजारसम्म छुट
चाडपर्वलाई मध्यनजर गर्दै साओमी नेपालले विशेष अफर लिएर आएको छ । चाडपर्वलाई विशेष बनाउन सोओमीले ‘दशैं तिहारको उमंग, साओ…
सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड माग्ने, आफै सेवा दिने गरी परिमार्जन गर्ने
सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड मागेर आफै सेवा दिने भएको छ । असोज ७ गते बसेको सचिव बैठकले खरिद गरेका स…
सरकारले उपभोक्ताको गुनासो सुनुवाई गर्न एप विकास गर्ने, क्युआरबाटै नागरिक बडापत्र पढ्न सकिने
उद्योग, वाणिज्य तथा उपभोक्ता मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाई गर्न क्युआर कोडसहितको एप विकास गर्ने भएको छ ।
फेसबुक, क्लबहाउसमा विज्ञका नाममा आउने विश्लेषणलाई आधार मानेर लगानी नगर्न नेप्सेको अनुरोध
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सामाजिक सञ्जालमा विज्ञका नाममा आउने विश्लेषणलाई मात्रै आधार बनाएर लगानी नगर्न अनुरोध गर…