अपडेट
आईओई पश्चिमाञ्चल क्याम्पसमा ‘एडब्लुएस क्लाउड क्लब’को औपचारिक सुरुवात
आईओई पश्चिमाञ्चल क्याम्पसमा ‘एडब्लुएस क्लाउड क्लब’को औपचारिक सुरूवात भएको छ । अनलाइन लञ्च कार्यक्रममा ‘Launch into the Cloud: Explore AWS Career Paths’ शीर्षकमा छलफल समेत भएको थियो ।
कार्यक्रममा क्लाउड कम्प्युटिङको आधारभूत ज्ञान, एडब्लुएस सिकाइ मार्गचित्र र विद्यार्थी समुदाय निर्माणको बारेमा जानकारी प्रदान गरिएको छ ।
कार्यक्रममा विभिन्न तह र विभागका ८० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । कार्यक्रमको प्रमुख वक्ताहरूमा विष्णु हरि पौडेल, योजना घिमिरे, प्रसुना शर्मा र उपेन्द्र प्रसाद न्यौपाने रहेका थिए । उनीहरूले एडब्लुएसको संरचना, सेवा, सिकाइ स्रोत र करियर अवसरहरूबारे जानकारी दिएका थिए ।
एडब्लुएस क्लाउड क्लबले अब नियमित रूपमा एडब्लुएस वर्कशप, जेनेरेटिभ एआई सत्र, करियर मार्गदर्शन र मासिक मिटअपहरू आयोजना गर्ने योजना बनाएको छ ।
विद्यार्थीहरूलाई क्लाउड प्रविधिमा सशक्त बनाउँदै लैजाने क्लबले प्रतिबद्धता जनाएको छ ।
अपडेट
ई-कमर्स सूचीकरण गर्न विभागले दियो साउन २ गतेसम्मको समय, के के चाहिन्छन् कागजात ?
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय व्यापार (ई-कमर्स) मार्फत आफ्ना वस्तु तथा सेवा विक्रि गर्ने व्यवसायीहरूलाई साउ…
हुवावे सिड्स फर द फ्युचर क्षेत्रीय कार्यक्रममा प्रतिनिधित्व गर्न शीर्ष ५ नेपाली विद्यार्थी छनोट
हुवावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर २०२५ कार्यक्रममा नेपालबाट चीनमा आयोजना हुने…
एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नक्बरहरु उपलब्ध गराउने
एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि अब नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्र…
तनहुँमा राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि खोलिएको बिहानी सेवा बन्द
जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै आएकोमा सोचेअनुसार सेवाग्राही नआएपछि बिहानी सेवा बन्द गरेको छ ।
फिलिपिन्सका किशोरले विकास गरेको हिँड्दा बिजुली उत्पादन गर्ने जुत्ता
हामी दिनभर हजारौं पाइला हिँड्छौँ, कहिले स्कुल जानका लागि, कहिले अफिस, कहिले बजार त कहिल्यै पार्कमा, तर के तपाईंले कहिल्यै सो…
मोडेल नम्बरबाट थाहा पाउनुहोस् आफ्नो आइफोनको इतिहास र देश
के तपाईं अहिले आइफोन प्रयोग गर्दै हुनुहुन्छ? वा नयाँ आइफोन किन्न सोच्दै हुनुहुन्छ भने यो जानकारी तपाईंलाई धेरै काम लाग्न सक्छ ।…
५० चिनियाँ कम्पनीले मिलेर बनाए ‘सुपर केबल’, विस्थापित होला त यूएसबी सी ?
तपाईंले आफ्ना फरक‑फरक डिभाइसहरूको लागि फरक‑फरक केबल प्रयोग गर्नुभएको होला - जस्तै टीभीका लागि एचडीएमआई केबल, फोन चार्जिङका ल…
६० भन्दा बढी ब्रान्डका सामानहरूमा किस्ताबन्दी सुविधा
अब किनमेल गर्दा सिधै ठूलो रकम तिर्नुपर्ने झन्झट हट्ने भएको छ। हाम्रोबीएनपीएलले ग्राहकहरूका लागि ६० भन्दा बढी ब्रान्डका ६०० भन्दा ब…
८५ प्रतिशत अभिभावकहरूले बालबालिकासँग गर्दैनन् अनलाइन यौन दुर्व्यवहारबारे कुराकानी
नेपालका ८५ प्रतिशत अभिभावकहरूले बालबालिकासँग अनलाइन यौन शोषण र दुर्व्यवहारबारे कुराकानी गर्ने नगरेको पाइएको छ । आइतबार …
टेरामक्स प्रकरण: २५ लाख धरौटीमा छुटे पूर्वमन्त्री मोहन बस्नेत
अदालतले टेरामक्स प्रविधि खरिदका क्रममा भ्रष्टाचार मुद्दा खेपेका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत २५ लाख रुपै…
भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएलको नेपालको लिम्बिक एड्भर्टाइजिङसँग रणनीतिक साझेदारी
नेपालको विज्ञापन क्षेत्रका लागि ऐतिहासिक मानिने उपलब्धिमा, भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएलले नेपालको लिम्बिक एड्भर्टाइजिङसँग आ…
महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड
महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन प…
एसईईको पुनर्योगका लागि असार २३ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने, यस्तो छ तरिका
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को पुनर्योगका लागि आगामी असार २३ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने भएको छ ।
…एसईईको नतिजा सार्वजनिक, यस्तो छ अनलाइनबाटै हेर्ने तरिका
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । केही समय अगाडि बसेको राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईई…
एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्तो छ हेर्ने तरिका
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार अर्थात आज सार्वजनिक हुने भएको छ । नतिजा प्रकाशन बारे निर्णय गर्न अबको केही…