कीवर्डहरू -

कतार विश्वकपको प्रायोजकमा भिभो

कतार विश्वकपको प्रायोजकमा भिभो

भिभोले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ ।

सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ । कतार विश्वकप आगामी २१ नोभेम्बरदेखि हुँदैछ ।

यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरूसँग जोडिन अद्वितीय प्रवर्द्धन संचालन गर्ने जनाएको छ ।