कीवर्डहरू -

अपडेट

च्याटजीपीटीले बचायो एक व्यक्तिको जीवन

आर्टिफिशियल इन्टेलिजेन्स (एआई) च्याटबट च्याटजीपीटीले एक व्यक्तिको जीवन बचाएको छ । एक रिपोर्टका अनुसार, च्याटजीपीटीले वर्कआउटपछि बिग्रिएको स्वास्थ्यको कारण गम्भीर र ज्यान लिने खालको रोग पत्ता लगाउन सहयोग गरेको थियो । 

रेडइटमा एक प्रयोगकर्ताले (नाम नखुलाइएको) गरेको पोष्टमा आफुलाई देखिएको लक्षण च्याटजीपीटीलाई भनेपछि तुरून्तै अस्पताल जान सुझाव दिएको बताएका छन् । 

‘मैले आफ्ना लक्षण च्याटजीपीटीलाई भने र यसले मलाई तुरुन्तै अस्पताल जान सल्लाह दियो,’ उनले भनेका छन्, ‘मेरो लक्षण मध्यमदेखि गम्भीर 'र्‍याब्डोमायोलिसिस’ (Rhabdomyolysis) सँग मिल्दोजुल्दो थियो ।’

खासमा उक्त प्रयोगकर्ताले केही दिनअघि हल्का वर्कआउट गरेका थिए, जसपछि उनको शरीरमा अत्याधिक दुखाइ र असहजता महसुस हुन थालेको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि उनले आफ्ना लक्षण च्याटजीपीटीलाई बताएका थिए । त्यसपछि च्याटजीपीटीले उनलाई तुरुन्त अस्पताल जान सल्लाह दिएको थियो । 

च्याटजीपीटीको सल्लाह मान्दै ती व्यक्ति अस्पताल पुगे र स्वास्थ्य परीक्षण गराए । नतिजा स्वरूप उनलाई गम्भीर र्‍याब्डोमायोलिसिस भएको पुष्टि भएको थियो ।

उनले अगाडि भनेका छन्, ‘अस्पतालमा परीक्षणपछि पत्ता लाग्यो कि मलाई गम्भीर र्‍याब्डोमायोलिसिस भएको छ । मलाई एक हप्तासम्म अस्पतालमा राखियो, जहाँ आईभी फ्लुइडमार्फत मेरो उपचार र अवस्थाको निगरानी गरिएको थियो ।’ 

च्याटजीपीटीले उनको ल्याब रिपोर्टहरूको विश्लेषण गर्न पनि मदत गरेको उनको भनाइ छ । जुन डाक्टरहरूले दिएका नतिजासँग मेल खान्थ्यो ।

के हो र्‍याब्डोमायोलिसिस ?

र्‍याब्डोमायोलिसिस एक गम्भीर चिकित्सकीय अवस्था हो, जसमा मांसपेशी (Tissue) तीव्र रूपमा बिग्रिन थाल्छ । यसले किड्नी ड्यामेज, मेटाबोलिक एसिडोसिस, र इलेक्ट्रोलाइट असन्तुलन जस्ता समस्या उत्पन्न गर्न सक्छ । समयमै उपचार नभएमा यो ज्यान लिने खालको पनि हुन सक्छ ।

च्याटजीपीटीले बचायो बिरालोको जीवन

एक अर्का प्रयोगकर्ताले पनि आफ्नो बिरालोको उपचारमा च्याटजीपीटीको भूमिका शेयर गरेका छन् । ‘मेरो बिरालोको ज्यान पनि च्याटजीपीटीले बचायो । डाक्टरले बिरालोको खुट्टामा रगतको थक्का भएको बताएका थिए । तर च्याटजीपीटीले उच्च रक्तचापको परीक्षण गराउन सल्लाह दियो । नतिजा स्वरूप सही उपचार पाएपछि मेरो बिरालो बाँच्यो,’ उनले लेखेका छन् । 

के एआईले डाक्टरहरूको ठाउँ लिन सक्छ ?

यस घटनापछि के भविष्यमा एआईले डाक्टरहरूको भूमिकालाई प्रतिस्थापन गर्न सक्छ भन्ने प्रश्न उठेको छ । 

विशेषज्ञहरूले एआई प्रारम्भिक स्क्रिनिङ र चिकित्सा सल्लाहका लागि उपयोगी हुन सक्छ, तर डाक्टरहरूको स्थान लिन नसक्ने बताएका छन् । 
 

अपडेट

डिशहोम ईन्टरनेट वार्षिक जडान गर्दा ३ महिना बोनससहित नि:शुल्क फाइभजी राउटर पाइने

 डिशहोमले आफ्नो सबै ईन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो वार्षिक ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले स…

टिकटकलाई अमेरिकामा बन्द गर्न वा बेच्न बाध्य पार्ने कानुन ७५ दिनसम्म लागु नहुने

डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पद सम्हालेपछि टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनलाई अस्थायी रूपमा रोक्ने कार्यकारी आदेशमा हस्ता…

नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय…

पानीमा डुबाउँदा पनि किन बिग्रँदैन मोबाइल? के छ यसको पछाडिको विज्ञान ?

आजभन्दा केही वर्ष अगाडिको कुरा गर्ने हो भने, मोबाइलको सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त्यसलाई पानीबाट जोगाउनु थि…

क्युआर कोडमार्फत बढ्दो ठगी, ‘क्विशिङ स्क्याम’ प्रचलनमा

भुक्तानी गर्न होस्, जानकारी लिन होस् वा कुनै टिप्पणी गर्न होस्, क्युआर कोडले सजिलै सम्भव बनाएको छ । यो चारकुने तस्वीर स्क्यान गरेर …

क्विक कमर्स: डेलिभरीको नयाँ युग, प्रविधि र शहरी जीवनशैलीले हुँदैछ लोकप्रिय

सुविधा र छिटो आपूर्तिका कारण क्विक कमर्सको माग बढ्दैछ । १० देखि ३० मिनेटभित्र खरिदारी पूरा गर्न सकिने यो नयाँ तरिका शहरी ग्राह…

इन्स्टाग्रामले घोषणा गर्‍यो नयाँ भिडियो एडिटिङ एप ‘एडिट्स’, क्यापकटलाई टक्कर दिने

इन्स्टाग्रामले क्यापकट जस्तै भिडियो एडिटिङ एप एडिट्सको घोषणा गरेको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले एडिट्स नामक भिडियो एडिटि…

बन्द भएको १२ घण्टा पनि नबित्दै अमेरिकामा टिकटक पुनः सञ्चालन, कसरी भयो सम्भव ?

अमेरिकामा टिकटक पुनः सञ्चालनमा आएको छ । राष्ट्रपति ट्रम्पको मिहिनेतका कारण टिकटक पुन फिर्ता आएको कम्पनीले जनाएको छ । टिकट…

राष्ट्रिय परिचयपत्र विरुद्धको रिट सर्वाेच्चद्वारा खारेज, अनिवार्य गर्ने बाटो खुल्यो

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्याया…

आइएमई पेको उडान मेला: आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले  आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ  उडान …

एप्पलले हटायो टिकटक, क्यापकट, मार्भल स्न्यापसहित बाइटडान्सका ११ एप

एप्पलले टिकटकसहित बाइटडान्सले विकास गरेका ११ वटा एपहरू पनि हटाएको छ । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र यसका सहायक कम्पनीहर…

अनलाइन रिभ्यू र रेटिङका लागि नकिनेको सामान डेलिभरी, डेटा चोरी हुने समेत खतरा

हामी सबैलाई अनलाइन सपिङ मन पर्छ । यो सजिलो र समय बचत गर्ने विकल्प हो । साथै, प्रायः यसले तपाईंलाई उत्कृष्ट डिल्स र डिस्काउन्ट पा…

इन्स्टाग्राममा अब ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने

अब इन्स्टाग्राममा ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने भएको छ । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेसँगै यसअघि रहेको ९० से…

अमेरिकामा टिकटक बन्द, प्ले स्टोर र एप स्टोरबाट पनि एप हटाइयो

शनिबार साँझदेखि अमेरिकाभर टिकटक एप चल्ने छाडेको छ । टिकटक बन्द भएपछि अहिले एप खोल्दा प्रतिबन्ध भएको जानकारी राखिएको छ । …

दुईवटा ड्रोन दुर्घटना भएपछि अमेजनले टेक्सस र एरिजोनामा रोक्यो ड्रोन डेलिभरी सेवा

अमेजनका ड्रोनहरूले निकट भविष्यमा कुनै पनि डेलिभरी नगर्ने सम्भावना देखिएको छ । ब्लूमबर्गका अनुसार, कम्पनीले टेक्सस र एरिजोनामा स…