कीवर्डहरू -

अपडेट

इकमर्समा अर्को फड्को, इसेवाले भाटभटेनी अनलाइन किन्यो 

चर्चित अनलाइन सपिङ पोर्टल ुभाटभटेनीअनलाइन डटकमु लाई एफवानसफ्ट ईन्टरनेशनल प्रालिले एक्वायर गरेको छ।  

विगत ६ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी अनलाइन डटकमलाई अझ सशक्त र सबैको पहुँचमा पुर्याउने उद्देश्यका साथ एक्वायर गरिएको एफवान सफ्ट ईन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बताए।

‘भाटभटेनीअनलाइनलाई डोमेन परिवर्तन गरेर हामी अब इसेवापसल डटकममा सञ्चालन गर्छौं, उनले भने । त्यसमा हाम्रो प्राविधिक विज्ञतालाई प्रयोग गरेर अझ सरल र उत्कृष्ट बनाउँदै सबैको पहुँचमा पुर्याउँछौं।ु 
 
ईसेवापसल डटकमका सिइओ मनिस श्रेष्ठले एफवान सफ्टसँगको सहकार्यले अब अनलाइन सपिङको क्षेत्रमा आफुहरूले ठूलो फड्को मार्ने बताए। अबको भविष्य भनेकै अनलाइन सपिङको हो। एफवानसफ्टसँगको सहकार्यले हामी यसलाई धेरै अगाडि बढाउनेछौं' उनले भने । 
 
पसलमा इसेवालगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ र ईबैंकिङमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। साथै ईसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ। ईसेवापसल डटकमले ग्राहकको सुविधालाई ध्यानमा राखी विभिन्न किसिमका छुट र अफर पनि सार्वजनिक गरेको छ। साथै कम्पनीले अधिकत्तम २४ घण्टा भित्र निशुल्क डेलिभरी गर्नेछ।
 
सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा विक्री वितरण गर्दै आएको छ।

नेपाल सरकारले नगद कारोबारलाई घटाएर डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने नीति लिइरहका बेला एफवानसफ्टले पनि यस अभियानलाई टेवा पुग्ने सफ्टवेयर निर्माण गर्दै आएको छ। कम्पनीले चार सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ।
 

अपडेट

 “किरानामा” कुमारी बैंकको महाबचत योजना 

कुमारी बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति …

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको मिस्ड कल एलर्ट सेवा सुचारु

नेपाल टेलिकमले मिस्ड कल एलर्ट Missed Call Alert - MCA सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दि…

काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने

काठमाडौं – नेपालमै पहिलो पटक काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरु प्रदर्शन गरिने छ…