कीवर्डहरू -

घट्यो ओपो ए १६ केको मूल्य, यस्तो छ नयाँ मूल्य 

घट्यो ओपो ए १६ केको मूल्य, यस्तो छ नयाँ मूल्य 

ओपो ए १६ केको मूल्य घटेको छ । सन् २०२२ मार्चमा सार्वजनिक गरिएको ओपोको ए सिरिजअन्तर्गत पछिल्लो स्मार्टफोन ए१६ केको मूल्य २ हजार रूपैयाँले घटेको हो ।

यो फोन ६.५२ एचडी वाटरड्रप स्क्रिन रहेको यसमा ४२३० एमएएच ब्याट्रीको राखिएको छ । यसमा फाइभएक्स डिजिटल जुम छ भने पाँच मेगापिक्सेल फ्रन्ट क्यामेरा छ ।

त्यस्तै १३ एमपी रियर क्यामेरा छ । मुनलाइट डिस्प्ले, सनलाइट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइर्टले दिनभरी प्रयोगकर्ताको आँखाको ख्याल राख्ने कम्पनीको भनाइ छ ।

४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज रहेको यस फोनको मूल्य यसअघि १९ हजार नौ सय ९० रुपैयाँ तोकिएको थियो । तर अब भने १७ हजार नौ सय ९९ रुपैयाँमै खरिद गर्न सकिने छ ।