कीवर्डहरू -

सोर्स कोड चोरी बौद्धिक सम्पतिमा नोक्सानी पुर्‍याएको आरोपमा एक जना पक्राउ

सोर्स कोड चोरी बौद्धिक सम्पतिमा नोक्सानी पुर्‍याएको आरोपमा एक जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले सोर्स कोड चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सोर्स कोड (कम्प्युटर संकेत कोड) चोरी गरी बौद्धिक सम्पतिमा नोक्सान पुर्‍याएको आरोपमा तनहुँका सन्तोष सिग्देल पक्राउ परेका हुन् ।

‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पुर्‍याई चोरी गरी आर्थिक लाभ लिने मनसायले नेपालका केही स्थानीय तहहरूमा उक्त सफ्टवेयर बिक्री वितरण गरेको भन्दै ब्यूरोले म्याट्रिक्स सफ्टटेक प्रालिका सञ्चालक ३५ वर्षीय सन्तोष सिग्देललाई पक्राउ गरेको हो ।

तनहुँ स्थायी घर भएका सिग्देलले हाल ललितपुरको सानेपामा म्याट्रिक्स सफ्टटेक सञ्चालन गर्दै आएका थिए ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।