कीवर्डहरू -

गण्डकी प्रदेशले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने

गण्डकी प्रदेशले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने

गण्डकी प्रदेशले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन) ले यस्तो बताएका हुन् ।

प्रदेश सरकारबाट सवारीसाधन खरिद गर्दा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिइने उनले बताए । त्यस्तै विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्न प्रदेशका विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण हुने जनाइएको छ ।

प्रदेशमा विज्ञान तथा प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि गण्डकी विज्ञान तथा प्रविधि प्रतिष्ठानको सञ्चालन, प्रयोगशालाको स्थापना र उपकरण खरिद, वैज्ञानिकलाई प्रोत्साहन पुरस्कार तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई अनुसन्धान वृत्तिका लागि आवश्यक बजेटको व्यवस्था गरेको उनले बताए ।