कीवर्डहरू -

तपाईको मतदाता परिचय पत्र हराएको भए यसरी हाल्नुहोस् भोट

तपाईको मतदाता परिचय पत्र हराएको भए यसरी हाल्नुहोस् भोट

अब मतदाता परिचय पत्र हराएमा नागरिक एपको सहायताले भोट हाल्न सकिने भएको छ । तपाईको मतदाता परिचय पत्र हराइहाल्यो भने पनि डर मान्नु पर्ने अवस्था छैन् ।

भोट हाल्ने तरिका बुझ्नका लागि तलको प्रक्रिया प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि सर्वप्रथम यस लिकंमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो जिल्ला, स्थानिय निकाय र मतदान केन्द्र छनोट गरि आफ्नो मतदाता परिचय पत्र नम्बर खोज्नुहोस् र नागरिक एप डाउनलोड गरि सोहि मतदाता परिचय पत्र नम्बरको प्रयोग गरि नागरिक एप भेरिफाई गर्नुहोस् ।

यसो गर्नाले तपाईं को मतदाता परिचय पत्र नागरिक एपमा देखिनेछ र मतदानको दिन प्रयोग गर्न सक्नु हुनेछ । मतदाता परिचय पत्र हराएको वा नष्ट भएको वा विभिन्न कारणले प्रयोग हुन नसकेको भए यस प्रक्रियाले सहजै भोट हाल्न सकिनेछ ।