अपडेट
एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् ।
एनसेलले गरेको सामुहिक प्रयास र सामाजिक पहलहरुले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुसी भएको खड्काले बताइन् । 'एनसेल फाउन्डेसनको सुरुवातसँगै हामी सामाजिक पहलहरू मार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउन र दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौं,' खड्काले भनिन् ।
एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशैभरि १०० भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको छ । रिङरोडको कोटेश्वर–कलङ्की १०.२ किलोमिटर सडक खण्डको दुवैतिर गरिएको ल्याण्डस्केपिङ र हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयहरुमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरि सञ्चालन गरिएको एटीन फर एटीन सामाजिक पहल एनसेलले कार्यान्वयन गरेको केही प्रमुख परियोजनाहरु हुन् ।
आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुवात गरेको घोषणा गरेको छ । यसअन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको सामुदाय स्तरमा कुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ ।
एनसेलले विभिन्न सामाजिक पहलहरुमा रु २ अर्ब भन्दा बढिको योगदान गरिसकेको छ । सामाजिक परियोजनामार्फत सामाजिक–आर्थिक विकासमा योगदान पु¥याएकोले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भईसकेको छ ।
वुमन्स ट्याब्लोइड अवार्ड्सले मुख्य रूपमा वुमन लिडर, चिफ एक्जिक्युटिभ अफिसरहरु, उद्यमीहरू, र महिलाले सञ्चालन गरेका व्यवसायहरुको उल्लेखनीय उपलब्धिहरुको सम्मान गर्दछ । वुमन ट्याब्लोइड एउटा ग्लोबल बिजनेश म्यागेजिन हो जसले विभिन्न उद्योगहरूमा महिलाहरूले गरेको उपलब्धि, चुनौती र योगदानलाई हाइलाइट गर्दछ ।
अपडेट
एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपुल्स च्वाइस अवार्ड
नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआइ प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को म…
आईटी लगायतका क्षेत्रमा नेपालमा लगानी गर्न कतारका लगानीकर्ता इच्छुक
नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न कतारका लगा…
स्मार्टफोनको स्टोरेज कसरी बढाउने ?
स्मार्टफोन अब केवल फोन या म्यासेज गर्न मात्र सीमित रहेन । आजभोलि यसको दायर धेरै फराकिलो भएको छ । स्टोरदेखि विभिन्न काम गर्नका ल…
सीजी नेटले ल्यायो हात खाली नरहने अफर, नवीकरण वा नयाँ जडान गर्दा स्कुटर जित्ने मौका
सिजी नेटले चाडपर्व लक्षित हातै खाली नरहने अफर ल्याएको छ । दशैँ, तिहार, छठ तथा ईद पर्वको अवसरमा सीजीनेटले असोज र कात्तिक महिन…
सरोकारवाला भन्छन्, ‘एआईलाई नियमन गर्नुपर्छ, नियन्त्रण होइन’
सरकाले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अवधारणा-पत्र’का विभिन्न पक्षहरूमा सरोकारवाला निकायका…
डिशहोमको इन्टरनेट जोड्दा वासिङ मेसिनदेखि स्मार्टफोनसम्म जित्ने मौका
डिशहोमले फाइबरनेटले नयाँ इन्टरनेट जोड्ने र रिचार्ज गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत २…
असोजभित्र वित्तीय विवरण, रोयल्टी र आरटीडीएफ बुझाउन सेवा प्रदायकलाई नियामकको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष रकम दाखिला गर्न सेवा प्रदायकहरूलाई अनुरोध गरेको छ । प्राधिक…
एनसेल फाउन्डेशनद्वारा निग्लिहवा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना
एनसेल फाउन्डेशनद्वारा प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका, वड…
साओमी वा रेड्मीका मोबाइल किन्दा स्मार्टवाचदेखि थाइल्याण्ड ट्रिपसम्म जित्ने अवसर
साओमीले यो वर्षको दशैंलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” घोषणा गर…
ब्रदरमार्टको एक्सचेञ्ज मेला, पुरानासँग नयाँ स्मार्टवाच साट्न सकिने
ई-कमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्ट स्मार्टवाच एक्सचेन्ज मेलाको घोषणा गरेको छ । मेला असोज १७ गते ब्रदरमार्ट पिकअप प्वाइन्ट, बत्ती…
एप्पल एम ४ म्याकबुक प्रो चाँडै सार्वजनिक हुने
एप्पलले आफ्नो म्याकबुक पोर्टफोलियो विस्तार गर्ने योजना बनाएको छ । यस विषयमा विभिन्न जानकारीहरू बाहिर आउन थालेका छन् । पछिल्लो रिपोर्टमा एप्पल एम ४ म्याकबुक प्र…
रियलमीको दशैं तिहार अफर, मोबाइल खरिदमा एमजी ईभी, स्कुटर, स्मार्टवाच, एयरबड जित्ने मौका
रियलमी नेपालले दशैं र तिहारको अवसरमा बडा अफर लिएर आएको छ । असोज १५ गतेदेखि कार्तिक २२ गतेसम्म सञ्चालन हुने अफरमा रियलमीका …
अब ह्वाट्सएपबाटै रिल हेर्न सकिने
ह्वाट्सएपको प्रयोग फोटो–भिडियो सेयरिंग र टेक्स्ट गर्ने मात्रै होइन, भिडियो कलिङको लागि पनि गरिन्छ । तर अब तपाईं ह्वाट्सएपबा…
रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन ६१ नेपालमा उपलब्ध
रियलमीले नेपालमा रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ । रियलमी सी ६७ फाभजीमा ५० मेगापिक्सेलको ३ एक्स…
दराजको दशैं धमाका योजनाका सानिमा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट
सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
…