कीवर्डहरू -

अपडेट

गूगल असिस्टेन्ट अझ स्मार्ट बन्दै,जोडिए नयाँ फिचर्स

क्यालीफोर्नियामा ८ मे बाट १० मे सम्म चलेको गूगलको वार्षिक कन्फ्रेन्समा कम्पनीका सीइयो सुन्दर पिचाईले गूगल असिस्टेन्ट बारेमा केहि ठुला घोषणाहरु गरेकाछन् । आर्टिफिशियल इंटेलिजेन्स पावर असिस्टेन्ट को क्षेत्रमा गूगलले आफ्नो गूगल असिस्टेन्समा धेरै परिवर्तन गरेको छ ।

छ नयाँ आवाजहरु जोडिने:

गूगलले ' गूगल असिस्टेन्ट ' सँग कुरा गर्नका संगीतकार जोन लिजेन्ड सहिको ६ आवाजमा कुनै एउटा आवाज चुन्ने विकल्प रहने कुरा मंगलबारको कार्यक्रममा घोषणा गरेको छ ।वार्षिक सम्मेलन Google I/O ,२०१८ मा कम्पनीले उक्त महिला र पुरुष दुवैको आवाज भएको विकल्पको शुरुवात यो बर्षको अन्त्यमा हुने कुरा बताएको छ।

कम्पनीका मुख्य अधिकारी सुंदर पिचाईका अनुसार गूगल आफ्नो भ्वाइस असिस्टेन्टमा जसले मानिसको जस्तै बातचित गर्न सक्लभ जसले मानिसको जस्तै बातचित गर्न सक्ने  प्राकृतिक आवाज जोड्ने बिषयमा काम गरिरहेको छ ।

वेबनेट टेक्नोलोजीमा गर्छ काम :

गूगल असिस्टेंसको यो नयाँ संस्करण वेबनेट नामक मेशीन लर्निंग टेक्नोलोजीमा रहेर तयार पारिएको हो ।जसलाई कम्पनीले १८ महिना अघि देखि डेभलप गर्ने शुरु गरेको थियो । अब भने गूगललाई एकपटक "हे गूगल" या "ओके गूगल" भनेर कमाण्ड गरे पछि युजर्सले निरन्तर कुराकानी गर्न सक्छन् । यसकारण गूगलको यो सुबिधालाई ' निरन्तर वार्तालाप ' को नाम दिईएको छ । र यो आउने हफ्ताबाट संचालनमा आउने छ । उक्त नयाँ असिस्टेन्टले अब दुई वाक्यको बीच फरक छुट्टाउन सक्ने भएका कारण अब एकै समयमा दुई अलग अलग क्वेरीको विशिष्ट उत्तर सहित जवाफ दिन सक्छ ।

असिस्टेन्टबाट पनि म्यापको प्रयोग गर्न सकिन्छ :

गुगलले आफ्नो डिभाइस असिस्टेन्टलाई गूगल म्यापमा पनि जोड्न लाग्दै छ । यो फिचर चाँडै आइओएस र एन्ड्रोइडमा उपलब्ध हुनेछ । उक्त असिस्टेन्टले बच्चाहरुलाई बिनम्र भाषाको प्रयोग गर्न समेत सिकाउँछ । जब बच्चाहरुले कमाण्डको लागि 'कृपया' भन्ने बित्तिकै,उनीहरुलाई प्रतिक्रियामा भर्चुअल असिस्टेन्टले पहिले धन्यबाद भन्ने छ । यसमाथि पनि कम्पनीले असिस्टेन्स द्वारा अपरेट हुने खालको स्मार्ट डिस्प्ले लन्च गर्ने तयारीमा छ ।

जीमेलमा जोडिने छ 'स्मार्ट कम्पोज' फिचर :

कम्पनीका मुख्य अधिकारि सुन्दर पिचाईले गूगल असिस्टेन्ट द्वारा अपरेट हुने स्मार्ट कम्पोज जी –मेल को बारेमा पनि बताएका छन् ।यो नयाँ सुबिधा द्वारा युजर्स मेशिन लर्निंग टेक्नोलोजीको प्रयोग गरेर इ-मेल लेख्न सक्नेछन् । टाइप गर्न सुरु गरेपछि,स्मार्ट कम्पोजले सुझाव दिन्छ कि अब अगाडी के लेख्ने । यो फिचरले गूगल अटोकम्प्लिटले जस्तै काम गर्छ । गूगलको यो फिचर यहि महिना भित्र युजर्सको लागि उपलब्ध हुने कम्पनीले बताएको छ

\"\"

अपडेट

क्यान रुपन्देहीको आयोजनामा सुचना प्रबिधि सम्वन्धि गोष्ठि सम्पन्न

राष्टिय सुचना तथा सञ्चार प्रबिधि सप्ताहका अवसरमा क्यान रुपन्देहीको आयोजनामा तिलोत्तमाको नयामिलमा सुचना प्रबिधि सम्वन्धि गोष्ठि सम्पन्न भएको छ ।

बुढानिकलकण्ठमा विद्युतिय शुसासन सम्वन्धी कार्यक्रम सम्पन्न, २ बर्षमा उल्लेख्य प्रगति हुने मेयरको दाबि

भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुचयुक्त विद्युतिय शुसासन सम्वन्धी वर्कशप सम्पन्न भएको छ । शुक्रवार पार्क भिलेज रिसोर्टमा आयोजना भएको कार्यक्…

सरकारको तर्फबाट मनाइयो आइसिटी दिवस, सूचना प्रबिधिले देशको सम्रिद्दीमा सहयोग गर्ने  

नेपाल सरकारको तर्फबाट पहिलो पटक आइसिटी दिवस मनाइएको छ । मे २ मा विगत ८ वर्षदेखि क्यान महासंघले मनाइरहेको आइसिटी दिवसलाइ सरकारले गत वर्ष राष्ट्रिय आइसि…

बुढानिकलकण्ठमा पहुचयुक्त शुसासन कार्यक्रम आयोजना हुदै

भर्याङ नेपाल नामक संस्थाले देशभर सरकारी कामकाज प्रविधिमैत्री बनाउनको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको जनाएको छ । पहिलो कार्यक्रमको रुपमा बैशाख २१ …

के हो स्मार्ट सिटी ?

सोच्नुस् त त्यस्तो सहर, जहाँ जताततै हरियाली, सुन्दर र शान्त छ । हरेकसँग इन्टरनेट र विभिन्न किसिमका ग्याजेट छन् । अनि चौबिसै घन्टा बिजुली अनि खानेपानीको व्यव…