कीवर्डहरू -

डिजिटल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई विश्व बैंकको १७ अर्ब सहयोग

डिजिटल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई विश्व बैंकको १७ अर्ब सहयोग

काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई  १४० मिलियन डलर अर्थात् १७ अर्ब २५ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।

नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क तथा २०१९ मा लिएको डिजिटल नेपाल सम्बन्धि रणनीति कार्यान्वयन गर्न विश्व बैंकले यसअघि नै सहयोग गर्ने घोषणा गरेको थियो ।
डिजिटल रुपान्तरणको बाटोमा रहेको नेपाललाई उक्त रकमले प्रविधिको तिब्रतर तथा समावेशी विकासमा सहयोग गर्ने मालदिभ्स, नेपालर श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डिरेक्टर फारिस हदाद जेर्भोसले बताए ।

उक्त सहयोग रकमले डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा अन्तर्गत ब्रोडब्याण्डको पहुँच र डिजिटल अर्थतन्त्र विकासमा खर्च गर्ने नेपाल सरकारको लक्ष्य छ ।

नेपालको डेटा इन्फ्रास्ट्रक्चर, इन्टरनेटको प्रयोग र डिजिटल सिप तथा उद्यमशिलतामा समेत उक्त सहयोग रकमले ठलो योगदान पर्याउने अपेक्षा छ ।
यस परियोजना अन्तर्गत १ हजार ५ सय जनाले रोजगारी पाउने विश्व बैंकको भनाई छ ।