कीवर्डहरू -

एआईको प्रयोग र भविष्य

एआईको प्रयोग र भविष्य

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम वुद्धि जसले मानिसको जस्तै काम गर्न सक्छ । विश्वमा अहिले एआईको प्रयोग तिब्र रुपमा बढिरहेको छ । एआई प्रविधि उद्योगमा सबैभन्दा ग्रो भइरहेको प्रविधि हो ।

आर्टिफिसियल इन्टेलिजेन्सले आफै डिजिसन लिन पनि सक्छ । एआईमा आधारित भएर सेल्फ ड्राइभिङ कारको पनि निर्माण भइरहेको छ । जसको लागि एनभिडियाले ड्राइभ पीएक्स पेगासुस नामको कम्प्युटर बनाएको छ ।


आर्टिफिसियल इन्टेलिजेन्सले आफै डिजिसन लिन पनि सक्छ । एआईमा आधारित भएर सेल्फ ड्राइभिङ कारको पनि निर्माण भइरहेको छ । जसको लागि एनभिडियाले ड्राइभ पीएक्स पेगासुस नामको कम्प्युटर बनाएको छ ।

एआई प्रयोग गरिएको रोबोटले मानवलाई पनि असर पुर्याउन सक्छ भनेर विभिन्न अनुसन्धानले देखाएको छ ।

रोबोट आफै डिसिजन लिन सक्ने भयो भने मानव र रोबोट बिच युद्ध पनि नहोला भन्न नसकिने धेरैले अनुमान गरेका छन् । यस खाले रोबोट निर्माण गर्न विभिन्न कम्पनी लागि परेका छन् । तर सफल अझै भएका छैन्‌न् । यस बारेमा खोज अनुसन्धान गरिरहेका छन् ।

आर्टिफिसयल इन्टेलिजेन्सको प्रयोग धेरै ठाउँमा भइरहेको छ । विश्वका ठुला प्रविधि कम्पनी गूगल, माइक्रोसफ्ट, युट्युब, फेसबुक, एप्पल लगायतका अन्य कम्पनीले एआईको प्रयोग गरिरहेका छन् ।

अहिलेका स्मार्टफोनमा पनि एआई प्रविधिको प्रयोग भएको हुन्छ । त्यसैगरी हामीले दिनदिनै खेल्ने गेममा पनि एआईको प्रयोग भएको हुन्छ । फोटोको पहिचान गर्न पनि एआईको प्रयोग हुन्छ ।  स्ट्यान्डफोर्ड विश्वविद्यालयका रिसर्चर्सहरुले यस्तो मेसिन लर्निङ अल्गोरिदमको निर्माण गरेका छन् ।

जसले ९० प्रतिशत वास्तविकका साथ मृत्युको भविष्यवाणी गर्न सक्छ । तपाईले गूगल असिस्टेन्टमा महिलाको आवाज सुन्नु भएको छ होला । एआईमा महिलाको आवाज राख्नुको कारण पनि गज्जबको छ ।

जसको कारण महिला र पुरुष दुवैलाई महिलाको आवाज मन पर्ने भएकाले एआईमा डिफल्ट भ्वाइसको रुपमा महिलाको आवाज राखिन्छ ।