अपडेट
ग्रीस सरकारद्वारा ‘किड्स वालेट’ एप सार्वजनिक: बालबालिकाको डिजिटल सुरक्षा र स्क्रिन टाइम नियन्त्रणमा नयाँ कदम
ग्रीस सरकारले ‘किड्स वालेट’ नामक नयाँ मोबाइल एप सार्वजनिक गरेको छ । बच्चाहरूको स्क्रिन टाइम सीमित गर्नु र डिजिटल प्लेटफर्महरूमा उनीहरूको उमेरको पुष्टि गर्ने उद्देश्यसहित यो एप सार्वजनिक गरिएको हो ।
यो सरकारी पहललाई ग्रीसका डिजिटल शासन मन्त्री दिमित्रिस पापास्टरजियूले एथेन्समा प्रस्तुत गरेका थिए । यसले अभिभावकहरूलाई आफ्ना बच्चाहरू अनलाइनमा सुरक्षित राख्न सहयोग गर्ने पापास्टरजियूको भनाइ छ ।
यो एप सामाजिक सञ्जालमा बच्चाहरूको उमेर पुष्टि गर्न उपयोगी भएपनि भविष्यमा सरकारी पहलहरूमा डिजिटल पहिचान उपकरणको रूपमा पनि प्रयोग हुने उनले जानकारी दिए ।
किडस वालेटएप ग्रीसको सरकारी डिजिटल सेवा प्लेटफर्मसँग जोडिएको छ, जुन नागरिकहरूले पहिले नै कर तिर्न र अन्य सरकारी कामहरूका लागि प्रयोग गर्दै आएका छन् ।
एप बच्चाको फोनमा इन्स्टल गरेपछि अभिभावकले आफ्नो कर पहिचान नम्बर प्रयोग गरी लगइन गरेर एक अभिभावक–बच्चा खाता बनाउँछन् । त्यसपछि उनीहरूले निर्णय गर्न सक्छन् कि बच्चाले कुन एप र वेबसाइटहरू प्रयोग गर्न सक्छ र कति समयसम्म ।
अभिभावकले आफ्नो सरकारी खाताबाट प्राप्त कागजातमार्फत बच्चाको उमेर पुष्टि गरी डिजिटल पहिचान बनाउँछन् । यो एपले बच्चाको सन्देशहरू पढ्दैन, तर स्क्रिन टाइम र अनलाइन गतिविधिको सामान्य जानकारी दिनेछ ।
एपको प्रयोग अनिवार्य गरुिएको छैन, तर यसलाई व्यापक रूपमा अपनाइने अपेक्षा गरिएको छ । १५ वर्षसम्मको उमेरका बच्चाहरूका लागि अभिभावकीय सहमति आवश्यक पर्नेछ भने सरकारले ठूला डिजिटल कम्पनीहरूलाई एपलाई समर्थन गर्न आग्रह गरेको छ ।
अपडेट
स्मार्ट च्वाईस टेक्नोलोजिज र लुम्बिनी विकास बैंक बिच स्मार्ट पे र स्मार्ट क्युआरका लागि सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकको &…
अब इसेवा, खल्ती र कनेक्ट आईपीएसबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने
अब इसेवा, खल्ती र कनेक्ट आईपीएसबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने भएको छ ।
स्वास्थ्य बीमा…
ईसेवा मनि ट्रान्सफरको मेरो डिजिटल देश अभियान अन्तर्गत अन्जुलालाई घर हस्तान्तरण
“मेरो डिजिटल देश” अभियान अन्तर्गत, ईसेवा मनि ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ ।…
ह्वावेजस्तै नियति दोहोरिने डर: अमेरिकी नियन्त्रणबाट बच्न चिनियाँ कम्पनीहरूको गुगलरहित एन्ड्रोइड प्रयास
केही वर्षअघि अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावे माथि कडाइ गरेको थियो। ट्रम्प सरकारको पहिलो कार्यकालमा हुवावेलाई का…
कफीको रहरले जन्मिएको वेबक्याम: यस्तो छ सुरूवातीको रोचक कहानी
के तपाईंले कहिल्यै गुगलको “गुगली" खेल्नुभएको छ ? यो विभिन्न विषयहरूबारे रोचक कुरा थाहा पाउने रमाइलो तरिका …
विनोद चौधरी र बिल गेट्सबीच भेटघाट
नेपालका एक मात्र डलर अर्बपति तथा सांसद विनोद चौधरी र माइक्रोसफ्टका संस्थापक बिल गेट्सबीच भेटघाट भएको छ ।
‘३४० वटा स्टार्टअप कर्जा माछा, दुध, बाख्रामा दिइएको रहेछ, प्रचार अर्को गूगल जन्मन लागेको जसरी गरियो’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले नेपालमा अर्को गूगल, मेटा, च्याटजीपीटी जन्मन लागेको जस्तो…
‘आजको दिनमा एआईमै ७ अर्ब लगानी चाहिएको छ, यहाँ सञ्चार मन्त्रालयको बजेट नै ७ अर्ब छ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले आजको दिनमा एआईमै ७ अर्ब लगानी चाहिएको बताएका छन् ।&nbs…
कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप सदाका लागि बन्द
कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप बन्द भएको छ । दुई दशक चलिरहेको अग्रणी अनलाइन भिडियो कल सेवा स्काइप मे ५ द…
नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने
गूगलको रिसर्च टुल नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने भएको छ । नोटबुकएलएम आगामी मे २० मा आधिकारिक मोबाइल एपको रूपमा…
ज्योति विकास बैंक र एनसीएचएलबीच नेपालपे कार्डका लागि सम्झौता
ज्योति विकास बैंक र एनसीएचएलबीच नेशनल पेमेन्ट स्वीच (एनपीएस) - नेशनल कार्ड स्वीच (एनसीएस) को डोमेस्टिक कार्ड स्क…
केई एक्स्चेन्ज कार्निभल आयोजना गर्दै लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्स
नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘केई एक्स्चेन्ज कार्निभल २०८२’ आयोजना…
ट्रम्पले दिए संकेत: टिकटक ब्यानको म्याद फेरि ७५ दिन लम्बिन सक्ने
अमेरिकामा टिकटकको समय लम्बिन सक्ने भएको छ । ट्रम्पले भनेका छन् कि यदि बाइटडान्सले १९ जुनभित्र अमेरिकामा रहेको टिकटकको व्यापार ब…
दराजको बेस्ट डिल अभियान, निःशुल्क होम डेलिभरीसहित ७५ प्रतिशतसम्म छुट
नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशतसम्मको छुट,…
मदन भण्डारी विश्वविद्यालयबाट रोजगारी सिर्जना गर्ने जनशक्ति उत्पादनमा जोड
नेपालको व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले सम्बोधन गर्नसक्ने औल्याईको छ ।
…