अपडेट
५ वर्षभित्र एआईको कारण २० प्रतिशत सम्म बेरोजगारी बढ्न सक्छ: एन्थ्रापिक सीईओ
एआई कम्पनी एन्थ्रापिकका सह–संस्थापक तथा सीईओ डेरियो अमोदेईले फेरि एक पटक कृत्रिम बुद्धिमत्ता (एआई) बारे गम्भीर चेतावनी दिएका छन् ।
उनी भन्छन्, आउँदो १ देखि ५ वर्षभित्र एआईले प्रवेशस्तरका ह्वाइट–कलर जागिरहरू(अफिस वर्क) को लगभग ५० प्रतिशतसम्म सफाया गर्न सक्छ । यसले गर्दा विश्वव्यापी बेरोजगारी दर १० देखि २० प्रतिशतसम्म पुग्न सक्छ ।
अमोदेईका अनुसार यो “सामूहिक उन्मूलन”विशेषतः प्रवेशस्तर कामहरुमा हुनेछ । उनले युवाहरूलाई सतर्क गराउँदै भनेका छन्, “यदि तपाईं यस्ता जागिरहरूमा हुनुहुन्छ भने, आफैलाई स्तरवृद्धि गर्नुहोस् वा वैकल्पिक बाटो खोज्न सुरु गर्नुहोस् ।”
उनी भन्छन्, सबैभन्दा बढी असर प्रविधि, वित्त , कानुन र परामर्श जस्ता क्षेत्रहरूमा देखिनेछ, जहाँ एआई तीव्र गतिमा मानिसहरूको स्थान लिइरहेको छ ।
यस्तो भनाइ पहिलोपटक होइन – अमोदेईले यसअघि पनि बताइसकेका छन् कि सन् २०२६ सम्म एआई यति सक्षम हुनेछ कि एक जना व्यक्तिले नै अर्बौं डलरको कम्पनी चलाउन सक्नेछ, अर्थात् ठूलो टिमको आवश्यकता नै नपर्ने अवस्था आउन सक्छ ।
अमोदेईले यो पनि आरोप लगाए कि धेरै देशका सरकार र ठूला कम्पनीहरूले एआईको खतरा “शुगरकोट” गरिरहेका छन्, अर्थात् यसका गम्भीर परिणामहरूलाई सामान्य रूपमा प्रस्तुत गरिरहेका छन् । उनका अनुसार आम जनता अझै पनि यस परिवर्तनको वास्तविकता बाट बेखबर छन् । एआईकै कारण ठूलो प्रविधि कम्पनीहरूमा फ्रेशरको नियुक्ति करिब ५० प्रतिशतले घटिसकेको छ ।
माईक्रोसफ्टले हालसालै ६,००० कर्मचारीलाई कामबाट निकालेको थियो, भने अहिले एआईले ती कम्पनीका करिब ३० प्रतिशत कोडहरू आफैँ लेखिरहेको छ ।
गूगल डिप माइण्डका सीईओ डेमिस हसाबिसले पनि भनेका छन् कि आगामी ५ वर्षभित्र एआईले धेरै जागिरहरूमा अवरोध पु¥याउनेछ । उनले युवाहरूलाई अहिले देखिनै एआई युगका लागि आफूलाई तयार पार्न आग्रह गरे । “जसरी इन्टरनेटले मिलेनियल्सलाई र स्मार्टफोनले जेन जीलाई परिवर्तन ग¥यो, त्यसैगरी जेनेरेटिभ एआईजेन अल्फाको पहिचान बन्नेछ,” उनले भने ।
अपडेट
सरकारले क्रिप्टो जस्ता अभौतिक मुद्रा जफत गर्ने
सरकारले क्रिप्टो जस्ता अभौतिक मुद्रा जफत गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थि…
आगामी वर्ष नियो बैंक स्थापना गर्ने सरकारको घोषणा
सरकारले आगामी वर्ष नियो बैंक स्थापना गर्ने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त …
विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट ज्ञान वा सेवा उपलब्ध गराएबापत नेपालीले स्वेट शेयर लिन पाउने
विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएबापत नेपालीले अब स्वेट शेयर लिन पाउने भएका छन् । …
सरकारले अब त्रैमासिक रूपमा सुरक्षा एडभाइजरी जारी गर्ने
सरकारले अब त्रैमासिक रूपमा सुरक्षा एडभाइजरी जारी गर्ने भएको छ ।
संघीय संसदको संयुक्त ब…
सरकारले ओटीटी सेवाको नियमन गर्ने
सरकारले ओटीटी सेवाको नियमन गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्…
मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नुपर्ने, अवैध आयात र प्रयोगमा रोक
सरकारले मोबाइलहरूको आईएमईआई नम्बर दर्ता गर्ने व्यवस्था गर्ने भएको छ।
संघीय संसदको संयुक्त…
आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यका र ठूला शहरी क्षेत्रमा फाइभजी सेवा सुरू हुने
सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यका र ठूला शहरी क्षेत्रमा फाइभजी सेवा सुरू गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष …
सरकारले निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गर्ने
एआईको अनुसन्धान र विस्तारका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गर्ने भएको छ ।
डाटा सेन्टर स्थापना गर्न विदेशी लगानी आकर्षित गरिने, जग्गा, विद्युत र सुरक्षा सरकारले दिने
सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न मध्यपहाडी क्षेत्रमा डाटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । <…
डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माण गर्न ७४ करोड बजेट
सरकारले डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माण गर्न ७४ करोड बजेट विनियोजन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रूपैयाँ बजेट
सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने सरकारको घोषणा
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्…
सहुलियपूर्ण स्टार्टअप कर्जाका लागि ७३ करोड रूपैयाँ बजेट
सरकारले सहुलियपूर्ण स्टार्टअप कर्जाका लागि ७३ करोड रूपैयाँ बजेट छुट्याएको छ ।
किसानहरुलाई सहयोग गर्न कृषि मोबाइल एप ल्याउने सरकारको घोषणा
सरकारले किसानहरुलाई सहयोग गर्न कृषि मोबाइल एप ल्याउने भएको छ ।
संघीय संसदको सं…
इनड्राइभको राइड टु सपोर्ट अभियान, राइडबाट संकलित रकम विद्यालयको खेल मैदान र सामग्रीमा खर्च
विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म, इनड्राइभले नेपालमा ‘राइड टु सपोर्ट’ अभियान सुरु गरेको छ । यो अभियान स्…