कीवर्डहरू -

साइबर सुरक्षाको अनुसन्धान तथा विकासमा काम गर्न साइबर सुरक्षा केन्द्र स्थापना हुने

साइबर सुरक्षाको अनुसन्धान तथा विकासमा काम गर्न साइबर सुरक्षा केन्द्र स्थापना हुने

सरकारले साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

साइबर सुरक्षाको सुनिश्चितताःएक्काइसौं शताब्दीको आवश्यकता भन्ने अवधारणालाई कार्यान्वयन गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको कार्य अगाडि बढाइने बताए ।

उक्त केन्द्रलाई साइबर सुरक्षाको अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन र डिजिटल फोरेन्सीक अनुसन्धान सम्बन्धि अधिकार प्राप्त निकायको रूपमा विकास गरिने छ ।