अपडेट
मेटा एआईको डिस्कभरी फिडमा व्यक्तिगत कुराकानी र सेल्फी सार्वजनिक, गोपनीयतामा गम्भीर प्रश्न
यदि तपाईं पनि मेटा एआईसँग कुरा गर्नुहुन्छ र आफ्ना व्यक्तिगत कुरा सेयर गर्नुहुन्छ भने तपाईंका लागि काम लाग्ने खबर छ । एपसँग सम्बन्धित एउटा गम्भीर रिपोर्ट सार्वजनिक भएको छ, जसका अनुसार एपको डिस्कभरी फिडमा प्रयोगकर्ताका निजी कुराकानी र अनुरोध देखिरहेको छ, जुन सम्भवतः गल्तीले सार्वजनिक भएका हुन् ।
धेरै रिपोर्टहरूमा त्यस्ता टेक्स्ट च्याट र इमेज प्रम्प्ट देखिएका छन् जुन अत्यन्त व्यक्तिगत देखिन्छन् । यी पोस्टहरू सार्वजनिक भएपछि प्रयोगकर्ताहरूको गोपनीयताप्रति चिन्ता बढ्दै गएको छ ।
टेकक्रन्चको एक रिपोर्टअनुसार केही पोस्टहरूमा प्रयोगकर्ताहरूले कर छल्ने सल्लाह मागिरहेको देखियो, भने कतिपयले कानूनी समस्यामा परेका कर्मचारीका लागि रेफरेन्स लेटर कसरी लेख्ने सोधेका थिए ।
अर्कै पोस्टमा कसैले प्रश्न गरेको थियो, 'मेरो शरीरमा रातो दाना आईरहेको छ, के गरूँ?' यी सबै पोस्टहरू मेटा एआई एपको डिस्कभरी फिड मा देखा परेका थिए । वायर्डकी वरिष्ठ पत्रकार काइली रोबिन्सनले पनि बताएकी छन् कि उनीहरूलाई 'के कम उमेरकी महिलाहरू गोरा पुरुषलाई मन पराउँछन्?' जस्ता अत्यन्त व्यक्तिगत प्रश्नहरू भेटिएका थिए ।
सीनियर काउन्सलर क्याली स्क्रोडरले पनि जानकारी गराइन् कि केही पोस्टहरूमा मानिसहरूको चिकित्सकीय विवरण, मानसिक स्वास्थ्यसम्बन्धी कुराकानी, घरको ठेगाना र अदालतमा विचाराधीन मुद्दासम्मका विवरणहरू सेयर भएका थिए ।
केही प्रयोगकर्ताले मेटा एआई लाई तस्वीरमा सानो परिवर्तन गर्न पठाएका सेल्फीहरू पनि डिस्कभरी फिड मा सार्वजनिक भएका छन् । तीमध्ये केही त नाबालिगहरूको सेल्फीसमेत थिए, जसमा तिनीहरूको कपालको रङ परिवर्तन गरिएको थियो ।
यी घटनाहरूमा प्रयोगकर्तालाई आफ्ना कुराकानी सार्वजनिक भइरहेछ भनेर थाहा थियो कि थिएन, स्पष्ट छैन् । तथापि पोस्टहरूको स्वभाव हेर्दा धेरैले अनजानेमै पोस्ट बटन थिचेका हुन सक्ने देखिन्छ । मेटा एआई एपमा कुनै च्याट सार्वजनिक रूपमा पोस्ट गर्नु दुई चरणको प्रक्रिया हो ।
च्याटको माथि सेयर बटन देखिन्छ, जसलाई थिचेपछि प्रिव्यु पेजमा लगिन्छ । त्यहाँ पोस्टको शीर्षक र पुरा कुराकानी देखिन्छ र तल पोस्ट नामक बटन मात्र हुन्छ, यद्यपि एपमै स्पष्ट रूपमा बताइएको हुँदैन कि यसले पूर्ण रूपमा सार्वजनिक गरिदिन्छ ।
अपडेट
बाघ ई-स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट
कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटि…
असार १८ गतेबाट शार्क ट्यांक नेपाल प्रसारण हुने
शार्क ट्यांक नेपाल असार १८ गतेबाट प्रसारण हुने भएको छ । असार १८ गतेदेखि प्रत्येक हप्ताको बुधबार र बिहीबार राती ९ बजे हि…
दिपलले विश्वभर डेलिभरी गर्यो पाँच लाख युनिट कार
सांघाई–चांगान अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपलले विश्वभर डेलिभरीको संख्या पाँच लाख युनिट पार गरेको छ …
नेपाल र श्रीलंकाबीच आईटी क्षेत्रमा रणनीतिक सहकार्य
नेपाल र श्रीलंकाले औपचारिक रूपमा एक रणनीतिक द्विपक्षीय साझेदारी सुरु गरेका छन् । यो सहकार्यले दुई राष्ट्रबीच डिजिटल रूपान्तरणला…
एनसेल फाउन्डेसनको सहकार्यमा सुरू भएको आइसिटी ज्ञान कार्यक्रम ६ प्रदेशमा सम्पन्न, शुक्रबार बागमतीमा हुँदै
आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउडेन्सको संयुक्त सहकार्यमा बागमती प्रदेशको दोलखामा आइसिटी ज्ञान कार्यक्रम सञ्चालन हुने भएको छ ।…
डट एनपी डोमेन नामहरू प्रत्येक २-२ वर्षमा शुल्क तिरेर नवीकरण गर्नुपर्ने
अब डट एनपी डोमेन नामहरू प्रत्येक २-२ वर्षमा शुल्क तिरेर नवीकरण गर्नुपर्ने भएको छ । सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि तथ…
एप्पलको लिक्विड ग्लास डिजाइनमा सामसङको व्यंग्य: ‘विन्डोज भिस्टा एयरो यूआई जस्तै’ देखिने दावी
हालै एप्पलले आफ्ना सबै डिभाइसहरूका लागि लेटेस्ट अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ । यसलाई कम्पनीले लिक्विड ग्लास डिजाइन नाम दिएक…
एनसेलले बढायो ‘लीग अफ क्रिएटर्स’मा सहभागी हुने म्याद असार १ सम्म
एनसेलले आयोजना गर्न लागेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा सहभागी हुनका लागि भिडियो पोष्ट गर्ने अन्तिम म्याद पाँच …
के हो मेटाको ‘सुपरइन्टेलिजेन्स’? जसका लागि जुकरबर्ग दिइरहेका छन् करोडौं रुपैयाँ तलब
आजकल धेरै ठूला प्रविधि कम्पनीहरू एआईको दौडमा लागिपरेका छन् । हालै गुगलले आफ्ना यस्ता धेरै एआई फिचरहरूको घोषणा गरेको छ, जुन भ…
एससीटी युपिआई कार्ड बाहकलाई आईएमई हस्पिटालिटीका होटलमा १५ प्रतिशतसम्म छुट
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट…
आईओएस २६ डेभलपर बेटा अपडेट कसरी इन्स्टल गर्ने ?
डब्लुडब्लुडीसी २०२५ इभेन्टको केही घण्टामै एप्पलले आईओएस २६ को पहिलो डेभलपर अपडेट औपचारिक रूपमा रिलिज गरेको छ । यो अपडेटले आई…
बालअस्पताल निर्माणमा सहयोग गर्न पठाओको ‘राइड फर अ कज’ अभियान
पठाओ नेपालले बाल अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले ‘राइड फर अ कज’ अभियान’ सुरु गरेको छ ।
डा भगवान कोइरालाको नेत…
समाचार हटाइएको*
यसअघि प्रकाशित भएको सामग्री पठाओ नेपालले भूलबस पठाएको र उक्त समाचार हटाउन अनुरोध गरेकाले समाचार हटाइएको छ । सम्पादक
नेपाल टेलिकमको प्रवक्तामा रवीन्द्र मानन्धर
नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ता तोकेको छ ।
केन्द्रीय कार्यालयस्थित प्रमुख …
अपरेटिङ सिस्टमहरूको ब्रान्डिङमा एप्पलको ऐतिहासिक परिवर्तन, अब वर्ष आधारित नामाकरण प्रणाली
एप्पलले आफ्नो अपरेटिङ सिस्टमहरूको ब्रान्डिङमा ऐतिहासिक परिवर्तन गर्ने घोषणा गरेको छ। कम्पनीले वर्ल्ड वाइड डेभलपर कन्फेरेन्स (डब्लुडब्…