अपडेट
माइक्रोसफ्ट एजको नयाँ उपलब्धि: युआई लोड समय ४० प्रतिशतले घट्यो, अब झनै छिटो ब्राउजिङ अनुभव
यदि तपाईं माइक्रोसफ्ट एज प्रयोगकर्ता हुनुहुन्छ भने, अब तपाईंको वेब ब्राउजिङ अनुभव झनै छरितो र प्रभावकारी हुने भएको छ । माइक्रोसफ्टका अनुसार, पछिल्ला केही महिनायता एज ब्राउजरको यूआई लोड समय औसतमा ४० प्रतिशतले घटाइएको छ ।
कम्पनीले ब्राउजरको गति मापन गर्न फर्स्ट कन्टेन्टफुल पेन्ट (FCP) नामक मेट्रिक प्रयोग गरेको छ, जसले ब्राउजरका विभिन्न फिचरहरू पहिलो पटक दृश्यमा देखिन कति समय लाग्छ भन्ने ट्र्याक गर्छ ।
अहिले एजमा FCP ३०० मिलिसेकेन्डभन्दा कम रहेको छ, जुन विश्वस्तरीय प्रदर्शन मापदण्डसँग मेल खाने उपलब्धि हो ।
‘३०० देखि ४०० मिलिसेकेन्डभन्दा ढिला भए प्रयोगकर्ता सन्तुष्टि घट्ने देखिएकोले हामीले यो सीमाभित्र ल्याउने लक्ष्य राखेका थियौं,’ माइक्रोसफ्टले भनेको छ।
यस प्रदर्शन सुधारले सेटिङ्स, रिड अलाउड, स्प्लिट स्क्रिन, र वर्कस्पेसेस जस्ता १३ प्रमुख ब्राउजर सुविधाहरूमा प्रत्यक्ष असर पुर्याएको छ । उदाहरणस्वरूप, सेटिङ्स पेज पहिले लोड हुन ३९४ मिलिसेकेन्ड लाग्थ्यो भने अहिले मात्र ९४ मिलिसेकेन्डमा लोड हुन्छ—यसको अर्थ यो चार गुणा छिटो भएको हो।
यस परिवर्तनको मूल कारण एज ब्राउजरको वेब युआई २.० आर्किटेक्चरमा गरिएको माइग्रेसन हो, जसले ब्राउजरको आन्तरिक प्रणाली झनै कुशल बनाएको छ।
माइक्रोसफ्टले भविष्यमा प्रिन्ट प्रिभ्यू, एक्सटेन्सन लगायतका सुविधाहरूमा पनि यस्तै प्रदर्शन सुधार ल्याउने तयारी गरिरहेको बताएको छ।
यद्यपि विभिन्न बेन्चमार्क परीक्षणमा माइक्रोसफ्ट एज, गुगल क्रोम, सफारीजस्ता लोकप्रिय ब्राउजरहरूबीच समग्र ब्राउजिङ गति भने धेरै फरक देखिएको छैन। जेटस्ट्रिम, स्पीडोमिटर र वेबएसपीआरटी ४ जस्ता परीक्षणमा नतिजा तुलनात्मक देखिएको छ।
तर, माइक्रोसफ्टका अनुसार, यो युआई स्तरको सुधारले प्रयोगकर्तालाई वेब ब्राउज गर्न अझ सहज, छरितो र उत्तरदायी अनुभव प्रदान गर्नेछ ।
अपडेट
बाइटडान्सले अमेरिकी बजारका लागि नयाँ टिकटक एप बनाउँदै, सेप्टेम्बर ५ मा सार्वजनिक गर्ने तयारी
टिकटकको मालिक कम्पनी बाइटडान्सले अमेरिकी बजारका लागि छुट्टै नयाँ एप तयार पारिरहेको छ, जसलाई ‘M2’ नाम दिइएको छ …
भर्चुअल ग्राहक प्रिभिलेज कार्ड ल्याउँदै डिशहोम, विभिन्न सेवाहरूमा छुट पाइने
डिशहोमले नेपालको इन्टरनेट र टिभी क्षेत्रका ग्राहकहरूको अनुभवलाई नयाँ आयाम दिने उद्देश्यका साथ, आफ्नो ग्राहक सेवा एप, ‘माइ…
वर्ल्डलिंक र डाटा वर्ल्डमा विश्व बैंक समूहको २९ मिलियन डलर लगानी
नेपालको डिजिटल पूर्वाधार विस्तार गर्दै समावेशी आर्थिक विकासलाई गति दिन विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (IFC) …
दराज विक्रेताका लागि टिगको नयाँ फिचर, एक क्लिकमै अर्डर लिनेदेखि इनभ्वाइस तयार गर्नेसम्मको सुविधा
दराजका विक्रताहरूले अब आफ्नो अकाउन्ट र इन्भेन्टरी व्यवस्थापन टिगबाटै अटोमेट गर्न सक्ने भएका छन् । क्लाउडमा आधारित नेपालको लोकप्रिय …
आजदेखि दराजको ७.७ सेल, आकर्षक अफर र छुट सुविधा
नेपालकै अग्रणी अनलाइन शपिंग प्लेटफर्म दराज नेपालले आफ्नो बहु—प्रतिक्षित ७.७ 'ह्वाट द फ्ल्याश' सेलको घोषणा गरे…
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी
एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेत…
एआई युगमा पनि मानव अपरिहार्य: एआई गल्ती सच्याउने कपीराइटरहरूको माग र आम्दानी बढ्यो
आर्टिफिशियल इन्टेलिजेन्स (एआई) आएले मानिसको रोजगारी खोस्छ भन्ने त हामीले सुन्दै आएको छौं । तर अहिले एआईका गल्तीहरू सच्याउन…
सन् २०२६ मा कोलम्बियामा हुने इन्ड्राइभको अल्टरनेटिभा फिल्म फेस्टिभलका लागि एसियाली आवेदन खुल्ला
इन्ड्राइभको अल्टरनेटिभा फिल्म फेस्टिभलको तेस्रो संस्करण २०२६ को दोस्रो त्रैमासिकमा कोलम्बियामा आयोजना हुने भएको छ । यस संस्कर…
सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा बन्द
यातायात व्यवस्था विभागको सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको छ ।
असार २० गते …
पठाओ पार्सलको अफर: समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामान फिर्ता
राइड सेयरिङ र लजिस्टिक सेवा प्रदायक पठाओ नेपालले आफ्नो डेलिभरी सेवा ‘पठाओ पार्सल’अन्तर्गत नयाँ योजना सार्वजनिक गरे…
एससीटीले ल्यायो स्मार्ट जुलाई अफर, बिगमार्टमा एससीटी युपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट
नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२०+…
सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जाका लागि सम्झौता
सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी स…
एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक
विश्वप्रसिद्ध फर्मुला वान टिम एस्टन मार्टिन अराम्कोले रियलमीसँग दीर्घकालीन लाइसेन्स सम्झौता गरेको छ । सो सहकार्य अन्तर्गत पहिलो पटक …
पर्प्लेक्सिटीको नयाँ सब्सक्रिप्सन योजना: २०० डलरमा ‘म्याक्स’ सदस्यता
एआई सर्च स्टार्टअप पर्प्लेक्सिटीले पावर युजरका लागि प्रतिमहिना २०० अमेरिकी डलरमा ‘म्याक्स’ सदस्यता योजना सार्वजनिक गरे…
टिएमवानका १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै
'कमाइको राजा' भनेर परिचित टिएमवानले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्…