कीवर्डहरू -

कागजात रूजु गरेर मात्र सिम वितरण गर्न प्राधिकरणको निर्देशन, अन्यथा कारवाही गर्ने चेतावनी 

कागजात रूजु गरेर मात्र सिम वितरण गर्न प्राधिकरणको निर्देशन, अन्यथा कारवाही गर्ने चेतावनी 

नेपाल दूरसञ्चार प्राधिकरणले नियमानुसार कागजात रूजु गरेर मात्र सिमकार्ड तथा रिमकार्ड वितरण गर्न मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै सिमकार्ड तथा रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने केवाईसी (नो योर कस्टुमर) रितपूर्वक नभरी र नियमानुसार कागजात रूजु नगरी सेवा प्रदायकले सिम वितरण गरेकोप्रति ध्यानाकर्षण जनाएको हो ।

प्राधिकरणको सूचनामा भनिएको छ, ‘मोबाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्डहरू बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (KYC) रितपूर्वक नभरी र नियमानुसार कागजातहरू रुजु नगरी सेवा प्रदायकहरूबाट सिमकार्ड/रिमकार्ड बिक्री वितरण भईरहेको भन्ने बुझिन आएकोले मोबाइल सेवा प्रदायकहरूले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रितपूर्वक फारम (KYC) भर्न लगाई र विवरणहरू रुजु गरेर मात्र सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्न र ग्राहकहरूले पनि आफ्नै वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड/रिमकार्ड खरिद गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइएको छ ।’

सूचना विपरित हुने गरी सिमकार्ड/रिमकार्ड खरिद बिक्री गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ ।