कीवर्डहरू -

नेपालको ‘एड्रेस नेमिङ’ समस्या समाधान गर्दै नेपाल एड्रेस डटकम, आफुले चाहेको घरमै पुग्न सकिने 

नेपालको ‘एड्रेस नेमिङ’ समस्या समाधान गर्दै नेपाल एड्रेस डटकम, आफुले चाहेको घरमै पुग्न सकिने 

काठमाडौं । लोकेसन ट्रयाकिङ’ तथा ‘फाइन्डिङ’ लाई सहज बनाउन अहिले गुगलका विकल्पमा धेरै म्याप एप तथा सिस्टमहरु इन्टरनेटमा उपलब्ध छन् ।

पछिल्लो केही वर्षयता गुगल आफैले पनि गुगल म्यापलाई फिचरमा निकै समृद्ध बनाएको छ । यद्यपी कुनै नयाँ ठेगाना वा गल्लीभित्रका बाटाहरुमा यात्रा गर्न पर्यो भने हामी मोबाइल एपको म्यापमा पूणर्रुपमा निर्भर हुनसक्नेअवस्था बनिसकेको छैन् ।

कुनै व्यक्तिको घर फेला पार्न पर्यो भने गुगल म्याप वा अन्य कुनै म्याप सर्भिस होस्, प्रयोग गरेर खोज्न हामीलाई हम्मे हम्मे पर्छ । अनलाइन फूड डेलिभरीमा खटिने राईडरहरुले दैनिक जसो यस्तो समस्या भोगिरहेका हुन्छन् ।

ठूला नामी संस्था र सडक बाहेकका साना गल्ली र व्यक्तिगत घर फेला पार्न यस्ता एपहरु व्यर्थ जस्तै छन् । ‘घरमा कुनै व्यक्ति आउँदैछ भने, गल्लीमा मोड परिवर्तन गर्दै पिच्छे, मिनेट मिनेटमा कल गरिरहन्छन्,’ सुभाष देवकोटा भन्छन्, ‘घर नआईपुगि हराउने हुँदा फेरी आफै लिन जान पर्छ ।’ दैनिक जसो भोगिरहने समस्या उनी हाँस्दै सुनाउँछन् ।

तर नेपाल बाहिर यस्तो समस्या भोग्नु पर्दैन । सुभाष आफै केही वर्ष अघि अमेरिकामा आप्रवासी जीवन बिताएर नेपाल फर्किएका हुन् । त्यहाँ रहँदा, व्यक्तिको घर र साना गल्ली सबै कुरा म्याप एपमा पाउन सकिन्थ्यो । यस्तो समस्या अमेरिकामा रहँदा कहिल्यै भोग्न परेन ।

‘अमेरिकामा प्रत्येक बाटोको नाम हुन्छ र प्रत्येक घरको घर नम्बर । ती बाटाका नाम र घर नम्बर गूगल म्यापमा एकृकीत गरिएको हुन्छ । त्यसैले उनीहरुलाई लोकेसन भेटाउन धेरै भौतारिनु पर्दैन्,’ ईजेड सोल्युसनका संस्थापक देवकोटाले सम्झन्छन् ।

स्वदेशमै केही गर्ने हुटहुटीले जब उनी नेपाल फर्किए तब यहाँको लोकेसन फाइण्डिङको समस्याबाट उनी आफै पनि आजित भए ।

\"\"

अमेरिकामा प्रत्येक सडक, गल्ली र घरको ठेगानामा पुर्याईदिने सक्ने प्रणाली उनले प्रयोग गर्दै आईरहेका थिए । नेपालमा पनि यहीँ प्रणालीको विकास गर्ने शूर उनलाई चढ्यो ।

‘अमेरिकाको जस्तै त्यस्तो सुविधा नेपालमा पनि कसरी विकास गर्न सकिन्छ ? भन्ने पश्नले मलाई सताउन थाल्यो,’ उनले भने, ‘त्यसपछि उनको दिमागमा नेपाल एड्रेसको आईडियाले जन्म लिएको हो । ‘कोरोना महामारीले यसको आवश्यकता झन बढेर गयो । अनि नेपाल एड्रेसको आईडिया आयो ।’

नेपाल एड्रेसको आइडिया आएपछि उनले एफवान सफ्टको प्रमुख प्रडक्ट अधिकृतको पदबाट राजिनामा दिएर नेपाल एड्रेसमा एक्लै काम गर्न थाले । अन्ततः डेढ वर्षको मेहनतपछि नेपालको ठेगाना समस्या समाधान गर्ने उद्देश्य अनुसार नेपाल एड्रेस सार्वजनिक भएको छ ।

गूगल म्याप्स प्रयोग गरेर नेपाल एन्ड्रेस तयार पारेको उनी बताउँछन् । यसबाट आफ्नो घर, डेरा, अपार्टमेन्ट, व्यवसाय, जग्गा, आदिको लोकेसन रजिष्टर गरी कसैसँग नजुध्ने र आफैले चाहेको नामको एड्रेस नाम र एड्रेस लिंक प्राप्त गर्न सकिन्छ ।

यस सिस्टममा कुनै एउटा नामबाट एउटा ठेगाना बनाईसकेपछि फेरी सोही नामबाट कसैले पनि ठेगाना बनाउन सक्दैन ।

यस्तो ठेगाना वा ठेगानाको लिंक आवश्यक व्यक्तिलाई सजिलै भन्न वा शेयर गर्न सकिन्छ जसले गर्दा लोकेसन फेला पार्न एकदमै सजिलो हुन्छ ।

सो लिंकले युजरलाई उक्त ठेगानाको पेजमा पुर्याउँछ रएड्रेस डटकममा गएर आवश्यक ठाउँको नाम टाइप गरी खोजेपछि सोही ठाउँको ठेगाना पेजमा खुल्दछ ।

एड्रेस पेजमा उक्त स्थानको जानकारी, फोटो, म्याप र गूगल म्याप्स डिरेकसन बटन हुन्छ ।  नेपाल एड्रेसमा आफ्नो अकाउन्ट बनाएर आफ्नो एड्रेस र फोटो राख्न सकिन्छ । यहाँ राखिएका ठेगाना गूगल म्यापमा सिधैं सबैले देख्न नसक्ने भएकाले यो सुरक्षित रहेको देवकोटा बताउँछन् ।

‘तपाईंको एड्रेस नाम अथवा एड्रेस लिंक जसलाई थाहा छ,  उसले मात्रै तपाईंको एड्रेस भेटाउन सक्छ,’ उनले भने ।
नेपाल एड्रेसमा कुनैपनि स्थान, जिल्ला, स्थानीय तहका ठेगानाहरु पाउन सकिन्छ ।

हाल यसमा नेपालभरका ५ हजार क्षेत्रहरुको ठेगाना राखिएको छ । यो एप व्यक्तिगत तथा व्यवसायिक दुबै प्रयोजनका लागि लाभदायक हुने देवकोटा बताउँछन् ।

\"\"

यसमा ठाउँ सरे पनि एड्रेस लिंक उही रहने, एक वर्ष भित्र सरेका ठाउँहरूको एड्रेस पेजमा देखिने, गूगल प्लस कोड पनि पाईने र इन्टरनेट बिना पनि एड्रेस भेटाउन सकिने सुविधा छ ।

बिना इन्टरनेट एड्रेस भेटाउनको लागि गूगल म्यापको अफलाइन भर्सन डाउनलोड गर्नुपर्ने उनी बताउँछन् । नेपाल एड्रेस डटकमबाटै यसको एप पनि इन्स्टल गर्न सकिन्छ ।

देवकोटाले आफ्नो नयाँ आईडियाको आम्दानी स्रोतको रुपमा एपीआई इन्टिग्रेसनबाट शूल्क उठाउने बताउँछन् ।

यसमार्फत विभिन्न बीटुसी वा बीटुबी मोडलमा विभिन्न प्लेफर्मसँग आफ्नो म्यापिङ प्रणालीको एपीआई आवद्ध गराउने उनको सोच हो । अहिले उनले एपीआईको शूल्क पनि न्युनतम कायम गरेका छन् ।