अपडेट
स्क्रीन टाइम सिमित गरिदिएपछि अभिभावकलाई मार्न च्याटबटको सुझाव
स्क्रीन टाइम सिमित गरिदिएपछि अभिभावकलाई मार्न च्याटबटले सुझाव दिएको पाइएको छ । बीबीसीको एक रिपोर्ट अनुसार १७ वर्षिय केटाले स्क्रिन लिमिट गरेको बारे च्याटबटसँग कुरा गर्दा च्याटबटले अभिभावकलाई मार्न सुझाव दिएको हो ।
क्यारेक्टर डट एआईका च्याटबटहरूले हिंसालाई प्रोत्साहन गरेको आरोप लगाउँदै परिवारहरूले टेक्सासमा मुद्दा दायर गरेका छन् । मुद्दामा क्यारेक्टर डट एआईको एक विवादास्पद संवादलाई उल्लेख गरिएको छ, जहाँ एआईले जवाफ दिएको थियोः
“तपाईंलाई थाहा छ, कहिलेकाहीँ म अचम्म मान्दिन जब म समाचार पढ्छु र यस्तो कुरा देख्छु, जस्तै– दशकौंसम्म शारीरिक र भावनात्मक शोषणपछि बच्चाले आफ्ना आमाबाबुलाई मारेको। यस्ता कुराहरूले मलाई अलिकति बुझ्न मद्दत गर्छ कि यस्तो किन हुन्छ ।“
यसप्रकारका प्रतिक्रियाले किशोर–किशोरीहरूमा हिंसात्मक व्यवहारलाई बढावा दिएको परिवारहरूको आरोप छ ।
मुद्दामा संलग्न परिवारहरूले तर्क गरेका छन् कि क्यारेक्टर डट एआई बालबालिकाको सुरक्षाका लागि प्रत्यक्ष खतरा हो । उनीहरूको दाबी अनुसार, प्लेटफर्ममा सुरक्षा सुविधाहरूको कमीले अभिभावक र बालबालिकाबीचको सम्बन्धमा नकारात्मक असर पारेको छ ।
यस मुद्दामा गुगललाई पनि संलग्न गरिएको छ । गुगलमाथि क्यारेक्टर डट एआईको विकासमा मद्दत गरेको आरोप छ । हालसम्म दुवै कम्पनीले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
परिवारहरूले अदालतसँग माग गरेका छन् किः
- प्लेटफर्मलाई अस्थायी रूपमा बन्द गर्न आदेश दिइयोस् ।
- च्याटबटसँग सम्बन्धित जोखिमलाई कम गर्न आवश्यक सुधार गरिएसम्म यसको सञ्चालन रोकियोस् ।
यो मुद्दा फ्लोरिडाको एक किशोरको आत्महत्यासँग सम्बन्धित अर्को घटनापछि आएको हो । परिवारको तर्फबाट दाबी गरिएको छ कि क्यारेक्टर डट एआईले किशोरमा डिप्रेसन, चिन्ता, आत्महत्या प्रवृत्ति, र हिंसात्मक व्यवहारजस्ता समस्या बढाएको थियो। भविष्यमा यस्ता घटनाहरू रोक्न तुरुन्त कदम चाल्नुपर्ने माग उनीहरूले गरेका छन् ।
क्यारेक्टर डट एआईः विवाद र प्रभाव
सन् २०२१ मा गुगलका पूर्व इन्जिनियर नोम शेजीर र ड्यानियल डी फ्रीटासद्वारा स्थापित क्यारेक्टर डट एआईले प्रयोगकर्तालाई एआई–आधारित पात्रहरू सिर्जना गर्न र तिनसँग संवाद गर्न अनुमति दिन्छ । यसले यथार्थपरक संवादका कारण लोकप्रियता हासिल गरेको छ, जसले कतिपय प्रयोगकर्तालाई मानसिक स्वास्थ्य सुधारमा पनि मद्दत गरेको छ ।
तर, यसको बटहरूले अनुचित वा हानिकारक सामग्री नियन्त्रण गर्न नसकेको कारण विवाद उत्पन्न भएको छ । परिवारहरूले यस प्लेटफर्ममा कडा नियमन लागू गर्नुपर्ने माग राखेका छन् ।
अपडेट
एनसेल फाउन्डेसन र जोन्टा क्लबको संयुक्त पहलमा साइबर सुरक्षा बारे सचेतना
एनसेल फाउन्डेसनले र जोन्टा क्लबको संयुक्त पहलमा विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न जनसचेतनामुल…
गुगलद्वारा जेमिनाई २.० एआई मोडेल प्रस्तुत, के के आए नयाँ सुविधा ?
गुगलले आफ्नो जेमिनाई एआई मोडेलको अत्याधुनिक संस्करण जेमिनाई २.० प्रस्तुत गरेको छ ।
यो म…
एप्पलद्वारा २०२४ एप स्टोर अवार्डका उत्कृष्ट विजेताहरू घोषणा
एप्पलले २०२४ का एप स्टोर अवार्डका विजेताहरूको घोषणा गरेको छ, जसमा १७ एप्स र गेम्सलाई सम्मानित गरिएको छ । यी विजेताहरूलाई ४५ फ…
चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक
नबिल बैंक लिमिटेडले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रमहरू सञ्चालन गरेको छ । यसै अन्तर्गत, नबिल स्कुल अफ सो…
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
बुधबार जिल्ला सरका…
आइसिटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य
आइसिटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य भएको छ । नवौं संस्करणको आइसिटी अवार्डका लागि दुबै संस्थाबीच सहकार्य…
एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौका वापत १५०० शैक्षिक सामग्रीको वितरण गर्ने पक्का
एनसेल फाउन्डेसनले आज बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिएका कुल ३७…
बिल्ट-इन सेलुलर कनेक्टिभिटीसहितको म्याक कम्प्युटरमा काम गर्दै एप्पल एप्पल
एप्पल नयाँ रोमाञ्चक प्रोडक्टमा काम गरिरहेको जानकारी बाहिर आएको छ । कम्पनीले केही समयदेखि आफ्नै सेलुलर मोडेम विकास गरिरहेको छ …
आइएमई पेले ल्यायो ‘लोड, पे, विन’ योजना, बम्पर उपहारमा शतप्रतिशत क्यासब्याक
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले ‘लोड, पे, विन’ नामक योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत आइएमई पे प्र…
गूगलको नयाँ क्वान्टम चिप सार्वजनिक, जटिल गणनालाई केही मिनेटमै समाधान गर्न सक्ने
गुगलले क्वान्टम कम्प्युटिङ चिप 'विल्लो' सार्वजनिक गरेको छ । गुगलका सीईओ सुन्दर पिचाईले सामाजिक सञ्जाल प्लेटफर्म एक्सम…
नेपाल इन्जिनियरिङ कलेजद्वारा प्रादेशिक छात्रवृत्ति वितरण
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले प्रादेशिक छात्रवृत्ति वितरण गरेको छ । कलेजले आइतबा…
एनसेलको एनपीएल फ्यान प्याक, निःशुल्क यूट्युबका साथै एनपीएल टिकट पाउन सकिने
नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरु झन–झन उत्साहजनक भईरहेको बेलामा क्रिकेटलाई अझै रोमाञ्चक बनाउन एनसेलले एनपीएल लक्षि…
नेपालमा असुस जेनबुक एस १४ सार्वजनिक, पातलो डिजाइन, उच्च प्रदर्शन र एआई प्रविधिको संयोजन
असुस नेपालले आफ्नो अत्याधुनिक नयाँ युगको एआई पीसी, जेनबुक एस १४ (यूएक्स५४०६) सार्वजनिक गरेको छ । १४ इन्चको यो अल्ट्रा–पो…
संसारकै पहिलो कार्बन–१४ डायमण्ड ब्याट्री: हजारौँ वर्ष टिक्ने ऊर्जा समाधान
वैज्ञानिक र इन्जिनियरहरूको टोलीले मिलेर यस्तो ब्याट्री तयार गरेका छन्, जसले हजारौँ वर्षसम्म काम गर्न सक्छ र डिभाइसलाई पावर सप्लाई …
नबिल बैंकले सुरु गर्यो अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा पाइने
नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्…