कीवर्डहरू -

अपडेट

नबिल बैंकले पायो ‘द बैंकर्स टेक्नोलोजी’ अवार्ड

नेपालको अग्रणी बैंक नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ ।

विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्यांकनका आधारमा प्रदान गरिएको नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।

‘यो अवार्डले बैंकको सेवालाई अझ प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउन प्रोत्साहन मिलेको छ,’उनले भने । नबिल बैंकले आफ्नो स्थापनाकाल देखि नै प्रविधिलाई प्राथमिकतामा राखेको बताउँदै उनले भने, ‘नबिलले बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग गर्दै नयाँ आयाम थप्दै सेवाग्राहीलाई सुविधा सम्पन्न सेवा दिँदै आएको छ ।’

बैंकले पछिल्लो समय डिजिटल सेवालाई प्राथमिकतामा राख्दै दिगोपनामा पनि जोड दिएको छ । कागजी प्रक्रियालाई हटाउँदै, डिजिटल माध्यममार्फत सहज, छरितो र पारदर्शी सेवा दिने बैंकको प्रयासलाई उक्त अवार्ड प्रदान गरिएको हो ।  

‘प्रविधिलाई नवप्रवर्तनको शक्ति मानेर हामीले रूपान्तरणमा केन्द्रित रणनीति अपनाएका छौं, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा एनालिटिक्स र एनबैंक एपमार्फत ग्राहकअनुकूल सेवा प्रवाहमा सुधार गरिरहेका छौं,’ ज्ञवालीले भने । 

अपडेट

एभरेष्ट बैंकले ल्यायो इबिएल भर्चुअल क्रेडिट कार्ड

एभरेष्ट बैंकले इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्र…

मञ्जुश्री फाईनान्स र एनसीएचएलबीच नेपालपे कार्डका लागि प्रिन्सिपल मेम्बरसिप सम्झौता

मञ्जुश्री फाईनान्स र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्कीम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्…

ह्वाट्सएपमा युजरनेम सिस्टम: अब मोबाइल नम्बर नदिई च्याट गर्न सकिने

ह्वाट्सएप लामो समयदेखि एक निशुल्क म्यासेजिङ सेवा हो, जसले हरेक वर्ष केही न केही नयाँ र उपयोगी फिचरहरू ल्याउने गर्दछ । चाहे त्यो…

च्याटजीपीटीसँग व्यावसायिक सल्लाह लिँदा आयो अप्रत्याशित जवाफ: ‘अहिलेनै जागिर नछाड’

एआई हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ,। दैनिक जीवनका अधिकांश कामहरूमा मानिसहरू एआईमा यति निर्भर भइसकेका छन् कि यस…

माइन्डराइजर्स इन्स्टिच्युटद्वारा छोटा आईटी कोर्षहरूमा ५० प्रतिशतसम्म छुट

काठमाडौंस्थित माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले आफ्ना सम्पूर्ण छोटा आईटी कोर्षहरूमा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ। आईट…

च्याटबटसँग संवेदनशील जानकारी शेयर नगर्न विज्ञहरूको चेतावनी, कस्ता जानकारी शेयर नगर्ने ?

च्याटबटहरू सहायक र विश्वसनीय असिस्टेन्ट जस्तो लाग्न सक्छन् । तर, विशेषज्ञहरूले तिनीहरूप्रति धेरै भरोसा गर्न सचेत गराएका छन् । विशेष…

धम्की दिँदा एआईले राम्रो जवाफ दिन्छ? सर्गेई ब्रिनको टिप्पणीले सुरु गर्‍यो गम्भीर बहस

गुगलका सह–संस्थापक सर्गेई ब्रिनले दाबी गरेका छन् कि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट राम्रो नतिजा पाउनका लागि एआईलाई धम्…

अमेरिकामा नेपालीले सुरू गरे भेञ्चर क्यापिटल फर्म ‘मोमो भीसी’, प्रविधि स्टार्टअपलाई सशक्त बनाउने

विश्वभर फैलिएका प्रवासी नेपाली समुदायको हक हितका लागि काम गर्दै आएका प्रीति अधिकारी र सजन गौतमले अमेरिका-आधारित भेञ्चर क्यापि…

भाडा नबढाएको पठाओको स्पष्टिकरण, अफलाइन राइडबाट होसियार रहन आग्रह

सोमबार राजधानीमा सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङ सेवामार्फत भाडा वृद्धि गरिएको भन्ने समाचारहरु बाहिर…

मधेश प्रदेशमा “आईसीटी ज्ञान” डिजिटल साक्षरता कार्यक्रम सम्पन्न, २५० बढी सहभागी

आईसीटी फाउन्डेशन नेपाल र एनसेल फाउन्डेशनको संयुक्त पहलमा सञ्चालित “आईसीटी ज्ञान” डिजिटल साक्षरता अभियान अन्तर्गत मधेश प्रदेश, सर्लाहीको सोल्टीबजा…

पुराना आइफोन र एन्ड्रोइडमा ह्वाट्सएप बन्द हुने, मेटाको सुरक्षा र अपडेट नीतिअनुसार निर्णय

ह्वाट्सएप अब केही पुराना आइफोन र एन्ड्रोइड डिभाइसहरूमा काम गर्ने छैन् । यो परिवर्तन २०२५ जुन १ देखि लागू हुनेछ । पहिले मेटा (ह्…

खुला विश्वविद्यालयमा पत्रकारितामा प्रविधिको प्रयोग बारे अतिथि शत्र सञ्चालन

नेपाल खुला विश्वविद्यालय अन्तर्गत सामाजिकशास्त्र तथा शिक्षा संकायको मास्टर इन मिडिया एण्ड कम्युनिकेशन स्टडिज कार्यक्रममा अध्ययनरत तेस्…

‘आईसिटी ज्ञान’ कार्यक्रमअन्तर्गत मोरङमा डिजिटल साक्षरतामूलक तालिम सम्पन्न, २०० बढी विद्यार्थी र शिक्षक सहभागी

आईसिटी फाउण्डेशन नेपाल र एनसेल फाउण्डेशनको संयुक्त पहलमा सञ्चालन भएको ‘आईसिटी ज्ञान’ कार्यक्रम अन्तर्गत मोरङ, ऊरलाबारी–६ स्थित श्री राधिका …

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमा रियल टाइम डलर कार्ड टप-अप सुविधा सुरु

 डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ …

इसेवा अफर: हरेक दिन दुई जनालाई डबल क्यासब्याक, अन्त्यमा रु १ लाखको बम्पर पुरस्कार

नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘बिना ट्रबल पैसा डबल’ अफर सार्वजनिक गरेको छ …