कीवर्डहरू -

जूम मिटिङका लागि नयाँ जनावर अवतार सार्वजनिक 

जूम मिटिङका लागि नयाँ जनावर अवतार सार्वजनिक 

जूमले मिटिङहरुका लागि नयाँ जनावर अवतार ल्याएको छ । कोरोना महामारीले सबैलाई भिडियो कन्फेरेन्सिङ एपहरुबाट दिक्क लगाईसकेको छ र त्यस कारण कल गर्ने तरीकामा केही रमाइलोपना ल्याउन जूमले नयाँ जनावर अवतार ल्याएको हो ।

यी अवतारले तपाईको मुहारको भाव अनुसारकै अभिव्यक्ति गर्ने गर्दछन् । यी अवतारहरु थ्रिडी क्यारेक्टर हुन् । जूमले फिचरको नाम एनिमोजी राखेको छ ।

अहिलेका लागि कुकुर, बिरालो, स्याल जस्ता एनिमोजी मात्र उपलब्ध छन् तर आगामी दिनमा जूमले अरु अवतारहरुको पनि जाँच गर्ने भएको छ ।

यो फिचर प्राप्त गर्न आईओएस, म्याक वा विन्डो डिभाइसहरुमा जूम ५.१०.० भर्सन अपडेट वा डाउनलोड भएको हुनुपर्नेछ । अवतारले तपाईलाई आफ्नो मुख नदेखाइकनै अनुहारको भाव जनाउन दिने हुँदा यो फिचर केहीका लागि महत्वपूर्ण हुन सक्नेछ ।