कीवर्डहरू -

दश वर्ष पूरा गरी लिभिङ विथ आइसिटी ११ औं वर्षमा प्रवेश 

दश वर्ष पूरा गरी लिभिङ विथ आइसिटी ११ औं वर्षमा प्रवेश 

लिभिङ विथ आइसिटी स्थापनाको दश वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । सूचना तथा सञ्चार प्रविधि सम्बन्धि सूचना र ज्ञान प्रदान गर्ने उद्देश्यले आजभन्दा १० वर्ष अगाडि लिभिङ विथ आइसिटी सुरू भएको थियो ।

विराटनगरबाट सुरू भएको लिभिङ विथ आइसिटी नेपालको अग्रणी आईटी म्यागजीनको रूपमा स्थापित भएको संस्थापक राजन लम्सालले बताए ।

‘१० वर्षको यात्रा त्यति सहज र सरल थिएन्,’ लम्सालले भने, ‘बाटोमा देखिएका विभिन्न आरोह, अवरोह र चुनौतीलाई पार गर्दै लिभिङ विथ आइसिटी आज नेपालको अग्रणी आइटी म्यागजीनको रूपमा स्थापित भएको छ ।’

एक दशकअघि एउटा म्यागजीनको रूपमा सुरू भएको लिभिङ विथ आइसिटीले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यक्ति, स्टार्टअप तथा योगदान पुर्‍याएका अग्रजलाई प्रोत्साहन र सम्मान गर्ने गरी हरेक वर्ष आइसिटी अवार्ड समेत आयोजना गर्दै आएको छ ।

त्यस्तै सातै प्रदेशका स्टार्टअप तथा आईडियालाई प्रवर्द्धन गर्न स्टार्टअप एण्ड आईडिया फेस्ट समेत आयोजना गर्दै आएको छ ।