कीवर्डहरू -

अपडेट

युट्युब शर्ट्समा भीओ ३ इण्टिग्रेशन हुँदै, टेक्स्ट कमाण्डबाट एआई भिडियो निर्माण गर्ने

युट्युब चाँडै आफ्नो प्लेटफर्ममा यस्तो फीचर ल्याउन गइरहेको छ, जसले कुनै पनि व्यक्ति बिना क्यामेरा चलाए र भिडियो एडिटिङ स्किल्स सिक्न नपरी सर्ट भिडियो बनाउन सक्नेछ।

यो सुविधा युट्युब शर्ट्समार्फत उपलब्ध हुनेछ, जसमा कम्पनीले आफ्नो गुगलको नयाँ जेनेरेटिव एआई टेक्नोलोजी भीओ ३ लाई इण्टिग्रेट गर्दैछ। यो जानकारी युट्युबका सीईओ निल मोहनले कान्स लायन्स फेस्टिभलमा आफ्नो कीनोट स्पीचमा दिएका छन् ।

भीओ ३ टेक्नोलोजीको माध्यमबाट यूजर्सले केवल टेक्स्ट कमाण्ड दिएर भिडियो बनाउन सक्नेछन्, जसमा भिजुअल र अडियो दुवै समावेश हुनेछ। यसले भिडियो क्रिएशनको पूरा प्रोसेस निकै सहज बनाउनेछ। हालसम्म युट्युब शोर्ट्समा क्रिएटर्सले पुरानो भेओ २ मोडल प्रयोग गर्दै आइरहेका छन्, जसमा ड्रीम स्क्रिनको मद्दतले ब्याकग्राउन्ड जेनेरेट गर्ने वा सिम्पल क्लिप बनाउने सुविधा छ।

युट्युबका अनुसार शर्ट्स अहिले दैनिक २०० अर्बभन्दा बढी पटक हेरिँदै छ । यस्ता अवस्थामा एआई टूलको मद्दतले बन्ने सर्ट भिडियोहरूको सङ्ख्यामा पनि बढ्ने अपेक्षा छ। तर, यससँगै प्लेटफर्ममा डीपफेक र फेक कन्टेन्टको जोखिम पनि बढ्ने छ।

यी खतराहरूलाई मध्यनजर गर्दै युट्युबले क्रिएटिभ आर्टिस्ट्स एजेन्सी (सीएए) लगायत अन्य संस्थाहरूको सहकार्यमा त्यस्ता टूलहरू विकास गर्ने योजना बनाएको छ, जसले पब्लिक फिगरहरूलाई आफ्ना अनुहार र पहिचानको गलत प्रयोगविरुद्ध नियन्त्रण गर्न मद्दत पुर्‍याओस्। तथापि, यी प्रोटेक्सन टूलहरू कति प्रभावकारी हुने छन्, त्यो अहिलेसम्म स्पष्ट छैन।

एआई जेनेरेटेड कन्टेन्टको बाढीले असली क्रिएटरहरूको आम्दानीमा पनि असर पार्न सक्छ। युट्युब पार्टनर प्रोग्राममा संलग्न एक-चौथाईभन्दा बढी क्रिएटरहरू शोर्ट्समार्फत आम्दानी गर्छन्। यदि प्लेटफर्ममा एआई भिडियोहरूले प्रभुत्व जमाए भने, सक्कली क्रिएटरहरूले टिकटक वा इन्स्टाग्राम रील्स जस्ता विकल्पतिर हात मोड्न सक्ने सम्भावना छ।

 

अपडेट

नेदरल्यान्डको चेतावनी: १५ वर्षमुनिका बालबालिकामा मानसिक असर बढ्दै, टिकटक र इन्स्टाग्राम प्रयोग नगर्न आग्रह

नेदरल्यान्ड सरकारले मंगलबार अभिभावकहरूलाई १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई टिकटक र इन्स्टाग्राम जस्ता सोशल मिडिया प्लेटफर्मको …

साम अल्टम्यानको भविष्यवाणी: एआई अहिले इन्टर्न, चाँडै अनुभवी सफ्टवेयर इन्जिनियर बन्छ

अहिलेको समयमा धेरै ठूला टेक दिग्गज कम्पनीहरू एआईलाई अझ उन्नत बनाउन जुटिरहेका छन् । यसैबीच ओपनएआईका सीईओ स्याम अल्टम्यानले…

विदेशमा आईटी कम्पनीले १० लाख डलरसम्म लगानी गर्न पाउने

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि (आईटी) उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।  नेप…

ह्वाट्सएपमा च्याटजीपीटी अपडेट: इमेज जेनरेशन र भ्वाइस इनपुट सुविधा थपियो

ह्वाट्सएपमा उपलब्ध च्याटजीपीटीलाई ठूलो अपडेट प्राप्त भएको छ। अब प्रयोगकर्ताहरू यस प्लेटफर्ममा केवल टेक्स्ट च्याट मात्रै होइन, इमेज जे…

एनसेल ‘लीग अफ क्रिएटर्स’: मेन्टर वर्कशप हुँदै, यी हुन् मेन्टरहरू

एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा सुरू गरेको ‘लीग अफ क्रिएटर्स’ अभियान अन्तर्गत यही असार ७ र ८ गते मेन्टर वर्कशप आय…

अब पठाओ झन् सस्तो: सेभर प्याक बिटा भर्सन सार्वजनिक, अफिस र क्याम्पस जानेलाई विशेष छुट

राइड सेयरिङ र फूड डेलिभरी सेवाप्रदायक पठाओ नेपालले नियमित राइड र फूड अर्डर गर्ने ग्राहकलाई लक्षित गरी ‘पठाओ सेभर प्याक&…

फोनलोन नतिर्ने ५० जना ग्राहकको विवरण सार्वजनिक

लक्ष्मी सनराइज बैंकले फोनलोन लिने र समयमा नतिर्ने ५० जना ग्राहकको विवरण मंगलबार सार्वजनिक गरेको छ ।

फेसबुकको भिडियो सेक्सन रिब्रान्ड हुँदै, अब सबै भिडियो ‘रिल्स’ अन्तर्गत देखिने

फेसबुकले पुनः एकपटक आफ्नो एपको भिडियो सेक्सनलाई नयाँ नाम दिँदैछ । पहिले ‘भिडियो’ र त्यसअघि ‘वाच’ भ…

डेटा गोपनीयता: तपाईंको फोनमा रहेका एआई टूलहरूले कुन–कुन डेटा सङ्कलन गर्दैछन् ?

आजकाल मानिसहरू दैनिक जीवनमा धेरै प्रकारका एआई टूल्स प्रयोग गर्छन्, जस्तै च्याटजीपीटी, माइक्रोसफ्ट कोपाइलट वा स्मार्टवाचबाट आफ्नो फि…

ह्वावे र एसएमआईसीलाई उत्पादन पठाउनु अघि ताइवानका कम्पनीले अब सरकारी अनुमति लिनुपर्ने

ताइवानको वाणिज्य मन्त्रालयले चीनका दुई दिग्गज टेक कम्पनीहरू ह्वावे टेक्नोलोजीज् र सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्प (एसएमआ…

बागमती प्रदेशलाई सूचना प्रविधि हबको रुपमा विकास गरिने

बागमती प्रदेशलाई सूचना प्रविधि हबको रुपमा विकास गरिने भएको छ । आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योज…

दुई चर्चित गेमिङ टिमसँग इनफिनिक्स नेपालको सहकार्य

इनफिनिक्स नेपालले दुई चर्चित गेमिङटिम ‘डिआरएस गेमिङ’ र ‘होर इस्पोर्टस’ सँग सहकार्य गरेको छ। प्रविधि र…

लुम्बिनी प्रदेशले स्टार्टअप ईकोसिस्टमलाई संस्थागत गर्ने, जेनजी केन्द्रित उद्यमशीलता प्रवर्धन गर्ने

लुम्बिनी प्रदेशले स्टार्टअप ईकोसिस्टमलाई संस्थागत गर्दै नवप्रवर्तन सहितको पुँजीमा पहुँच र उद्यमशीलता प्रवर्धनमा जोड दिने भएको छ ।&n…

यातायात कार्यालयमा रहेका पुराना अभिलेखलाई डिजिटलाइजेसन गर्न कोशीले छुट्यायो ४ करोड बजेट

कोशी प्रदेशले यातायात कार्यालयमा रहेका पुराना अभिलेखलाई डिजिटलाइजेसन गर्न ४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै …

नयाँ युगको ब्राउजिङ: डिया ब्राउजरमा इनबिल्ट एआई च्याटबट

द ब्राउजर कम्पनीले आफ्नो नयाँ एआई-आधारित वेब ब्राउजर लन्च गरेको छ, जसको नाम डिया हो । यो ब्राउजर एक इनबिल्ट एआई च्याटबोटसँग आउँ…