कीवर्डहरू -

अपडेट

अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा ‘सूचना प्रविधिमा महिलाको अवस्था’ अनुसन्धान प्रतिवेदन सार्वजनिक

अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसर पारेर ‘सूचना प्रविधिमा महिला (डब्लुआईआईटी)’ संस्थाले फागुन ६ गते ललितपुरस्थित ‘द प्लाजा’ मा विशेष अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ ।

‘बाधा हटाउँदै सफलताको दिशामाः नेपालको सूचना तथा प्रविधि क्षेत्रमा महिला’ विषयक अनुसन्धान प्रतिवेदन विमोचनसहित प्यानल डिस्कसन आयोजना गरिएको थियो । 

कार्यक्रमको अध्यक्षता डब्लुआईआईटीका अध्यक्ष गुणकेशरी प्रधानले गरेकी थिइन् । प्रमुख अतिथिका रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल तथा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोल उपस्थित रहेका थिए । साथै विशेष अतिथिका रूपमा प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अली, काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. मनीष पोखरेल, कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे तथा एशिया फाउन्डेसनका परियोजना निर्देशक प्रणय स्थापित सहभागी रहेका थिए ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय गानपछि डब्लुआईआईटीको अध्यक्षले स्वागत मन्तव्य राखेर सुरु भएको थियो । उनले ६ महिनाको लगातार प्रयास पछि अध्ययन रिपोर्ट सार्वजनिक गर्न पाउँदा एकदमै हर्षित रहेको बताएकी छिन् । संस्थाले ८ जिल्लाहरुमा गएर विभिन्न कार्यक्रम गरेको पनि उनले बताइन् । साथै यस सर्वेक्षणमा ४०० बढि संस्थाको इन्पुट रहेको पनि उनले बताएकी छिन् ।

अनुसन्धान प्रतिवेदन डब्लुआईआईटीका अनुसन्धानकर्ता मिनु प्रधान र एलिशा राजभण्डारीले प्रस्तुत गरेका थिए । सामाजिक संरचनाका कारणले अझै पनि महिलाहरुका लागि आईसिटी क्षेत्रमा चुनौती रहेकाले यस अनुसन्धानले महिला संलग्नताको वर्तमान अवस्था तथा चुनौती र अवस्थाबारे अध्ययन गरेको थियो ।

null

मिश्रित शैलीमा गरिएको अध्ययनमा सार्वजनिक तथ्यहरुको अध्ययन तथा महिलाहरुसँग विभिन्न प्रश्नोतर र फोकस्ड ग्रुप डिस्कसन गरिएको थियो । तंथ्याक साझा गर्दै उनले ७.८८ प्रतिशत महिला सहभागिता आईसिटी कम्पनी , आईसिटी इनेबल्ड कम्पनीहरुमा ०.५१ प्रतिशत महिला सहभागिता रहेको बताइन् । 

आईसिटी क्षेत्रमा सहभागी रहेका महिलाहरु मुख्यतय १८ देखि ३५ वर्षको रहेको र धेरैले स्नातक तहसम्म अध्ययन गरेको पाइएको छ । 

४५.६४ प्रतिशत कम्पनीहरुमा महिला मैत्री नीति नरहेको पाइएको छ । १२.१ प्रतिशत महिलाले मात्र तलब असामनता महसुस गर्नुभएको छ जसले गर्दा महिलाका लागि आईसिटी क्षेत्र उपयुक्त रहेको पाइएको छ ।

प्रतिवेदनको समिक्षा काठमाडौं इन्जिनियरिङ कलेजकी निर्देशक डा. प्रतिमा प्रधानले गरेका थिए । आईसीटी क्षेत्रमा लैंगिक समानताको विषयमा तयार पारिएको यो रिपोर्ट गुणात्मक रूपमा राम्रो भए पनि यसमा मुख्य रूपमा चुनौतीहरूलाई बढी स्थान दिइएको छ, जबकि अवसरहरूको पक्षलाई त्यति उजागर नगरिएको उनले बताइन् । नेपालमा सूचना तथा प्रविधि (आईसिटी) को विस्तारसँगै महिलाहरूको योगदान पनि उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ, तर त्यसलाई पर्याप्त रूपमा देखाइएको छैन, जुन सुधार गर्नु आवश्यक रहेको उनको मान्यता रहेको थियो ।

महिलाहरूका सम्भावित कमजोरीहरूबारे उल्लेख नगरिनु, उनीहरू स्वयं हिचकिचाउनु, र रिपोर्टिङ क्षमताको कमजोरी देखिनुजस्ता पक्षले पनि यस विषयलाई थप छलफलको आवश्यकता देखाउँछ । साथै, प्रतिवेदनको निष्कर्ष अपेक्षाकृत छोटो रहेको छ, जसले यसका मुख्य निष्कर्षहरूलाई स्पष्ट रूपमा प्रस्तुत गर्न कठिन बनाएको छ ।’ प्रधानले बताइन् । 

null

कार्यक्रमका विशेष अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा संलग्न गराउनुपर्नेमा जोड दिएका थिए । काठमाडौँ महानगरपालिकाले पाठ्यक्रमनै छात्रा मैत्री रुपमा परिणत गरेको र गल्र्स इन आईटी पहल पनि सुरु गरेको बताइन् । ‘एडा लभलेस विश्वको पहिलो कम्प्युटर इञ्जिनियरका देखि नेपालको पहिलो कम्प्युटर इञ्जिनियर गुण प्रधान केशरीसम्म आईसिटी क्षेत्रमा महिलाको सहभागिता निराशापूर्ण छ भनेर भन्न सकिदैन् ।’ ढंगोलले बताइन् ।

कार्यक्रममा विशेष अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क, संसदमा दर्ता भएको सामाजिक सञ्जाल नियमन विधेयक जस्ता ऐन, नियम कानून बनाउँदा महिलालाई केन्द्रमा राखिएको बताइन् । 

कार्यक्रमका विशेष अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउत अनुसन्धान एकदमै समय सान्दर्भिक रहेको बताउँदै अनुसन्धानले देखाएको तथ्यांक अनुसार ११ प्रतिशत आईटी कम्पनीहरुले प्रसूति बिदा नदिएको तंथ्याकले अचम्मित बनाएको बताए । विशेष आर्थिक क्षेत्रहरुमा महिला उद्यमीहरुलाई थप प्राथमिक्ता दिने गरेको पनि उनले बताए । 

कार्यक्रमको प्रमुख आकर्षण “सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्ने मार्गचित्र  (Way forward to encourage more women in Information and Communication Technology) विषयक प्यानल छलफल थियो ।

यस छलफलमा सरकार, शैक्षिक संस्था र निजी क्षेत्रका प्रतिनिधिहरूले नेपालमा महिलाहरूको आईसीटी क्षेत्रमा सहभागिता तथा नेतृत्व सशक्त बनाउने रणनीति पहिचान गरिएको थियो। छलफलका लागि डा. अमृता शर्माले संयोजन गरेकी थिइन भने सूचना प्रविधि विज्ञ असगर अली, डिन प्रा.डा. मनीष पोखरेल, क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे लगायत प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

सुनैना घिमिरे पाण्डेले आफूले यस क्षेत्रमा काम सुरु गर्दा आईसिटी क्षेत्रमा महिलाको संख्या एकदमै कम रहेको र अहिले अवस्था सुधार हुँदै आएको बताइन् । उनले आफ्नै पहलमा क्यान महासंघमा वुमन इन आईटी शाखाको स्थापनाका लागि प्रस्ताव गरेको र सो पारित भएको बताइन् । नयाँ कुरामा अपडेट भईरहन् पनि एकदमै महत्वपूर्ण रहेको उनको भनाई छ । 

सूचना प्रविधि विज्ञ असगर अलीले सानो कक्षा देखिनै छात्र र छात्रा दुवैलाई आईटी क्षेत्र तर्फ मोहित गर्नसक्यौँ भने राम्रो परिवर्तन हुन्सक्ने बताए । आईटी क्षेत्रमा ६ महिना पनि बिदामा भयो भने यो क्षेत्र यति तिव्र गतिमा बढिरहेको छ की त्यसले पुनः फिर्ता हुन् नै समस्या सिर्जना गर्ने गरेको भएर पनि विवाह वा बच्चा जन्मिए पछि आईटी क्षेत्रमा पहिले जसरी काम गर्न केही समय लाग्ने गरेको र त्यसले पनि लैगिंक दूरी बढिरहेको बताए । 

केयूका डिन प्रा.डा. मनीष पोखरेलले महिलाहरूले आत्मविश्वास बढाई आत्मप्रेरित भएमा अघि बढ्न अझ सहज हुने बताए । उनका अनुसार, आर्किटेक्चर र जियोमेट्री विभागका प्रमुखहरू महिला हुनुहुन्छ र उहाँहरूले आफ्ना पुरुष सहकर्मीहरूभन्दा अझ उत्कृष्ट प्रदर्शन गरिरहनुभएको बताए ।

एशिया फाउन्डेसनका परियोजना निर्देशक प्रणय स्थापितले हामी अहिले औद्योगिक परिवर्तन ४.० को मध्यमा छौँ । यसले गर्दा नेतृत्व गर्न एकदमै उपयुक्त समय रहेको छ र हामीले त्यस पक्षमा ध्यान दिनु एकदमै महत्वपूर्ण छ । 

उनले बताए ‘ मैले एउटा डेटा हेर्दै थिए जहाँ भनिएको थियो प्रत्येक १०० काम गर्न योग्य पुरुषको तुलनामा १२५ काम गर्न योग्य महिला छन् ।’ उनले लैंगिक विभाजित डेटा उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

दक्षिण एसियाका लागि अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) क्षेत्रीय कार्यालयकी प्रमुख डा. प्रणिता उपाध्याय पनि भर्चुअल रूपमा कार्यक्रममा सहभागी रहेकी थिइन् । उनले डब्लुआईआईटीको काम सराहनीय रहेको बताउँदै संस्थाको अविराम प्रतिबद्धताले आउने पुस्ताका महिलाहरूका लागि आधार निर्माण गरिरहेको बताएकी छिन् ।

टिएएफका वरिष्ठ कार्यक्रम अधिकृत स्नेहा शाह र डब्लुआईआईटीकी कार्यकारी सदस्य दिव्यास्वरी डलीले समापन मन्तव्य राखेकी थिइन् । कार्यक्रमको अन्त्य नेटवर्किङ सत्रद्वारा गरिएको थियो ।

यो अनुसन्धान सार्वजनिक कार्यक्रममा विभिन्न सरोकारवालाहरूलाई एक ठाउँमा ल्याएर आईसीटी क्षेत्रमा लैंगिक समावेशिता प्रवद्र्धन गर्ने महत्त्वपूर्ण कदम चालिएको हो । यस कार्यक्रमले महिला सशक्तीकरण, डिजिटल समानता र लैंगिक विभाजन हटाउने ठोस रणनीति निर्माण गर्ने उद्देश्य राखेको छ ।

 

अपडेट

इन्स्टाग्राममा आउँदैछ डिसलाइक बटन, अब मन नपरेको पोष्ट डिसलाइक गर्न सकिने

इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई प्रायः यो एउटा गुनासो हुने गर्छ ।  उनीहरू कुनै पोस्टलाई लाइक त गर्न सक्छन्, तर यदि कुनै सामग्री…

प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्ने बताएका छन्।

लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष स…

दक्षिण कोरियामा डिपसिक डाउनलोड गर्न प्रतिबन्ध

दक्षिण कोरियाले चिनियाँ एआई एप डिपसिकलाई एप स्टोरबाट डाउनलोड गर्न शनिबारदेखि अस्थायी प्रतिबन्ध लगाएको छ । चिनियाँ कम्पनीले प्रय…

एआई नीति २०८१ प्रभावकारी बनाउन विज्ञ संस्थाहरूको सुझाव

काठमाडौं । राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८१ लाई थप प्रभावकारी बनाउनका लागि तीन विज्ञ संस्थाहरूले सरकारलाई महत्…

आईएमई पे र खल्ती मर्ज हुँदै, नयाँ नाम ‘आईएमई खल्ती’ राखिने

आईएमई पे र खल्ती डिजिटल वालेट एक आपसमा मर्ज हुने भएका छन् । मर्जरका लागि आईएमई पे र खल्तीबीच सम्झौता भएको हो । 

<…

पासवर्ड म्यानेजर किन प्रयोग गर्ने ?

डिजिटल युगमा विभिन्न किसिमका अकाउन्ट बनाउनु पर्ने हुन्छ । सबै अकाउन्टका पासवर्ड सम्झन गार्‍हो हुन्छ ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिलाको चुनौती र सम्भावना विषयमा अनुसन्धान सार्वजनिक गरिँदै

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिलाको चुनौती र सम्भावना विषयक अनुसन्धान सार्वजनिक गरिँदै
अन्तर्राष्ट्रिय महिला…

विश्वका एआई नेतृत्वकर्ताहरुले एआईको प्रयोग के कार्यका लागि गर्छन्?

तपाईं सोच्न सक्नुहुन्छ कि शीर्ष एआई सर्जगहरुले आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग धेरै जटिल तरिकाले गर्छन्, तर आवश्यक छैन कि यो सधैं…

एन्ड्रोइड १६ सार्वजनिक हुने मिति नजिकिँदै, कुन-कुन स्मार्टफोनमा अपडेट उपलब्ध हुनेछ?

गूगलले आफ्नो वार्षिक विकासकर्ता कार्यक्रम गूगल आई/ओ २०२५ को घोषणा गरिसकेको छ । यस कार्यक्रमका अन्तरालमा कम्पनीले आफ्नो मोबाइल सञ्च…

एससीटी र एनसीएचएलबीच सम्झौता, अब अलिपे प्लसबाट स्मार्ट क्युआर स्क्यान गरी पैसा तिर्न सकिने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकब…

शनिबार हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसको सेमिफाइनल हुने, २५ टिम भिड्दै

फागुन ३ गते शनिबार हल्ट प्राइज एट आईओई, पुल्चोक क्याम्पसको सेमिफाइनल हुने भएको छ । सेमिफाइनल प्रतियोगितामा २५ उत्कृष्ट सेमिफाइन…

ह्याकाथन प्रतियोगिता गर्दै क्लासिक टेक, नगद पुरस्कार १ लाख रुपैंयाँ

देशकै ठुलो तथा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्टसंगको सहकार्यमा 'ह्याकाथन प्रतियोगिता २०२५&…

डिशहोम इन्टरनेटको समर स्पिड अफर सार्वजनिक, नयाँ ग्राहक र रिचार्ज गर्नेलाई थप ३ महिना बोनस

डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै समर स्पिड अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत, १०० एमबीपीएस, २०० एमबीप…

एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, न्यूम्यू सनग्लास जित्ने मौका

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवशको अवसरमा, एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ…

रेडियो: प्रविधिको विकाससँगै अडियोदेखि भिडियोसम्म विस्तार

आज विश्व रेडियो दिवस । प्रविधिको तीव्र गति र नयाँ डिजिटल प्लेटफार्महरू निरन्तर परिवर्तन भइरहे पनि रेडियो आज पनि विश्वभर सबैभन्दा…