कीवर्डहरू -

टिकटकमाथि प्रतिबन्ध लगाउन गूगल र एप्पललाई एफसीसी आयुक्तको निर्देशन

टिकटकमाथि प्रतिबन्ध लगाउन गूगल र एप्पललाई एफसीसी आयुक्तको निर्देशन

अमेरिकाको फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) कमिसनरले गूगल र एप्पललाई टिकटक प्रतिबन्ध गर्न निर्देशन दिएको छ । एफसीसीका आयुक्तले गूगल र एप्पललाई आफ्नो एप स्टोरबाट टिकटक हटाउन पनि निर्देशन दिएका हुन् ।

हालैमा ८० ओटा टिकटक मिटिङको अडियो बाहिरिएको थियो, जसमा टिकटकको प्यारेन्ट कम्पनी बाईट डान्सका कर्मचारीहरुले अमेरिकामा रहेको प्रयोगकर्ताको निजी जानकारी निरन्तर रुपमा लिईरहेको कुरा भईरहेको थियो ।

यो रेकर्डिङ बाहिर आएपछि एफसिसि कमिसनरले गूगल र फेसबुकलाई टिकटक प्रतिबन्ध गर्न निर्देशन दिएको हो । उनीहरुले चीनमा हामीले सबै कुरा देख्न सक्छौँ भनेर रेकर्डिङमा कुरा गरेको पाइएको छ ।

बेजिङमा रहेका इन्जिनियरले मास्टर एडमिनसँग सबै कुराको पहुँच छ भनेर पनि कुरा गरेका छन् । यो सबै विषयमा बजफिड न्यूजले रिपोर्ट गरेको थियो र सो रिपोर्ट सार्वजनिक हुनु केही समय अघि टिकटकले शत प्रतिशत अमेरिकी यूजर ट्राफिकलाई नयाँ ओराकल क्लाउडमा सारेको बताएको थियो ।

एफसीसीले गूगल र एप्पललाई किन टिकटक आफ्नो एप स्टोरबाट नहटाएको भन्दै जुलाई ८ सम्ममा स्पष्टिकरण दिन समय दिएको छ ।