कीवर्डहरू -

इसेवाको सञ्चालक पदबाट अस्गर अलीले दिए राजिनामा

इसेवाको सञ्चालक पदबाट अस्गर अलीले दिए राजिनामा

नेपालको लोकप्रिय मोबाइल वालेट इसेवाको संचालक पदबाट राजिनामा दिएका छन् । वैशाख १२ गतेदेखि लागु हुनेगरी अलीले इसेवाको सञ्चालक पदबाट राजिनामा दिएका हुन् ।

इसेवालाई नेपालको लोकप्रिय डिजिटल वालेट बनाउन महत्वपूर्ण भूमिका खेलेका अस्गर अली बाहिरिएका छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञ समेत भइसकेका अलीले यसअघि इसेवाको प्रमुख कार्यकारी अधिकृत भएर काम पनि गरिसकेका छन् ।

त्यस्तै इसेवाको सञ्चालक समितिको बैठकले पूर्व बैंकर परशुराम कुँबर क्षेत्रीलाई अध्यक्षमा चयन गरेको छ । क्षेत्रीले केही दिनमा राष्ट्र बैंक समक्ष पद तथा गोपनीयताको सपथ लिनेछन् ।